काठमाडौँ । बन्दाबन्दीपछिको पर्यटन क्षेत्रलाई चलायमान बनाउन पर्यटनका अन्य क्षेत्र जस्तै होटल क्षेत्रले पनि स्वास्थ्य सुरक्षा मापदण्डलाई पालना गर्दै सञ्चालनको तयारी तीव्र पारेको छ ।
बन्दाबन्दीको करिब चार महिना व्यवसाय प्रायः ठप्प भएको होटल व्यवसायलाई गतिशील तुल्याउन स्वास्थ्य सजकता र आवश्यक जनशक्ति परिचालन गरेर व्यवसाय शुरु गर्न लागिएको हो । सरकारले यही साउन १५ देखि होटल व्यवसाय सञ्चालनमा ल्याउने निर्णय गरेपछि व्यवसायीले अहिले पर्यटकस्तरीय होटलले आफ्नो तयारी गरिरहेका छन् । पाँचतारे होटललाई भने शुरुमा केही समस्या हुनसक्ने व्यवसायीको भनाइ छ ।
तीन तारेसम्मका होटल आन्तरिक पर्यटनले धान्न सकिने र अन्तर्राष्ट्रिय उडान खुलेसँगै विदेशी पर्यटक आउने आसमा व्यवसायीले सञ्चालनको पूर्वतयारी गरिरहेका हुन् । होटल एशोसिएशन अफ नेपाल ९हान० का प्रथम उपाध्यक्ष विनायक शाहले शुरुमा पूर्ण क्षमताको १० प्रतिशत मात्र होटल व्यवसाय सञ्चालन गरिने र क्रमशः अवस्था हेरेर क्षमता बढाउँदै लगिने बताए ।
सरकारले बजेटमा घोषणा गरेअनुरुप ‘देश दर्शन’ कार्यक्रममार्फत आन्तरिक पर्यटन प्रवद्र्धन हुने ठम्याइका साथ हानले विभिन्न आकर्षक प्याकेज बनाउने योजना रहेको उनले सुनाए । विदेशी पर्यटकको आत्मविश्वास बढाउन विमानस्थलमा पिसीआर सेन्टर स्थापना गरेर चाडो रिपोर्ट लिन सकिन व्यवस्था मिलाउन सके उपयुक्त हुने व्यवसायीको अपेक्षा छ । साथै अनअराइभल प्रवेशाज्ञा जस्ता योजना ल्याउन सकेको खण्डमा पर्यटन व्यवसाय छिट्टै लयमा फर्कने उपाध्यक्ष शाहले बताए ।
होटल सञ्चालनको तयारी गरिए पनि शुरुआति चरणमा पर्यटक अभावले कठिनाइ हुने व्यवसायीको ठम्याइछ । आगामी भदौ १ गतेदेखि आन्तरिक तथा अन्तरराष्ट्रिय व्यावसायिक उडान शुरु हुने भएकाले होटल व्यवसाय क्रमशः सहज हुदैँ जाने उनीहरुको आँकलन छ । होटल व्यवसाय सञ्चालन शुरुआतिका एक सिफ्ट अर्थात् दैनिक आठ घण्टा मात्रै कमभन्दा कम कर्मचारीबाट सञ्चालन गरिनेछ । सामान्य अवस्थामा होटल तीन सिफ्टमा सञ्चालन हुन्थ्यो ।
कोभिड–१९ सङ्क्रमणबाट सुरक्षित सेवा सञ्चालनको सुनिश्चितताका लागि होटल व्यवसायीले सुरक्षा मापदण्डको अभ्यास गरिरहेका छन् । विश्व स्वास्थ्य सङ्गठन, नेपाल सरकार र होटलले बनाएको स्वास्थ्य प्रोटोकलका आधारमा सेवा सञ्चालन गरिने व्यवसायीले बताएका छन् । अबको १५ दिन आन्तरिक तयारीमा जुट्ने योजना बनाएका व्यवसायीले विदेशी पर्यटक नेपाल आउँदा शुरुमा स्वास्थ्य परीक्षण र क्वारेन्टिन कसरी र कति अवधि भन्नेबारे चाडो निर्णय गरेको खण्डमा व्यवसायीले तयारी गर्न सहज हुने उपाध्यक्ष शाहको भनाइ छ ।
कोभिडसँगै व्यवसाय अघि बढाउनुपर्ने बाध्यता रहेकाले पनि व्यवसायीले त्यसअनुरुपको तयारी गरेका हुन् । छिमेकी मुलुक भारत र चीनबाट अहिले पनि धेरै संख्यामा पर्यटक आउन चासो देखाइरहेका छन् । तर यसका लागि उडान सहज भएपछि पनि स्वास्थ्य सुरक्षा सुनिश्चितता चाहिन्छ । कतिपय मुलुकका पर्यटक नेपाल आउन बुभिङ गरिरहेका पनि व्यवसायीले जनाएका छन् । आगामी अक्टोबर महिनाबाट पर्यटन क्षेत्र चलायमान हुने अपेक्षासहित व्यवसायीले बुकिङ लिएको बताइएको छ । हानमा आबद्ध पर्यटकस्तरदेखि पाँचतारे गरी तीन हजारभन्दा बढी होटल छन् ।
aplly description here...
बैशाख १५ गते, २०७८ - १३:५७
कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...
बैशाख १५ गते, २०७८ - १३:४८
काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...
बैशाख १५ गते, २०७८ - १३:३२
औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...
बैशाख १५ गते, २०७८ - १३:१५
जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...
बैशाख १५ गते, २०७८ - १३:०४
कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...
बैशाख १५ गते, २०७८ - १२:४७
साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...
बैशाख १५ गते, २०७८ - १२:३८
काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...
बैशाख १५ गते, २०७८ - १२:२९
नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...
बैशाख १५ गते, २०७८ - १२:११
बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...
बैशाख १५ गते, २०७८ - १२:०२
दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...



प्रतिकृया लेख्नुहोस्: