लमजुङ । सरकारले लकडाउन अन्त्य भएको निर्णय गरेसँगै सडक बजारमा कोरोनाको जोखिम नै सकिएजस्तो गरी चहलपहल बढेको छ । लामो समयदेखि हिँड्डुल नगरेका सर्वसाधरण नागरिक केही दिनयता एकैपटक धेरै सङ्ख्यामा बजार आउँदा चलहपहल बढेको हो ।
लकडाउन सकिए पनि सङ्क्रमित हुनेको सङ्ख्या जिल्लामा थपिने क्रम रोकिएको छैन । दिनहुँ नयाँ सङ्क्रमित देखा पर्दै आएका छन् । दिनहुँ नयाँ सङ्क्रमित देखापर्ने क्रम जारी नै रहेकाले जोखिम कम भयो भन्ने स्थिति छैन । बेँसीशहर नगरपालिकाका प्रमुख गुमानसिंह अर्याल भन्छन्, “लकडाउन अन्त्य हुनुको अर्थ हामी सङ्क्रमणमुक्त छौँ भन्ने होइन”, उनले भने, “यसलाई हल्कारूपमा लिइयो भने अवस्था झन् भयावह बन्न सक्छ ।”
आगामी दिनमा कोरोनासँगै बाँच्न सिक्नुपर्ने अवस्था आएकाले लकडाउन खोल्न सरकार बाध्य भए पनि नागरिकले भने अझ व्यवस्थित र सुरक्षा सावधानीसहित जीवनशैली अगाडि बढाउनुपर्नेमा बेँसीशहर नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख मनोजसिंह बोहराले बताए ।
कोरोना सङ्क्रमणभन्दा पनि मानिस भोकले मर्ने अवस्था सिर्जना नहोस् भन्दै केही दिनअघि सरकारले लकडाउनको अन्त्य भएको घोषणा गरेता पनि कोरोनाको जोखिम भने अन्त्य भइसकेको छैन । लामो समयसम्म लकडाउनका बेला गर्न नपाएका कामहरु यतिबेला शहर÷बजार जताततै भीडभाड बढी देखिएको छ । शहरबजारमा खुलेका विभिन्न पसलमा भीडभाड हुने क्रम बढ्दै गए पनि सामाजिक दूरी कायमसमेत भएको पाइँदैन ।
कतिपयले लकडाउन सकिएपछि कोरोना भाइरसको महामारी पनि सकिएको भन्ने बुझाइसमेत राख्दै आएका छन् । उनीहरुले कोरोनाको महामारी आउनुभन्दा अघिका समयझै यतिबेला पनि उस्तै सोचाइका साथ कोरोनाका महामारीको ध्यानमा नराख्दा जोखिम बढ्दै गएको छ । यस्ता क्रियाकलापले थप भयावह अवस्था आउन सक्नेतर्फ सचेत नहुँदा थप कोरोना जोखिम बढ्नसक्ने जिल्लावासीको भनाइ छ ।
कोरोनाबाट आफू जोगिन र अरुलाई जोगाउन भौतिक दूरी कायम राख्ने, सरसफाइमा ध्यान दिने, साबुनपानीले हात धुने, मास्क लगाउने, नियमित व्यायामलगायतका क्रियाकलाप गरेमा जोखिम न्यूनीकरण हुनसक्ने चिकित्सकको भनाइ छ । विश्व स्वास्थ्य सङ्गठनले पनि तत्काल कोरोनाको सङ्क्रमणबाट मुक्त हुने अवस्था नरहेको बताउँदै आएको छ । कोरोना भाइरसको सङ्क्रमणबाट बच्नका लागि सबैभन्दा पहिला व्यक्तिगत सावधानी नै महत्वपूर्ण छ । प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले भने, “यतिबेला लकडाउन पो हटेको हो त जोखिम कहाँ हटेको छ र १ तर पनि जिल्लावासी मास्कसमेत नलगाइ हिँडेको पाइन्छ ।
जिल्लामा कोरोना सङ्क्रमित बढिरहेको छ जोखिम पनि उत्तिकै रहेको छ । नेपाल सरकारले र जिल्ला प्रशासन कार्यालयबाट समेत कोरोनाबाट बच्नका लागि विभिन्न सावधानी अपनाउन आग्रह गर्दै आए पनि नागरिकले भने लागू नगर्दा जोखिम बढ्दै गएको प्रमुख जिल्ला अधिकारी शर्माको भनाइ छ ।
aplly description here...
बैशाख १५ गते, २०७८ - १३:५७
कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...
बैशाख १५ गते, २०७८ - १३:४८
काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...
बैशाख १५ गते, २०७८ - १३:३२
औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...
बैशाख १५ गते, २०७८ - १३:१५
जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...
बैशाख १५ गते, २०७८ - १३:०४
कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...
बैशाख १५ गते, २०७८ - १२:४७
साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...
बैशाख १५ गते, २०७८ - १२:३८
काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...
बैशाख १५ गते, २०७८ - १२:२९
नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...
बैशाख १५ गते, २०७८ - १२:११
बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...
बैशाख १५ गते, २०७८ - १२:०२
दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...




प्रतिकृया लेख्नुहोस्: