Ntc summer Offer
Khabar Dabali ४ जेष्ठ २०८१ शुक्रबार | 17th May, 2024 Fri
NIMB

वितरण गर्न ल्याइएको राहत सामग्री बीच बाटामै अलपत्र

बाजुरा । जिल्लाको पूर्वीउत्तरी क्षेत्रका लागि वितरण गर्न ल्याइएको राहत सामग्री आधा बाटामै रोकिएको छ । लगातारको वर्षाका कारण मार्तडी–कोल्टी सडक बन्द भएपछि बीच बाटामा पुगेको राहत अलपत्र अवस्थामा रहेको त्यस क्षेत्रका स्थानीय पालिकाले जानकारी दिएका छन् ।

पूर्वी–उत्तरी क्षेत्रमा पर्ने बूढीनन्दा नगरपालिका तथा हिमाली, स्वामिकात्र्तिक खापर गाउँपालिकासहित अतिविपन्न र गरिब परिवारका लागि आइएनएफ, एनएनडिएसडब्लुओलगायत संस्थाले राहत सामग्री ट्र्याक्टरमा लोड गरेर कोल्टी ल्याउन लागेका हुन् ।

राहत गैरसरकारी संस्थाले अतिविपन्न र गरिब परिवार मुक्तहलियाका लागि लक्ष्य गरेर वितरण गर्न लागेका हुन् । बन्दाबन्दीले प्रभाव पारेका र अरुको ज्यालादारी गरेर काम गर्ने परिवारका लागि राहतस्वरुप वितरण गर्न लागिएको एनएनडिएसडब्लुओका जिल्ला संयोजक रोशन खड्काले बताए ।

मार्तडी–कोल्टी सडकखण्ड गत असार तेस्रो सातादेखि अवरुद्ध भएको छ । सडकमा कतै पहिरो खसेको छ भने कतै खोलामा पानीको बहाव बढेका कारण अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । राहत सामग्रीसहित लाखौँको व्यापारिक सामग्री बोकेर हिँडेका ट्र्याक्टर पनि ठाउँठाउँमा अलपत्र अवस्थामा छन् ।

आइएनएफ नामक गैरसरकारी संस्थाले बूढीनन्दा नगरपालिकाका ४१० परिवारका लागि वितरण गर्न लागेको खाद्य सामाग्री र सुरक्षा तथा सरसफाइ सामग्री बीच बाटामै अलपत्र परेको छ । राहत सामग्री कोल्टी लैजाने क्रममा बडिमालिका नगरपालिका–७ को रजातोली आसपास क्षेत्रमा अलपत्र अवस्थामा परेको आइएनएफका क्षमता विकास अधिकृत तिलक भण्डारीले जानकारी दिए ।

स्थानीय तहले छनोट गरेका आधारमा विपन्न, एकल महिला, मुक्तहलिया अपाङ्गता भएका व्यक्तिलगायतका परिवारलाई राहत दिने निर्णय गरिएको थियो । साँझ–बिहान छाक टार्नसमेत समस्या परेका परिवारलाई लक्षित गरेर वितरण गर्न लागिएको सामग्री बीचमै अलपत्र हुँदा दुःख लागेको अधिकृत भण्डारीको भनाइ छ ।

राहत पाउने आशाले लक्षित वर्गले दिनदिनै फोन गरिरहेका उनले बताए । आठ/दश जनालाई मात्र भए भरियामार्फत ढुवानी गर्न हुन्थ्यौँ यत्रो ठूलो सङ्ख्यामा समस्या भएको भण्डारीले बताए । यता नेपाल राष्ट्रिय दलित समाज कल्याण सङ्घले पनि हिमाली, स्वामीकार्तिक खापर गाउँपालिका र बूढीनन्दा नगरपालिकाका ५५१ परिवारका लागि वितरण गर्ने गरी खरिद गरेको खाद्यान्न पनि बीच बाटोमै अलपत्र परेको छ ।

खाद्यान्न सामग्री ठूलो मात्रामा भएकाले मान्छेबाट बोकाएर सम्भव नभएको र भनेको समयमा खच्चड पनि सम्पर्कमा नआएका कारण खाद्यान्न ढुवानीमा समस्या देखिएको छ । पानीकै कारण खाद्यान्न बिग्रिने चिन्तासँगै लक्षित वर्गलाई समस्यामा सहयोग पुग्न नसक्नु समस्या देखिएको छ ।

विसं २०५६ मा निर्माण शुरु भएको मार्तडी–कोल्टी सडक २१ वर्षसम्म पनि पुरानै अवस्थामा रहेको छ । ४३ किलोमिटर सडकमा रु ३५ करोड बढी बजेट खर्च गरिए पनि बाटो सुधार हुन नसक्दा स्थानीयवासीलाई असारदेखि असोजसम्म सास्ती बेहोर्नुपरेको छ । बाटो अवरुद्ध हुँदा दैनिक उपभोग्य सामान ढुवानीमा समेत समस्या देखिएको छ । यो वर्ष भने कालोपत्रका लागि रु ९८ करोडको पहिलो चरणको ठेक्का भई निर्माण शुरु गरिसकिएको छ ।

aplly description here...

कर्णालीमा थप ३ जना कोरोना सङ्क्रमितको मृत्यु

कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...

नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशतमा सीमित रहने एडिबीको प्रक्षेपण

काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...

बुर्किना फासोमा आतङ्कवादीद्वारा तीन जना युरोपेली पत्रकारको हत्या

औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...

महोत्तरीमा जलेर एक बालकको मृत्यु

जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...

टीकापुरमा ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु

कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...

ब्राजिलमा कोरोनाबाट ३ लाख ९५ हजारको मृत्यु

साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...

कोटेश्वर स्थित एक फर्निचर उद्योगमा आगलागी हुँदा ३० लाख बराबरको धनमाल जलेर नष्ट

काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्‍वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...

भारतको आसाममा शक्तिशाली ६.० म्याग्नीच्यूडको भूकम्प

नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...

७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...

२५ वर्षीय पदम द्वारा ढुङ्गाले थिचेर श्रीमतीको हत्या

दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies