त्रिशूली । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नुवाकोटको सचिवालय बैठकले नुवाकोटमा नेकपाको सङ्गठित सदस्य सङ्ख्या १५ हजार भन्दा बढी रहने निर्णय गरेको छ । शहीद प्रतिष्ठान बान्द्रेमा शनिबार बसेको पहिलो सचिवालय बैठकले नुवाकोटमा दुई पार्टीबीच एकता भएसँगै सङ्गठित सदस्य सङ्ख्या १५ हजार ७७५ अनुमोदन गरी केन्द्रीय सङ्गठन विभागमा प्रमाणीकरणको लागि पठाउने निर्णय गरेको हो ।
बैठकले नेकपा नुवाकोटमा विभिन्न २९ वटा विभाग राख्न यसअघिको जिल्ला कमिटी सदस्यको बैठकले प्रस्ताव गरेर कार्यालय बैठकबाट सिफारिस गरिएका विभागलाई अनुमोदन गर्दै प्रमुख र उपप्रमुखहरु चयन गरेको छ । विभागअन्तर्गत जिल्ला अध्यक्ष हीरानाथ खतिवडा पार्टी स्कुल विभाग र सचिव नारायणप्रसाद खतिवडा सङ्गठन विभागको प्रमुखमा चयन भए ।
यसैगरी प्रचार तथा प्रकाशन विभागमा बद्री मैनाली, कृषि तथा भूमिसुधार विभागमा पशुपति कोइराला, कोष तथा आर्थिक व्यवस्थापनमा विष्णु लोहनी, खानेपानी तथा सरसफाइ विभागमा कमल खतिवडा, जलस्रोत, सिँचाइ तथा कर्जा विभागमा शान्ता अधिकारी, निर्वाचन विभागमा बाबुराम अधिकारी, न्याय, कानून तथा मावनअधिकार विभागमा लीलानाथ न्यौपाने, पर्यटन तथा नागरिक उड्डयन विभागमा काशीराज अधिकारी चयन भए ।
उपभोक्ता हित तथा आपूर्ति विभागको प्रमुखमा ईन्द्रबहादुर पण्डित, अर्थ तथा योजना विभागमा खिलप्रसाद दवाडी, उद्योग तथा वाणिज्य विभागमा जीतेन्द्र विष्ट, प्रादेशिक मामिला विभागमा रामेश्वर खड्का, पुस्तकालय तथा अभिलेख विभागमा यमकुमार खाती, भौतिक पूर्वाधार तथा यातायात विभागमा तेजबहादुर लामा युवा तथा खेलकूद विभागमा नारायण बस्नेत, वन तथा वातावरण विभागमा रत्नबहादुर विश्वकर्मा, विज्ञान तथा प्रविधि विभागमा भोला सेढाइँ, शिक्षा तथा मानव स्रोत विभागमा विष्णुबहादुर बोगटीलाई चयन गरिएको प्रचार तथा प्रकाशन विभागका प्रमुख बद्रि मैनालीले जानकारी दिए ।
उनको अनुसार श्रम तथा रोजगार विभागमा मङ्गलमाया प्रजापति, समाज कल्याण विभागमा लोचन नेपाल, सहकारी तथा गरिबी निवारण विभागमा अरुण श्रेष्ठ, सामान्य प्रशासन विभागको प्रमुखमा मुकुन्द आचार्य, साहित्य तथा कला संस्कृति विभागको प्रमुखमा टलकमान श्रेष्ठ, स्थानीय तह विभागको प्रमुखमा बुद्धि प्रधान, स्वास्थ्य तथा जनसङ्ख्या विभागको प्रमुखमा गमला श्रेष्ठ, महिला विभाग प्रमुखमा कल्पना रिमाल र शहरी विभागको प्रमुखमा मानबहादुर तामाङलाई चयन गरिएको छ ।
सबै विभागका प्रमुखसँगै उपप्रमुख पनि चयन गरिएको छ । दुई पार्टी एक भएसँगै बनाइएको विभाग भएकाले प्रमुख र उपप्रमुख साविकको दुई पार्टीबाट समान सहभागितामा बनाइएको छ । बैठकले समसामयिक राजनीतिक सन्दर्भमा छलफल गर्दै सचिवालय सदस्य र अतिथिबाट आएका राय तथा सल्लाहका आधारमा आगामी दिनमा कार्यान्वयन लैजाने निर्णय गरेको छ । बैठकमा जिल्ला सचिवालयका पदाधिकारीसहित अतिथिको रुपमा वाग्मती प्रदेशका पदाधिकारीको सहभागिता रहेको थियो ।
aplly description here...
बैशाख १४ गते, २०७८ - २१:५६
नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...
बैशाख १४ गते, २०७८ - २१:४३
राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...
बैशाख १४ गते, २०७८ - २१:३५
सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...
बैशाख १४ गते, २०७८ - २१:२४
काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...
बैशाख १४ गते, २०७८ - २१:०९
काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...
बैशाख १२ गते, २०७८ - २१:५१
काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...
बैशाख १२ गते, २०७८ - २१:४२
कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...
बैशाख १२ गते, २०७८ - २१:३०
ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...
बैशाख १२ गते, २०७८ - २१:१८
चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...
बैशाख ११ गते, २०७८ - २२:११
काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...




प्रतिकृया लेख्नुहोस्: