Ntc summer Offer
Khabar Dabali ८ जेष्ठ २०८१ मंगलवार | 21st May, 2024 Tue
NIMB

पोथार्दीमा ६० घरपरिवारले व्यावसायिक बाख्रापालन थाले

तनहुँ । तनहुँको भिमाद नगरपालिका–९ स्थित पाथार्दी बोर जातको बाख्रापालनको क्षेत्रको रुपमा विकास हुँदै गएको छ । उक्त क्षेत्रमा रहेका ६० घरपरिवारले व्यावसायिकरुपमा बाख्रापालन गर्न थालेपछि सो क्षेत्र बाख्रापालनको केन्द्र बन्दै गएको हो ।

विसं २०७० मा नेपाल सरकारले पाथार्दी बोर बाख्रा स्रोत केन्द्र बनाउने योजनाअनुरुप कृषकलाई खोरगोठको नमूना, समूह गठन, पाथार्दीबोर बाख्रा स्रोत विकास केन्द्र नामकरण गरेर उत्प्रेरणा गराउनुको साथै प्राविधिक सहयोग गरेको थियो ।

त्यसैगरी विसं २०७१ मा हेफर इन्टरनेशलन र नेपाल एकीकृत ग्रामीण विकास केन्द्रले खोर निर्माण गर्ने, महिलालाई सङ्गठित गर्ने आन्तरिक पूँजी परिचालन गर्न सिकाउने, व्यक्तित्व विकास गर्ने र पशु व्यवस्थापनलगायतका कार्य गर्न थालेपछि यहाँका कृषक आकर्षित भएर लागेका हुन् । विश्व खाद्य सुरक्षा परियोजनाले उक्त केन्द्रलाई जमेको वीर्य प्रदान गरेपछि बाख्रा अनुसन्धान केन्द्र बन्दीपुरको प्राविधिक सहयोगमा बाख्रामा कृत्रिम गर्भाधान गराएको पाथार्दी बोर बाख्रा स्रोत केन्द्रका अध्यक्ष खेमबहादुर थापाले जानकारी दिए । “म आफूले पनि ४० वटा बाख्रा पालेको छु”, उनले भने, “वार्षिक दश देखि एघार लाखसम्म सजिलै कमाउन सकिएको छ ।”

उक्त गाउँमा शुरुमा विसं २०६८ देखि बोर बाख्रा पाल्न शुरु गरेका शिवकुमार आलेले वार्षिक लाखौँ कमाइ गर्दै आएका छन् । उनले अष्टे«लिया र अफ्रिकाबाट ल्याएर बाख्रा पाल्न शुरुआत गरेपछि स्थानीयवासीले समेत चासो देखाएका हुन् । उनको खोरमा अहिले ७० भन्दा बढी बाख्रा रहेका छन् । बाख्रामा कति प्रतिशत बोर क्रस भएको छ सोअनुरुप मूल्य निर्धारण गरी बिक्री गर्ने गरिएको छ ।

बाख्रा ब्याउनु अघिदेखि नै पाठापाठीको लागि कृषक भन्न आउँछन् । उनले भने, “करिब तीन महिना पालेपछि छुट्टाएर बिक्री गर्ने गरिन्छ ।” तीन महिनाको पाठापाठीको तौल २५ देखि ३० किलोग्रामसम्म हुन्छ । स्थानीय जातका बाख्रा पाल्दा एक वर्षको अवधिमा त्यति छिटो बढ्दैनन् । उनले भने, “छिटो बढ्ने कारणले पनि बोर जातका बाख्रा मासुको लागि राम्रो मानिन थालेको छ ।”

व्यावसायिकरुपमा बाख्रा पाल्न थालेपछि स्थानीयवासी आत्मनिर्भर बन्दै गएका छन् । उक्त क्षेत्रबाट वार्षिक करिब रु दुई करोड बराबरको खसी बोका बिक्री हुने गरेको बताइएको छ । बाख्रापालन क्षेत्रमा सामुदायिकस्तरमा यति धेरै समुदायलाई एकमुष्ट आर्थिक क्षेत्रमा समावेश गराएको नेपालकै नमूना भएको दाबी गरिएको छ ।

भेटेरिनरी अस्पताल तथा पशुविज्ञ केन्द्रको पहलमा सात वटा बोका अष्टे«लियाबाट ल्याएर शतप्रतिशत अनुदानमा त्यसक्षेत्रका कृषकलाई प्रदान गर्न लागिएको केन्द्रका प्रमुख डा बालकुमार श्रेष्ठले जानकारी दिए । जिल्लाको भिमाद नगरपालिकाको पाथार्दी र भानु नगरपालिकाको बरभञ्ज्याङ गरी दुई स्थानमा बोर जातको बाख्रापालन हुँदै आएको छ । बोर बोका नश्ल सुधारको लागि प्रदान गरिँदै आए पनि पछिल्लो समय मासुको लागि प्रभावकारी बन्दै गएको उनले बताए ।

भिमादको पाथार्दीमा बाख्रा विकास कार्यक्रमअन्तर्गत छुट्टै बच्चा उत्पादन गर्ने योजना रहेको छ । बाख्रामा कति प्रतिशत क्रस भएको छ त्यसको अनुसन्धान गर्दै लैजाने लक्ष्य रहेको भेटेरिनरी अस्पताल तथा पशु विज्ञ केन्द्र तनहुँले जनाएको छ ।

पाथार्दी बोर बाख्रा स्रोत केन्द्र स्थापना गरेपछि त्यस केन्द्रमा आबद्ध ६० जना बाख्रापालन कृषकले बाख्रापालन गर्दा नाफा घाटा आ–आफ्नै ब्योर्होने गरी व्यवस्था गरेका छन् । बाख्राको खोर व्यवस्थापनदेखि उपचारसम्म स्वयंले खर्च गर्ने गरिएको छ । नश्ल सुधार तथा पाठापाठी सङ्कलन कार्यमा भने सामूहिकरुपमा गर्ने गरिएको बताइएको छ ।

उक्त क्षेत्रमा बाख्रापालन कृषकले खुशियाली कोष स्थापना गरेका छन् । प्रत्येक कृषकले बाख्राले पाठापाठी पाएमा रु पाँचका दरले र खसीबोका बिक्री हुँदा प्रतिकिलो रु दशका दरले खुशियाली कोषमा जम्मा गर्ने गरिएको छ । यसरी जम्मा गरिएको रकम व्यक्तिगत खातामा जम्मा हुने पाथार्दी बोर बाख्रा स्रोत केन्द्रका सदस्य एवं सिर्जनशील बाख्रा फार्मका अध्यक्ष शिवकुमार आलेले जानकारी दिए ।

aplly description here...

कर्णालीमा थप ३ जना कोरोना सङ्क्रमितको मृत्यु

कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...

नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशतमा सीमित रहने एडिबीको प्रक्षेपण

काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...

बुर्किना फासोमा आतङ्कवादीद्वारा तीन जना युरोपेली पत्रकारको हत्या

औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...

महोत्तरीमा जलेर एक बालकको मृत्यु

जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...

टीकापुरमा ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु

कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...

ब्राजिलमा कोरोनाबाट ३ लाख ९५ हजारको मृत्यु

साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...

कोटेश्वर स्थित एक फर्निचर उद्योगमा आगलागी हुँदा ३० लाख बराबरको धनमाल जलेर नष्ट

काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्‍वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...

भारतको आसाममा शक्तिशाली ६.० म्याग्नीच्यूडको भूकम्प

नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...

७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...

२५ वर्षीय पदम द्वारा ढुङ्गाले थिचेर श्रीमतीको हत्या

दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies