बेइजिङ । चीनले दक्षिण पश्चिम शहर चेङ्दुस्थित अमेरिकी वाणिज्यदूतावास कार्यालय बन्द गर्न शुक्रबार आदेश दिएको छ । संयुक्तराज्य अमेरिकाले ह्युस्टनस्थित चिनियाँ वाणिज्यदूतावास कार्यालय बन्द गर्न यसैसाता आदेश दिएको प्रतिशोधस्वरुप चीनले उक्त कदम चालेको हो ।
चीनको विदेश मन्त्रालयले जारी गरेको वक्तव्यमा संयुक्तराज्य अमेरिकाले अनुचित ढंगको कदम चालेपछि त्यसको प्रतिक्रियास्वरुप बैधानिक र आवश्यक कदम चाल्न चीन बाध्य भएको उल्लेख छ ।
वक्तव्यमा चीन–अमेरिकाबीच वर्तमान परिस्थिति निम्त्याउने चीनको कुनै चाहना नरहेको बताउँदै वर्तमान घटनाक्रमको मुख्य जिम्मेवार संयुक्तराज्य अमेरिका नै रहेको उल्लेख छ ।
विश्वका दुई ठूला अर्थतन्त्र भएका मुलुकहरु चीन र अमेरिकाबीच पछिल्ला वर्षहरुमा विभिन्न मोर्चामा तनाबको वातावरण सिर्जना भएको छ । संयुक्तराज्य अमेरिकाले अमेरिकाको ह्युस्टनस्थित चिनियाँ वाणिज्यदूतावास कार्यालय ७२ घण्टाभित्र बन्द गर्न आदेश दिएपछि दुबै मुलुकबीच थप कुटनीतिक विवाद उत्पन्न भएको छ ।
चीनले संयुक्तराज्य अमेरिकाले वाणिज्यदूतावास बन्द गर्ने आफ्नो निर्णय फिर्ता नगरे प्रतिशोधात्मक कारबाही गर्ने धम्की दिएको थियो ।
संयुक्तराज्य अमेरिकाले ह्युस्टनस्थित चिनियाँ वाणिज्यदूतावास मार्फत बौद्धिक सम्पत्तिको चोरीका कार्यहरु भइरहेको दाबी गरेको छ । अमेरिकी न्याय विभागले दुई जना चिनियाँ नागरिकमाथि सयौं अमेरिकी कम्पनी तथा कोरोनाभाइरस विरुद्धको खोपसँग सम्बन्धित अनुसन्धानका सूचनाहरु चोरी गरेको आरोपमा दोषी ठहर गरेलगत्तै अमेरिकी प्रशासनले ह्युस्टनस्थित चिनियाँ वाणिज्यदूतावास कार्यालय बन्द गर्न आदेश दिएको थियो ।
चीनको बेइजिङमा संयुक्तराज्य अमेरिकाको राजदूतावास कार्यालय रहेको छ । साथै चीनको मुख्य भूभागमा अरु पाँच वटा र हङकङमा एउटा वाणिज्यदूतावास कार्यालय रहेका छन् ।
चेङ्दुस्थित अमेरिकी वाणिज्यदूतावास कार्यालय सन् १९८५ मा स्थापना गरिएको थियो । यहाँ करिब २०० जना कर्मचारी रहेका छन् ।
चेङ्दुस्थित अमेरिकी वाणिज्यदूतावासको कार्यालय विगतदेखि नै विवादको घेरामा रहँदै आएको छ । अमेरिकी गुप्तचर विश्लेषक एडवार्ड स्नोडेनले सन् २०१३ मा सार्वजनिक गरेको एउटा विवरणमा चेङ्दु कार्यालयमा जासुसी उपकरणहरु जडान गरिएको बताएका थिए ।
यही वाणिज्यदूतावासमा सन् २०१२ मा चोङकिङ नगरका तत्कालीन प्रमुख वाङ लिजुनले शरण लिएका थिए ।
पछिल्ला वर्षहरुमा चीन र अमेरिकाबीच व्यापारदेखि कोरोनाभाइरस महामारी तथा चीनको हङकङ नीति, सिनजियाङ र दक्षिण चीन सागरका विषयमा विवाद उत्कर्षमा पुगेको छ । एएफपी
aplly description here...
फाल्गुन २९ गते, २०७७ - १२:२०
काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...
फाल्गुन ९ गते, २०७७ - १७:४२
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...
फाल्गुन ९ गते, २०७७ - १७:०४
कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...
फाल्गुन ९ गते, २०७७ - १६:५९
भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...
फाल्गुन ९ गते, २०७७ - १६:३६
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...
फाल्गुन ९ गते, २०७७ - १५:५०
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...
फाल्गुन ९ गते, २०७७ - १५:१६
काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...
फाल्गुन ९ गते, २०७७ - १४:३४
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...
फाल्गुन ९ गते, २०७७ - १४:०८
भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...
फाल्गुन ९ गते, २०७७ - १३:३३
जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...




प्रतिकृया लेख्नुहोस्: