Khabar Dabali ११ पुष २०८२ शुक्रबार | 26th December, 2025 Fri
Investment bank

पहिरोले ढुवानी रोकियो, बजारमा दूधको अभाव

बलेवा । पहिरोले बाटो अवरुद्ध हुँदा बागलुङ बजारमा दूधको अभाव भएको छ ।

सदरमुकामबाट पश्चिम र दक्षिण जोड्ने सडकमा पहिरो झरेर अवरुद्ध भएपछि ढुवानी हुन नसक्दा बागलुङ बजारमा दूधको अभाव भएको हो । तीन दिनयता सडक अवरुद्ध हुँदा दूधको ढुवानी रोकिएको र बजारमा दूधको अभाव भएको बागलुङ दुग्ध उत्पादक सहकारी सङ्घले जनाएको छ ।

मध्यपहाडी लोकमार्गको बागलुङ अक्षेते खण्डमा ठाउँठाउँमा झरेको पहिराका कारण काठेखोला गाउँपालिकाबाट बागलुङ बजारमा बिक्री वितरणका लागि आउने दूध रोकिएको छ । सडकको अन्य विकल्प नभएका कारण काठेखोलाको बिहुँ, भीमापोखरालगायतका ठाउँका किसानले उत्पादन गरेको दूध रोकिएको सङ्घका अध्यक्ष दीपक गौतमले बताए । उनका अनुसार बागलुङका दुग्ध उत्पादक सहकारीले उत्पादन गर्दै आएको दूध बजार पठाउने काम ठप्प भएको छ ।

कालिगण्डकी करिडोरसमेत पहिराकै कारण अवरुद्ध हुँदा जिल्लाको दक्षिण क्षेत्रको दूध ढुवानी रोकिएको छ । दक्षिणका बलेवा, कुश्मीशेरालगायत क्षेत्रका किसानले उत्पादन गरेको दूध ढुवानीमा समस्या भएको कालिगण्डकी दुग्ध उत्पादक सहकारी संस्थाले जनाएको छ ।

संस्थाका अनुसार सवारी साधनमार्फत ढुवानी गरी सदरमुकाम बागलुङ बजार र पर्वतको सदरमुकाम कुश्मा बजारमा बिक्री हुँदै आएको दूध सडक अवरुद्ध हुँदा किसानकै घरमा रोकिएको छ । दूध उत्पादन गर्दै आएका किसानले भने गाईभैँसीलाई नै दूध खुवाउनु पर्ने अवस्था आएको बताइएको छ ।

पल्लोपाखा, नवनमूना, नारायणस्थान र कालीगण्डकीले एकमुष्ट दूध सङ्कलन गरेर बिक्री गर्दै आएका थिए भने जैमिनीले अलग्गै बजार पठाउने गरेको थियो । चार सहकारीले प्रत्येक दिन उत्पादन गरेको एक हजार लिटर दूध र जैमिनीले उत्पादन गर्ने ५०० लिटर दूध गाउँमै रोकिएको हो ।

बलेवाबाट झोलुङ्गे पुलमार्फत पर्वत सदरमुकाममा केही दूध ढुवानी भएको भए पनि बागलुङ बजारमा दूध आएको छैन । “सहकारी ल्याएको दूध बेचिन्थ्यो तीन दिन भयो दूध आएको छैन”, मिलन डेरीका सञ्चालिका हिरादेवी शर्माले भनिन्, “पोखराबाट दूध ल्याएर बेच्नुपर्ने अवस्था आइसक्यो ।” ढुवानी रोकिएपछि किसानको दूध खेर गएको छ भने बजारका उपभोक्ता दूध पाउनबाट बञ्चित भएका छन् ।

“थोरै दूध हुनेले त मोही बनाएर घ्यू निकालेका छन्”, बागलुङ पशु स्रोत विकास फार्मका अध्यक्षसमेत रहेका गौतमले भन्नुभयो, “फार्मको दूध खोलामा बगाउनुको विकल्पै छैन ।” बागलुङ बजारमा दैनिक तीन हजार ५०० देखि चार हजार लिटरसम्म दूधको खपत हुने गरेको छ । त्योमध्ये झण्डै दुई हजार ५०० लिटर दूध किसानले बनाएका सहकारीमार्फत नै बजारमा वितरण हुने गरेको गौतमले बताए ।

“बाटो खुलाउने अझै छाँटकाँट छैन, पानी परिरहेकाले पहिरो झरेको झरै छ”, उनले भने, “जनतन एक हजार लिटर दूध मात्रै पछिल्लो तीन दिनयता बजारमा बिक्री भएको छ ।” मध्यपहाडी लोकमार्गको बोक्सेमा गएको पहिरो पञ्छाउने काम भइरहेको भए पनि पहिरो झरिरहेकाले थप समस्या भएको प्रहरीले जनाएको छ ।

कालिगण्डकी करिडोरको पहिरो पञ्छाइनसक्दै पहिरो थपिने गरेकाले सवारी आवतजावतमा समस्या छ । बाढी र पहिराका कारण सडक अवरुद्ध भएर दूधको ढुवानीमा समस्या हुँदै सबैभन्दा धेरै मर्कामा व्यावसायिक किसान परेका छन् ।

अभावको मौका छोपेर सदरमुकाममा रहेका केही डेरी पसलले उपलब्ध भएको थोरै दूधलाई समेत दही बनाएर राखेका छन् । दूधकोभन्दा दहीको मूल्य बढी पर्ने भएकाले ठूला डिलरले दही बनाउँदा साना डिपोमा दूधको अभाव भएको डिपो सञ्चालकको आरोप छ ।

\"\"

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending