Life insurence
Khabar Dabali १४ मंसिर २०७८ मंगलवार | 30th November, 2021 Tue
Himalayan Golden detail page

स्याङ्जा पहिरोमा बेपत्ता थप दुई जनाको शव फेला

स्याङ्जा । कालीगण्डकी गाउँपालिका –४ खहरेमा आज बिहान गएको पहिरोमा परेर बेपत्ता भएका कालीगण्डकी गाउँपालिका ४ का ६० वर्षीय गिमानसिंह थापा र ५० वर्षीय टीकाबहादुर थापाको शव भेटिएको प्रहरीले जनाएको छ । बाटामा हिँडिरहेका अवस्थामा माथिबाट खसेको पहिराले पुर्दा सो घटना भएको गाउँपालिकाले जनाएको छ ।

उनीहरुसंँगै पहिरामा बेपत्ता ६० वर्षीय प्रेमचन्द्र पाण्डेलाई नभेटिएको र आज राति भएकाले शनिबार बिहानैदेखि खोज शुरु गरिने गाउँपालिका अध्यक्ष खिमबहादुर थापाले जानकारी दिए । पहिरामा पुरिएका ६५ वर्षीय इमानसिंह रानाको अपराह्न नै बिर्घा स्वास्थ्यचौकीमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । घाइते ६८ वर्षीय होमनाथ पाण्डे र ५५ वर्षीय वीरबहादुर रानालाई बिर्घा स्वास्थ्यचौकीमा सामान्य उपचारपछि थप उपचारका लागि पाल्पास्थित मिसन अस्पताल लगिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायब उपरीक्षक राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिए।

पहिरो गएको खबर पाएलगत्तै घटनास्थलमा गएको प्रमुख जिल्ला अधिकारी गङ्गाबहादुर क्षेत्री नेपाली सैनिक, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली स्काभेटरको सहायताले पहिरामा हराइरहेकाको खोजी जुटेको थियो ।

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
World Link Detai Page

प्रतिकृया लेख्नुहोस्:

Oil Nigam Detel page Jobkhoji Nibl detail page Salt Trending Detail Page Kantipur Detail Page