Khabar Dabali २४ चैत्र २०८२ मंगलवार | 7th April, 2026 Tue

कोरोना सङ्क्रमणबाट बच्न आफैँ सतर्क हुन सरोकारवालाको आग्रह

विराटनगर । कोभिड–१९ सङ्क्रमणबाट बच्नका लागि आफैँ सतर्क हुनुपर्नेमा सरोकारवालाले जोड दिएका छन् । प्रदेश नं १ सामाजिक विकास मन्त्रालयद्वारा आज यहाँ आयोजित कोभिड–१९ सम्बन्धी छलफलमा सरोकारवालाले वर्तमान अवस्थामा सङ्क्रमण समुदाय पूर्वअवस्थामा रहेको विचार व्यक्त गरेका छन् ।

सामाजिक विकासमन्त्री जीवन घिमिरेले प्रदेशमा पछिल्लो समय सङ्क्रमणको दर वृद्धि भएको बताउँदै समुदायमा फैलिन नदिन आवश्यक सचेतनामा जोड दिए । उनले सङ्क्रमणसम्बन्धी सतर्कता नअपनाउनेलाई कानूनको सहारा लिएर सतर्कता अपनाउने बताए । जिल्ला समन्वय समिति मोरङगका प्रमुख नरेश पोखरेलले स्थानीय तहहरुले सार्वजनिक सेवा बन्द गर्दैमा सङ्क्र्मण नियन्त्रणमा नहुने बताउँदै सेवाग्राहीको अभिलेख राखेर सेवा प्रवाह गर्नुपर्नेमा जोड दिए ।

निजी अस्पताल सञ्चालकको सङ्गठन (अफिन)का प्रदेश संयोजक डा सुनिलचन्द्र अधिकारीले सङ्क्रमणबाट जोगिन अनुशासन आवश्यक रहेको उल्लेख गर्दै होम आइसोलेसनमा बस्न सक्नेलाई सरकारले सुविधा दिनुपर्ने टिप्पणी गरे । जिल्ला प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी उपरीक्षक सन्तोष खड्काले सीमाबाट अवैध आवागमन रोक्न सुरक्षा व्यवस्था कडा बनाइएको जानकारी दिए ।

कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रका संयोजक डा डेनप्रसाद आचार्यले सङ्क्रमण वृद्धिसँगै सरकारले उपचार गर्न नसक्ने भएकाले व्यक्ति आफैँ सुरक्षित एवं सचेत हुनुपर्नेमा जोड दिए । सुनसरीको दुहवी नगरपालिकाका प्रमुख वेद गच्छदार, नेकपा मोरङका नेता रामलाल साह, नेकपा महानगर कमिटी अध्यक्ष सागर थापा, नेपाली काँग्रेस विराटनगरका कावा सभापति अरुण न्यौपानेले प्रदेश सरकारले परीक्षणको दायरा बढाई सङ्क्रमण क्षेत्रमा सिल गर्नुपर्ने सुझाव दिए।

सामाजिक विकास मन्त्रालयका जनस्वास्थ्य महाशाखा प्रमुख डा सुरेश मेहताले प्रदेशको र विराटनगर महानगरपालिका जनस्वास्थ्य महाशाखा प्रमुख रमेश कार्कीले विराटनगरको सङक्रमणको अवस्थाका बारेमा जानकारी गराए।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending