हेटौडा । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेश सरकारले सञ्चालन गरेका तथा प्रदेशको बजेटबाट सञ्चालन भएका योजना प्रभावकारी एवं नतिजामुखी भएको बताएका छन् ।
उत्तरी मकवानपुरको थाहा नगरपालिकाका विभिन्न योजना अनुगमन गर्दै मुख्यमन्त्री पौडेलले थाहानगरमा समेत प्रदेश सरकारको योजना अनुरुप नै कार्य सञ्चालन भएको पाइएको भन्दै खुशी व्यक्त गरे । प्रदेश प्रमुख विष्णु प्रसार्इंसहित थाहा पुग्नुभएका पौडेलले थाहानगरका थाहा स्मारक पार्क, शीतभण्डार, बसपार्क, आँखा उपचार केन्द्र लगायतको अवलोकन गरेका थिए ।
अवलोकनका क्रममा उनले थाहानगर पर्यटकीय नगर भएकाले पर्यटन प्रवद्र्धनका लागि थाहा स्मारक उद्यानले महत्वपूर्ण भूमिका खेल्ने बताए। उनले पर्यटन प्रवद्र्धनमा नगरपालिकाले प्रभावकारी योजना सञ्चालन गरेको र यसलाई पूर्णता दिन आफ्ना तर्फबाट सहयोग हुने भन्दै उद्यान परिसरमा सञ्चालनको अन्तिम तयारीमा रहेको ‘कोशेली घर’लाई तत्काल सञ्चालन गर्न अनुरोध गरे।
मुख्यमन्त्री पौडेलले प्रदेशको सहयोगमा वडा नं ४ थानाबजारमा निर्माण थालिएको बसपार्कको अनुगमन गर्दै ‘बसपार्क निर्माण एप्रोज’ अरूका लागि सिकाइको केन्द्र भएको धारणा राख्नुभयो ।
भ्रष्टाचारमुक्त प्रदेश बनाउन निर्देशन
वाग्मती प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री रामेश्वर फुयाँलले भ्रष्टाचारप्रति शून्य सहनशीलता अपनाउने प्रदेश सरकारको नीतिलाई आत्मसात् गरेर काम गर्न कर्मचारीलाई निर्देशन दिएका छन् । उनले प्रदेशका मुख्यमन्त्री पौडेलको स्वच्छ प्रदेश निर्माण अभियानको पहिलो कडी सुशासन भएको र भ्रष्टाचारमुक्त प्रदेश बनाउने प्रदेश सरकारको ध्ययअनुरुप काम गर्न अनुरोध गरे ।
भौतिक पूर्वाधार विकास मन्त्रालय, हेटौँडामा आयोजित समीक्षा कार्यक्रममा मन्त्रालयका सचिव, महाशाखाका प्रमुखहरु तथा मन्त्रालय मातहतका प्रदेशका सबै कार्यालयका प्रमुखलाई निर्देशन दिँदै मन्त्री फुयाँलले मन्त्रालय मातहतका कार्यालयहरुले बजेटको कार्यान्वयनमा विशेष ध्यान दिनुपर्ने बताए ।
मन्त्री फुयाँलले साउन १ गतेदेखि नै बजेट कार्यान्वयन चरणमा प्रवेश गरिसकेकाले पहिलो चौमासिकमा गर्ने भनिएका कामको दोस्रो चौमासिकमा समीक्षा गरिने उल्लेख गरे । उनले तेस्रो चौमासिकको मध्य सम्ममा कार्यसम्पादन नै पूरा गर्नेगरी काम गर्नुपर्ने बताए । मन्त्री फुयाँलले भौतिक पूर्वाधारको क्षेत्रमा मात्र नभएर यातायातको क्षेत्रमा समेत जनतालाई अनुभूति हुनेगरी परिवर्तन ल्यान काम गर्नुपर्नेमा जोड दिए ।
यसैबीच मन्त्रालयका सचिव तेजराज भट्टले मातहतका प्रमुखसँग कार्यसम्पादन करार गरेका छन् । त्यस्तै महाशाखा प्रमुखहरुले मातहतका कार्यालय प्रमुखहरुसँगसमेत कार्यसम्पादन करार सम्झौता सम्पन्न गरेका छन् ।
aplly description here...
फाल्गुन २९ गते, २०७७ - १२:२०
काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...
फाल्गुन ९ गते, २०७७ - १७:४२
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...
फाल्गुन ९ गते, २०७७ - १७:०४
कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...
फाल्गुन ९ गते, २०७७ - १६:५९
भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...
फाल्गुन ९ गते, २०७७ - १६:३६
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...
फाल्गुन ९ गते, २०७७ - १५:५०
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...
फाल्गुन ९ गते, २०७७ - १५:१६
काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...
फाल्गुन ९ गते, २०७७ - १४:३४
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...
फाल्गुन ९ गते, २०७७ - १४:०८
भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...
फाल्गुन ९ गते, २०७७ - १३:३३
जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...




प्रतिकृया लेख्नुहोस्: