Khabar Dabali १९ जेष्ठ २०८३ मंगलवार | 2nd June, 2026 Tue
Investment bank

देवघाटमा आधुनिक सभाहल निर्माण

तनहुँ । तनहुँको देवघाट गाउँपालिकामा–५ कुँदीमा गण्डकी प्रदेश सरकारको ६० र गाउँपालिकाको ४० प्रतिशत लागत साझेदारीमा आधुनिक सभाहल निर्माण गरिएको छ । कोरोना भाइरस सङ्क्रमण जोखिम कम गर्न देशभर बन्दाबन्दी गरिएकै समयमा गाउँपालिकामा सभाहल निर्माण सम्पन्न भएको गाउँपालिकाका अध्यक्ष दुर्गबहादुर थापाले जानकारी दिए । सभाहलमा झ्याल, ढोका हाल्ने र रङ लगाउने काममात्र बाँकी छ ।

चालू आर्थिक वर्षभित्र सम्पन्न गरिसक्ने लक्ष्य रहे पनि बन्दाबन्दीका कारण अप्ठ्यारो पर्ने अवस्था आएपछि निर्माण व्यवसायीले सबै मजदूरलाई त्यहीँ नै खानेबस्नेको व्यवस्था गरी निरन्तर काममा लगाएर सभाहल निर्माण सम्पन्न गरेको प्रमुख प्रशासकीय अधिकृत रमेश सुवेदीले जानकारी दिए ।

जिल्ला प्रशासन कार्यालय तनहुँसँग समन्वय गरेर निर्माण सामग्री ढुवानी गरी कामलाई निरन्तरता दिइएको थियो । पाँच रोपनी क्षेत्रफलको जग्गामा निर्माण गरिएको उक्त सभाहल तीन सय क्षमताको छ । सभाहलमा दुई साना कोठा छन् । लागत अनुमान रु एक करोड भएपनि टेन्डर प्रक्रियामार्फत रु ९५ लाख ५४ हजार तीन सय ३३ को लागतमा भवन निर्माण गरिएको छ ।

त्यस्तै रु चार लाख ८५ हजार चार सय ४१ को लागतमा सभाहलमा जिप्सम लगाउने काम सम्पन्न भएको छ । सभाहलमा कम्पाउन्ड लगायतका काम सम्पन्न गर्न रु २२ लाख ५४ हजार पाँच सय २६ आवश्यक पर्ने देखिएकाले उक्त रकम प्रदेश सरकारसँग माग गरिएको छ । “गाउँपालिकामा सुविधासम्पन्न सभाहल नहुँदा कार्यक्रमहरु गर्नुपर्दा समस्या पर्ने गर्दथ्यो, नयाँ सभाहल बनेपछि सहज हुने भयो”, प्रमुख प्रशासकीय अधिकृत सुवेदीले भने । सभाहल निर्माण कम्पनीले गाउँपालिकालाई आइतबार हस्तान्तरण गरेको छ ।

aplly description here...

कर्णालीमा थप ३ जना कोरोना सङ्क्रमितको मृत्यु

कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...

नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशतमा सीमित रहने एडिबीको प्रक्षेपण

काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...

बुर्किना फासोमा आतङ्कवादीद्वारा तीन जना युरोपेली पत्रकारको हत्या

औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...

महोत्तरीमा जलेर एक बालकको मृत्यु

जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...

टीकापुरमा ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु

कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...

ब्राजिलमा कोरोनाबाट ३ लाख ९५ हजारको मृत्यु

साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...

कोटेश्वर स्थित एक फर्निचर उद्योगमा आगलागी हुँदा ३० लाख बराबरको धनमाल जलेर नष्ट

काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्‍वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...

भारतको आसाममा शक्तिशाली ६.० म्याग्नीच्यूडको भूकम्प

नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...

७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...

२५ वर्षीय पदम द्वारा ढुङ्गाले थिचेर श्रीमतीको हत्या

दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending