Ntc summer Offer
Khabar Dabali ६ जेष्ठ २०८१ आईतवार | 19th May, 2024 Sun
NIMB

विदेशिएको ५ महिनामा बन्द बाकसमा शव आयो

बागलुङ । गत हिउँदमा परिवारसँग छुट्टिएर विदेश हिँड्दा गलकोट नगरपालिका–७ मल्मका लक्ष्मण सुनारको वाचा थियो छिट्टै घर फर्कने । दुर्भाग्य, साउदी अरब पुगेको तीन महिनामै सुनारले आकस्मिक मृत्युवरण गर्नुपर्यो । धन कमाउन विदेशिएका उनी बन्द बाकसमा फर्किए ।

फागुन पहिलो साता साउदी अरब पुगेका ४२ वर्षीय सुनारको गत जेठ ११ मा निधन भयो । शव भने गत सोमबार मात्र आइपुग्यो । कोरोनाले निम्त्याएको बन्दाबन्दीका कारण शव ल्याउनै झण्डै दुई महिना लाग्यो । परिवारले अन्तिमपटक मुख हेर्ने धोको राखेपछि खर्चिलो र झण्झटिलो भए पनि सुनारको शव घरै ल्याइएको हो । मङ्गलबार अन्तिम संस्कार गरेपछि छोराहरु दिनेश र विनोद अहिले बुबाको किरियामा छन् ।

“म पनि भारतमा थिएँ, तीन÷चार वर्षदेखि बुबालाई भेट्न पाएको थिइँन, अब यत्तिकै भयो”, २१ वर्षीय दिनेशले बताए, “हामी विदेश लागेपछि घरमा आमा र भाइमात्र थिए ।” १८ वर्षीय विनोद बीचमै पढाइ छाडेर घरमै बसेका छन् । आमा सीमा ज्यालादारी काम र घरधन्दा सम्हाल्छीन् । लक्ष्मणको कमाइका भरमा परिवार पालिएको थियो, मिठो–मसिनो पाक्थ्यो । घरको मुली मान्छे नै गुमाउनु परेपछि सुनार परिवारलाई अकल्पनीय बज्र परेको छ । आर्थिक स्थिति दयनीय छ । जायजेथाले बिहान–बेलुकीको निर्वाहसम्म हुँदैन । “बुबा बितेर गए पनि हामी दुई भाइ छौँ अब केही गर्नुपर्ला, आमा र परिवारको भविष्य हाम्रो काँधमा आएको छ”, दिनेशले बताए ।

दिनेश पनि रोजगारीका सिलसिलामा केही वर्षदेखि दिल्लीमा थिए । बुवाको निधनको खबर पाएपछि बन्दाबन्दीबीच उनी घर फर्केका थिए । लक्ष्मण रोजगारीका लागि शुरुमा कुवेत र त्यसपछि साउदी अरब गएका थिए । उनीमा पहिलेदेखि नै उच्च रक्तचापको समस्या रहेको छोरा दिनेशले बताए । “त्यसकै कारण बुवाको एक्कासी त्यस्तो घटना भयो”, दिनेशले जनाए । विदेशिनुपूर्व घरगाउँमै रहँदा पनि लक्ष्मण सीपयुक्त काममा मेहेनती र लगनशील थिए ।

“एकदम सरल, कामकाजी थिए, गाउँमा सबैले चिन्थे, मान्थे”, वडाध्यक्ष टीकाबहादुर थापाले भने, “डोका, नाम्ला बुन्ने सीप पनि थियो ।” वडाध्यक्ष थापाले सम्पत्तिका नाममा घरबाहेक लक्ष्मणसँग केही नभएको बताए । दैनिक श्रम गरेर गुजारा गर्ने परिवार भएको उनको भनाइ छ । परिवारको आर्थिक स्थिति कमजोर देखेपछि जापानमा रहेका गलकोटेहरुले सहयोग गरेका छन् । घुम्टे युवा परिवार जापान शाखाले चलाएको सहयोग अभियानबाट रु छ लाख १७ हजार ६२० सङ्कलन भएको छ । सो रकम परिवारको लालनपालन र सुरक्षित भविष्यका लागि खर्च गरिने भएको छ ।

aplly description here...

कर्णालीमा थप ३ जना कोरोना सङ्क्रमितको मृत्यु

कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...

नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशतमा सीमित रहने एडिबीको प्रक्षेपण

काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...

बुर्किना फासोमा आतङ्कवादीद्वारा तीन जना युरोपेली पत्रकारको हत्या

औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...

महोत्तरीमा जलेर एक बालकको मृत्यु

जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...

टीकापुरमा ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु

कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...

ब्राजिलमा कोरोनाबाट ३ लाख ९५ हजारको मृत्यु

साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...

कोटेश्वर स्थित एक फर्निचर उद्योगमा आगलागी हुँदा ३० लाख बराबरको धनमाल जलेर नष्ट

काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्‍वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...

भारतको आसाममा शक्तिशाली ६.० म्याग्नीच्यूडको भूकम्प

नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...

७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...

२५ वर्षीय पदम द्वारा ढुङ्गाले थिचेर श्रीमतीको हत्या

दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies