Ntc summer Offer
Khabar Dabali १८ बैशाख २०८१ मंगलवार | 30th April, 2024 Tue
NIMB

लमजुङका घरबास भदौ १ देखि खुल्दै

लमजुङ । कोरोनाको त्रास तथा लकडाउनका बेला बन्द पर्यटकीय जिल्ला लमजुङका घरबास आगामी भदौ १ गतेदेखि पर्यटकका लागि खुला रहने भएको छ । उत्तरी भेगमा रहेका लमजुङ हिमाल र अन्नपूर्ण हिमालको काखमा अवस्थित दक्षिण एशियाकै नमूना तथा नेपालकै पहिलो स्मार्ट भिलेज क्व्होलासोथर गाउँपालिका– ३ घलेगाउँ घरबास पर्यटकका लागि खुला गर्न लागिएको निर्णय ग्रामीण घलेगाउँ पर्यटन व्यवस्थापन समितिको आज बसेको बैठकले गरेको हो ।

लामो समयदेखि बन्द यहाँका घरबास स्वास्थ्य सावधानी अपनाउँदै आन्तरिक पर्यटकका लागि खुला गर्न लागिएको समितिका अध्यक्ष तथा सो गाउँपालिका अध्यक्ष प्रेमबहादुर घलेले बताए । कोरोनाको त्रास रहे पनि यस सँगसँगै अघि बढ्नका लागि कोरोना रोकथाम तथा नियन्त्रणका लागि घरबासमा आउने पर्यटक तथा घरबास सञ्चालकले नियमित हात धुने, अनिवार्य मास्क, सेनिटाइजर र पञ्जा लगाउनुपर्ने साथै सामाजिक दूरीसमेत कार्यम गर्नुपर्ने उनको भनाइ छ ।

घरबास सरकारले तोकेको मापदण्डभित्र रहने छन् । यसअघि यहाँका घरबासमा पर्यटक आए वा पर्यटक राखेमा घरबास सञ्चालक दुवैलाई जरिवाना तोकिँदै आएको थियो । पर्यटकका लागि घरबास खुला गरिए पनि तत्कालका लागि भने जिल्लाभित्रका आन्तरिक पर्यटकका लागि मात्र खुला गरिएको र बाहिरी जिल्ला तथा बाह्य पर्यटकका लागि भने खुला भइनसकेको घरबासका सचिवालय सदस्य दीर्घराज घलेले बताए ।

त्यस्तै घरबासमा प्रत्येक कोठामा क्षमताभन्दा आधा मात्र राखिने छ । परिवार नै आएमा एउटै परिवारका सबै जना एकै ठाउँमा राखिने समितिले जनाएको छ । परम्परागत गुरुङ संस्कृति झल्कने घाँटु, सोरठी, सेर्गा, कृष्णचरित्र, घ्याब्रोलगायत नृत्य तथा भीडभाड बढी हुने कार्यक्रम भने घरबासमा तत्काल नहुने भएको छ ।

यहाँ आएका पर्यटकलाई यसअघि प्रतिव्यक्ति करीब रु एक हजार लिइँदै आएको शुल्क नै कायम हुने भएको छ । नेपालकै दोस्रो तथा जिल्लाकै पहिलो घलेगाउँ घरबास विसं २०५७ देखि शुरु भएको थियो । घलेगाउँ समुद्री सतहबाट दुई हजार १०० मिटर उचाइमा रहेको प्राकृतिक छटाले भरिपूर्ण छ । यो आदिवासी जनजातिमध्ये तमु (गुरुङ)को उद्मस्थल तथा घले राजाले अन्तिम राज्य सञ्चालन गरेको गाउँ हो । बत्तीस घर दलित र ९३ घर गुरुङका गरी १२५ घरधुरीका स्थानीयवासीको बसोबास रहेको यहाँ घले (गुरुङ ) र दलित समुदायले घरबास चलाएका छन् ।

दुई घरबास दलित समुदायको र ३८ गुरुङ समुदायले सञ्चालन गरे पनि यतिबेला गुरुङ समुदायको मात्र घरबास सञ्चालनमा रहेको समितिका सचिव उमल विकले बताए । छ हजार ९८६ मिटर उचाइको लमजुङ हिमाल, सात हजार ९३५ मिटर उचाइमा रहेको अन्नपूर्ण हिमाल (दोस्रो), अन्नपूर्ण हिमाल(चांथो), छ हजार ९६३ मिटर उचाइमा रहेको माछापुछ्रे हिमाल, आठ हजार १६३ मिटर उचाइमा रहेको मनास्लु हिमाल, सात हजार ८९३ मिटर उचाइमा रहेको हिमालचुली, सात हजार ८३५ मिटर उचाइमा रहेको ङादीचुली (डा हर्क हिमाल) र छ हजार ६७२ मि उचाइमा रहेको बुद्ध हिमाल घलेगाउँबाट देख्न सकिन्छ ।

सूर्योदयको मनोरम दृश्य, सूर्यास्तको दृष्यावलोकन, गुरुङ समुदायको परम्परागत गुरुङ घर, गुरुङ सङ्ग्रहालय, क्वोइबो धीं, घले राजाको शालिक, सात कुवा, चिया बगान, भीर मौरी, वनझाङ्ग्री छहरा, नमूना चिया बगानको अवलोकन, दृश्यावलोकनस्तम्भलगायत स्थानले थप पर्यटकलाई घलेगाउँले तान्ने गरेको पाइन्छ । नमूना चिया बगानको अवलोकन, गुरुङ खाना, सूर्योदय र सूर्यास्तको दृष्यावलोकन, घलेराजाको उद्यान र गुरुङ सङ्ग्रहालय हेर्न सकिन्छ । लमजुङ सदरमुकाम बेँसीशहरबाट सो गाउँ पुग्न २३ किलोमिटरको दूरी पार गर्दै सवारी साधनमा करीब तीन घण्टा र पैदलयात्रा गरेमा करीब पाँच घण्टा लाग्छ ।

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies