Khabar Dabali १० पुष २०८२ बिहीबार | 25th December, 2025 Thu
Investment bank

तनहुँमा भूकम्पले क्षति पुर्याएका ८ हजार घर पुनर्निर्माण

तनहुँ । विनाशकारी भूकम्पले क्षति पुर्याएका तनहुँका ५२ प्रतिशत घरका पुननिर्माण सकिएको छ । पूर्ण र आंशिक गरी कूल १५ हजार नौ सय ६३ लाभग्राही रहेकामा असार मसान्तसम्म ८ हजार तीन सय ८४ घर पुनर्निर्माण सकिएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाईले जनाएको छ ।

जिल्लामा पूर्णतर्फ १४ हजार तीन सय ९५ र आंशिकतर्फ एक हजार पाँच सय ६८ गरी कूल १५ हजार नौ सय ६३ लाभग्राही छन् । जिल्लामा सबैभन्दा बढी लाभग्राही भानु नगरपालिकामा चार हजार आठ सय ४५ र सबैभन्दा कम लाभग्राही घिरिङ गाउँपालिकामा तीन सय ३० रहेको इकाईका प्रमुख जयप्रकाश गुप्ताले जानकारी दिए । व्यास नगरपालिकामा दुई हजार पाँच सय ४१, बन्दीपुरमा एक हजार एक सय १६, आँबुखैरेनीमा नौ सय ४१, देवघाटमा ६ सय ६१, म्याग्देमा एक हजार चार सय ८९, ऋषिङ गाउँपालिकामा छ सय ३२ , भीमादमा एक हजार तीन सय ३१, शुक्लागण्डकी नगरपालिकामा दुई हजार ७७ लाभग्राही छन् ।

उनका अनुसार व्यासमा एक हजार दुई सय ९२, भानुमा दुई हजार छ सय ७६, शुक्लागण्डकीमा एक हजार २७ र भीमाद नगरपालिकामा छ सय २८ रहेका छन् । यसैगरी बन्दीपुरमा पाँच सय ८६, आँबुखैरेनीमा पाँच सय ८४, देवघाटमा तीन सय ५३, घिरिङमा एक सय ५६, म्याग्देमा सात सय ७१, र ऋषिङ गाउँपालिकामा तीन सय ११ घर पुनर्निर्माण सम्पन्न भएको छ । घर सम्पन्न भएकाहरुलाई तेस्रो किस्ता बापतको रकम भुक्तानी गरिसकिएको ईकाइले जनाएको छ ।
स्थानीय तहअनुसार ऋषिङमा ४९, म्याग्देमा ५१, बन्दीपुरमा ५२, आँबुखैरेनीमा ८४, देवघाटमा ५३, घिरिङ गाउँपालिकामा ४७ तथा व्यासमा ५०, भानुमा ५५, भीमादमा ४७ र शुक्लागण्डकी नगरपालिकामा ४९ पुननिर्माण सकिएकोे छ ।

कूल लाभग्राहीमध्ये पूर्ण घर क्षति भएका १३ हजार दुई सय ९८ र आंशिक घर क्षति भएका नौसय १४ लाभग्राहीले पहिलो र १० हजार ७७ लाभग्राहीले दोस्रो किस्ता वापतको रकम बुझेका छन् । दोस्रो किस्ता बुझ्नेमध्ये व्यासका एक हजार चार सय २०, भानुका तीन हजार एक सय ६१, बन्दीपुरका सात सय ६२, आँबुखैरेनीका छ सय २०, देवघाटका चार सय १३, घिरिङका एक सय ९९, भीमादका सात सय ९०, म्याग्देका नौ सय ३९, शुक्लागण्डकीका एक हजार तीन सय ८४ र ऋषिङका तीन सय ८९ लाभग्राही छन् ।

इकाईका अनुसार आर्थिक वर्ष ०७६/७७ मा दुई हजार दुई सय ९३ घर निर्माण सम्पन्न भएको थियो । त्यस्तै आर्थिक वर्ष ०७५/७६ मा तीन सय ७१ र आर्थिक वर्ष ०७४/७५ मा दुई हजार चार सय ५९ घर निर्माण सम्पन्न भएको थियो ।

aplly description here...

कर्णालीमा थप ३ जना कोरोना सङ्क्रमितको मृत्यु

कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...

नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशतमा सीमित रहने एडिबीको प्रक्षेपण

काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...

बुर्किना फासोमा आतङ्कवादीद्वारा तीन जना युरोपेली पत्रकारको हत्या

औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...

महोत्तरीमा जलेर एक बालकको मृत्यु

जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...

टीकापुरमा ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु

कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...

ब्राजिलमा कोरोनाबाट ३ लाख ९५ हजारको मृत्यु

साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...

कोटेश्वर स्थित एक फर्निचर उद्योगमा आगलागी हुँदा ३० लाख बराबरको धनमाल जलेर नष्ट

काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्‍वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...

भारतको आसाममा शक्तिशाली ६.० म्याग्नीच्यूडको भूकम्प

नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...

७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...

२५ वर्षीय पदम द्वारा ढुङ्गाले थिचेर श्रीमतीको हत्या

दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending