Ntc summer Offer
Khabar Dabali ४ जेष्ठ २०८१ शुक्रबार | 17th May, 2024 Fri
NIMB

दुर्लभ सुनौलो तोप चरा संरक्षण गरिँदै

\"\"

कञ्चनपुर । विश्वमै दुर्लभ मानिएको सुनौलो तोप चरा कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा संरक्षित गरिएको छ । दक्षिण एशियाको नेपाल र भारतमा मात्रै पाइने सङ्कटापन्न अवस्थामा रहेको सुनौलो तोप चरा संरक्षणका लागि निकुञ्जले कार्य अगाडि बढाएको छ ।

नेपालका संरक्षित क्षेत्रमध्ये सुनौलो तोप चरा शुक्लाफाँटामा मात्रै पाइने गरेको छ । सुनौलो तोप चरा जोगाउनका लागि नियमितरूपमा निगरानी राख्ने कार्यसँगै चराको आहारविहार र बासस्थानबारे अध्ययन कार्यमा समेत जोड दिइएको छ । निकुञ्जका मुख्य संरक्षण अधिकृत लक्ष्मण पौड्यालले बताए, “सुनौलो तोप चराबारे एक हप्ता लगाएर सर्भेक्षणको कार्यसमेत गरेका छौँ । यसको बासस्थानलाई कसरी सुरक्षित गर्ने भन्ने बारे योजनाबद्ध रूपमा अगाडि बढेका छौँ ।”

सङ्कटापन्न अवस्थामा रहेका अन्य जीवजन्तु र चराचुरुङ्गी जस्तै सुनौलो तोप चरालाई जोगाउन उत्तिकै महत्व दिइएको उनले बताए । सुनौलो तोप चराको प्रजाति विश्वमै दुर्लभ भएकाले बचाइराख्नु आजको आवश्यकता भएको अधिकृत उनको भनाइ छ ।

निकुञ्जको घाँसे मैदानका बीच भागमा बासस्थान बनाएको सुनौलो तोप चराको सङ्ख्या १०० देखि २०० को हाराहारीमा रहेको छ । झट्ट हेर्दा भँगेरा जस्तै तर पहँेलो रङको हुने भएकाले यसलाई सुनौलो तोप चरा भनिएको अधिकृत पौड्यालले बताए । “रुखका हाँगामा पात सिएर यस चराले गुँड बनाउने गर्दछ”, उनले बताए । तोप चराका सुनौलो, बायाँ, छातिकाले र धर्के गरी चार वटा प्रजाति पाइने गरेका छन् । तीमध्ये सुनौलो तोप चरा दुर्लभ प्रजातिका रूपमा रहेको छ ।

सुनौलो तोप चरा अन्यभन्दा पृथक किसिमको रहेको छ । सन् १९९६ मा चराविज्ञ हेमराज बरालले शुक्लाफाँटामा सुनौलो तोप चरा पत्ता लगाएका थिए । सुनौलो तोप चरा पत्ता लागेपछि निकुञ्ज कार्यालयले यसको नियमित रेकर्ड राख्दै आएको छ । सन् २००७ मा कोशी टप्पुमा सुनौलो तोप चरा देखिए पनि त्यसपछि यो चरा देखिएको छैन ।

“सुनौलो तोप चरा शुक्लाफाँटामा मात्रै रहेकाले यसको संरक्षणमा चासो दिइएको छ”, निकुञ्जका मुख्य संरक्षण अधिकृत पौड्यालले बताए, “किरालगायत खान मन पराउने भएकाले यो चरा किसानका लागि पनि लाभदायक छ ।” खेतबारीमा हालिने विषादी र अनावश्यकरूपमा मार्ने कार्यले यसको संरक्षणमा अवरोध भएको छ । निकुञ्जको घाँसे मैदानक्षेत्र नजिकैका ताल र सीमसार क्षेत्र नजिकका काँडेदार रुखमा सामूहिकरूपमा सुनौलो तोप चराले गुँड बनाउने गर्दछ ।

तोप चरालाई सामाजिक चराका रूपमा समेत लिइने गरिन्छ । सामूहिकरूपमा गुँड लगाउने र समूहमै रहन मनपराउने हुनाले यसलाई सामाजिक चराका रुपमा लिइन्छ । आहाराको खोजीका लागि पनि यो चरा समूहमै उड्ने गर्दछ । अलगअलग प्रजातिका तोप चराले अलग्गै किसिमका आकर्षक गुँड बनाउने गर्दछन् ।

एउटै रुखमा सुनौलो तोप चराले सामूहिकरूपमा २० देखि १०० बढी गुँड लगाउने गरेको पाइएको छ । मनसुनको समयमा तोप चराले प्रजनन गर्दछन् । प्रजननको समयमै तोप चराको भालेले घाँसलाई बुनेर आकर्षक गुँड बनाउने गर्दछ । मे महिनादेखि सेप्टेम्बर महिनामा सुनौलो तोप चराले गुँड बनाउने, अण्डा पार्ने र बच्चा हुर्काउने गर्दछ । एक अध्ययनअनुसार तोप चराले २० दिनदेखि २८ दिनमा गुँड तयार गर्दछ । बाह्य आक्रमणबाट अण्डा र बच्चालाई जोगाउन गुँड विशेष प्रकारले बनाइएको हुन्छ ।

नेपालमा ८७७ प्रजातिका चरा पाइने गरेका छन् । तीन सय पाँच वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको शुक्लाफाँटामा भने ४२३ प्रजातिका चरा पाइने गरेका छन् । तीमध्ये १९ प्रजातिका चरा दुर्लभ प्रजातिका रहेका छन् । आगन्तुक साइबेरियन चराका लागि पनि शुक्लाफाँटा प्रसिद्ध रहेको छ । क्षेत्रफलका हिसाबले सानो भए पनि निकुञ्जमा धेरै प्रकारका दुर्लभ वन्यजन्तु, पक्षी र वनस्पति पाइने गरेको छ ।

aplly description here...

कर्णालीमा थप ३ जना कोरोना सङ्क्रमितको मृत्यु

कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...

नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशतमा सीमित रहने एडिबीको प्रक्षेपण

काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...

बुर्किना फासोमा आतङ्कवादीद्वारा तीन जना युरोपेली पत्रकारको हत्या

औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...

महोत्तरीमा जलेर एक बालकको मृत्यु

जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...

टीकापुरमा ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु

कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...

ब्राजिलमा कोरोनाबाट ३ लाख ९५ हजारको मृत्यु

साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...

कोटेश्वर स्थित एक फर्निचर उद्योगमा आगलागी हुँदा ३० लाख बराबरको धनमाल जलेर नष्ट

काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्‍वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...

भारतको आसाममा शक्तिशाली ६.० म्याग्नीच्यूडको भूकम्प

नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...

७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...

२५ वर्षीय पदम द्वारा ढुङ्गाले थिचेर श्रीमतीको हत्या

दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies