पर्वत । जिल्लाको ‘लाइफलाइन’ कालीगण्डकी करिडोरको पर्वत खण्डमा पर्ने फलेबासदेखि अर्मादीसम्म अलपत्र रहेको ट्र्याक ओपन भदौ महिनाभित्रै सकिने भएको छ । दुई वर्षअघि नै ट्र्याक खुलिसक्नुपर्ने सडकको काम भदौसम्म सक्ने गरी शुरु भएको हो । सडक निर्मााणको जिम्मा लिएको सूर्य कन्स्ट्रक्सन कम्पनीले भदौभित्रै सडकको ट्र्याक ओपन सक्ने गरी काम शुरु गरेको कालीगण्डकी करिडोर गाईघाट–मालढुङ्गा आयोजना कार्यालयले जानकारी दिएको छ ।
करिडोरको फलेबास नगरपालिकाको ढिकदेखि कुस्मा नगरपालिकाको अर्मादीसम्म १४ किमी सडकमध्ये झण्डै २०० मिटर मात्रै भीरमा ट्र्याक ओपनको काम बाँकी छ । अर्मादी–फलेबास खण्डमा मोदीवेणीघाट नजिक १५० मिटर र मोदीखोलाको पुलपारि फलेवासतर्फ झण्डै ५० मिटर मात्रै ट्र्याक खोल्न बाँकी छ । “भदौ महिनाभित्रै ट्र्याक खोलिसक्ने गरी मोदीवारि र पारिबाट काम शुरु गरेका छौँ”, निर्माण कम्पनीका प्रतिनिधि दीपक रैसवालले भने ।
विसं २०७५ जेठ २१ मा सम्पन्न गर्ने गरी विसं २०७३ असार २२ मा सम्झौता भएको उक्त खण्ड लामो समयसम्म अलपत्र बनेको थियो । पछिल्लो समय कोभिड–१९ का कारण आगामी पुससम्म म्याद थप गरिएको छ । रैसवालका अनुसार अहिले ट्र्याक खोल्ने कुरालाई पहिलो प्राथमिकता दिइएको छ । त्यसपछि अन्य काम हुनेछ ।
करिडोरको पर्वतदेखि स्याङ्जाको मिर्मी खण्डमा लामो समयदेखि काम अलपत्र थियो । करिडोर कार्यालयका साइट इन्चार्ज इन्जिनीयर अर्जुन नेपालीका अनुसार पर्वतको अर्मादीदेखि स्याङ्जाको सेतीवेणीसम्मको ५३ किमीमध्ये मिर्मीदेखि सेतीवेणीसम्मको सात किलोमिटरमा सडक कालोपत्रेको टेण्डर भइसकेको छ भने सेतीवेणीदेखि रानीपानीसम्मको सात किलोमिटर खण्डमा कालोपत्रे गर्ने काम भइरहेको छ । रानीपानीदेखि फलेबाससम्मको २२ किमीमा स्तरोन्नतिको काम सकिएको छ भने छिट्टै कालोपत्रेका लागि टेण्डर आह्वान हुने अवस्था छ । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्याल, प्रतिनिधिसभा सदस्य पदम गिरी र गण्डकी प्रदेशका उद्योग पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्सालले आफ्ना ठाउँबाट यो सडक खण्डको स्तरोन्नति तथा बजेट विनियोजनका लागि पहल गर्दै आएका छन् ।
पछिल्लो समय पर्वतको फलेबास–अर्मादी खण्डको अलपत्र काम शुरु गर्न गण्डकी प्रदेशका मन्त्री लम्सालको विशेष पहलपछि काम थालिएको छ । पाल्पास्थित करिडोर कार्यालयका नरेन्द्र सुवेदी र अर्जुन नेपालीको सक्रियताले पनि कामलाई समयमा सम्पन्न गर्न सहयोग पुगेको स्थानीयवासीले बताएका छन ।
पाल्पास्थित करिडोर कार्यालयका प्रमुख सुवेदीका अनुसार सडकको ट्र्याक खुलेपछि पर्वतको मालढुङ्गादेखि स्याङ्जाको मिर्मीसम्म ५३ किलोमिटरमा सोझै यातायात चल्नका लागि मार्गप्रशस्त हुनेछ । चालु आर्थिक वर्षभित्र मोदी, लमाय, सेती र आँधीखोलाका निर्माणाधीन पुल सम्पन्न गरी अर्मादीदेखि मिर्मीसम्म सोझै यातायात सञ्चालन गर्ने लक्ष्यसहित काम भइरहेको छ । “कोभिड–१९ को नकारात्मक प्रभाव परेन भने यो वर्षभित्र अर्मादीदेखि मिर्मीसम्म सोझै यातायात चलाउन सक्छौँ”, आयोजना प्रमुख सुवेदीले बताए, “यो खण्डमा सडक स्तरोन्नतिको काम पनि सम्पन्न गर्ने योजनासहित अघि बढेका छौँ ।”
aplly description here...
बैशाख १५ गते, २०७८ - १३:५७
कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...
बैशाख १५ गते, २०७८ - १३:४८
काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...
बैशाख १५ गते, २०७८ - १३:३२
औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...
बैशाख १५ गते, २०७८ - १३:१५
जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...
बैशाख १५ गते, २०७८ - १३:०४
कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...
बैशाख १५ गते, २०७८ - १२:४७
साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...
बैशाख १५ गते, २०७८ - १२:३८
काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...
बैशाख १५ गते, २०७८ - १२:२९
नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...
बैशाख १५ गते, २०७८ - १२:११
बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...
बैशाख १५ गते, २०७८ - १२:०२
दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...



प्रतिकृया लेख्नुहोस्: