काठमाडौँ । संविधानले राष्ट्रिय जनावर भनी परिभाषित गरेको गाई बाच्छा राजधानीका सडक, नदी किनार एवं मठमन्दिरमा करिब तीन हजार छाडा छाडिएका छन् ।
गाई पाल्नेले बाच्छी जन्मिए राख्ने, बाच्छा जन्मिए दुई तीन महिना नबित्दै सडक, मठमन्दिर एवं नदी किनारमा लगी छोड्ने क्रम राजधानीमा बढ्न थालेको छ । गाईका बाच्छा खेत बारी जोत्ने काममा लगाउने गरिएकामा ट्याक्टरलगायत आधुनिक यन्त्र भित्रिएसँगै यसरी सडकमा छाडा छोड्न थालिएको हो । गाई पनि बुढो भएर नब्याउने भएपछि यसरी नै छोडिन्छ ।
कागेश्वरी मनोहरा नगरपालिका–४ स्थित ब्रम्हखेलमा घाइते अवस्थामा छोडिएका चार वटा बाच्छाको तस्बीरसहित अवस्थाका बारेमा वडाध्यक्ष भाइकाजी अधिकारीलाई जानकारी गराउँदा हाम्रो काम होइन भन्ने जवाफ दिएको नागरिकस्तरबाट शुरु भएको छाडा गाई बाच्छा संरक्षण अभियानका अभियानकर्मी उत्तम पुडासैनीले राससलाई जानकारी दिए ।
यस विषयमा प्रतिक्रियाका लागि अध्यक्ष अधिकारीसँग सम्पर्क गर्दा उनले फोन उठाएनन् । यस विषयमा जानकारी गराउन नगरप्रमुख कृष्णहरि थापालाई पटकपटक फोन सम्पर्क गर्दा पनि नउठेको अभियानकर्मीको गुनासो छ । सरोकार भएका अन्य निकायलाई पनि ती बाच्छाको उद्धार गर्न आग्रह गरेकामा कसैले जिम्मेवारी लिएनन् । नगर प्रमुख थापा भने यस विषयमा अहिलेसम्म आफूलाई कसैले फोनबाट जानकारी नगराएको बताउँछन् ।
“नगरपालिकाले छाडा गाई बाच्छा संरक्षणका लागि पटकपटक सहयोग गरेको छ, अभियानकर्मीलाई व्यवस्थित योजना ल्याउनुस्, नगरपालिकाका तर्फबाट पनि सहयोग गछौँँ भनेका छौँ, मैले व्यक्तिगत रुपमा पनि पराल किन्न सहयोग गरेको छु, नगरपालिकाको वडा नं। ८ मा रहेको पशुपति क्षेत्र विकास कोषको ५३४ रोपनीमा व्यवस्थित गौशाला निर्माणका लागि पनि नगरपालिकाका तर्फबाट सहयोग गछौँँ”, उनले बताए ।
छाडा गाई बाच्छा दिउँसो जम्मा पारेर राति छोडेको हो कि भन्ने गुनासो पनि स्थानीयवासीबाट आउन थालेको नगरपालिकाले जनाएको छ । अन्यत्रका गाई बाच्छा पनि जम्मा गरेर यहाँ अव्यवस्थित रुपमा छाडियो भने स्थानीयवासीको पनि बिरोध हुनेतर्फ सचेत हुन पनि नगर प्रमुख थापाले अनुरोध गरेका छन् ।
उद्धार गर्न स्थानीय तहका जिम्मेवारी अधिकारीलाई आग्रह गरिरहेका बेलामा शनिबार एक बाच्छाको मृत्यु भएको छ । अर्का दुई बाच्छा पनि मृत्युको संघारमा पुगेको दृश्यले छाती चिरिएपछि अभियानकर्मी विकास थापाले ती बाच्छाको उद्धार गरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको उत्तरी भागमा रहेको अभियानको आश्रय स्थलमा ल्याए ।
गोकर्णेश्वर नगरपालिका क्षेत्रभित्र झण्डै ६० भन्दा ज्यादा असहाय गाई बाच्छा शोक, भोक, प्यास र रोगले ग्रसित अवस्थामा भौँतारिएको अभियानले जनाएको छ । सम्बन्धित वडाका अध्यक्ष तथा जिम्मेवार अधिकारीलाई कमजोर र साना ती अबोध बाच्छाको उद्धार गरी विमानस्थल नजिकको आश्रयस्थलसम्म ल्याइदिन अभियानले आह्वान गरेको छ ।
अभियानले कागेश्वरी मनोहरा नगरपालिका वडा नं. ८ को विमानस्थल नजिक र कोषको जग्गा रहेको खुर्सानी बारीमा हाल १०० भन्दा बढी साना गाई बाच्छालाई संरक्षण गरेको छ । विगतमा ठूला गाई बाच्छा पनि राख्ने गरिएकामा हाल सानालाई जोगाउन मुस्किल भएकाले ठूलालाई संरक्षण नगरिएको अभियानकर्मी पुडासैनीले बताए ।
aplly description here...
बैशाख १५ गते, २०७८ - १३:५७
कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...
बैशाख १५ गते, २०७८ - १३:४८
काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...
बैशाख १५ गते, २०७८ - १३:३२
औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...
बैशाख १५ गते, २०७८ - १३:१५
जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...
बैशाख १५ गते, २०७८ - १३:०४
कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...
बैशाख १५ गते, २०७८ - १२:४७
साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...
बैशाख १५ गते, २०७८ - १२:३८
काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...
बैशाख १५ गते, २०७८ - १२:२९
नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...
बैशाख १५ गते, २०७८ - १२:११
बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...
बैशाख १५ गते, २०७८ - १२:०२
दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...



प्रतिकृया लेख्नुहोस्: