Ntc summer Offer
Khabar Dabali ५ जेष्ठ २०८१ शनिबार | 18th May, 2024 Sat
NIMB

२ करोड विद्युत्को रकम बक्यौता उठाउन बाँकी

बलेवा । नेपाल विद्युत् प्राधिकरण बागलुङ वितरण केन्द्रले आर्थिक वर्ष २०७६/७७ सम्ममा झण्डै रु दुई करोड विद्युत् बक्यौता उठाउन बाँकी छ । विद्युत्को महसुल समयमा नतिर्ने सबैभन्दा धेरै सरकारी तथा सार्वजनिक निकाय छन् । स्थानीय तह गठनपछि बालिएको सडक बत्तीको बागलुङ नगरपालिकाले रु २० लाख महसुल तिर्न बाँकी छ । वितरण केन्द्रले गत आवको प्रगति समीक्षामा बक्यौता रमक अझै नउठेको जनाएको छ । अघिल्ला वर्षको तुलनामा बक्यौता घटाउने क्रम चलिरहेको छ । तिर्न बाँकीमध्ये संस्थागतरूपमा सबैभन्दा धेरै नगरपालिकाकै रहेको हो ।

जनप्रतिनिधि आउनुअघिको बक्यौता तत्कालीन स्थानीय विकास मन्त्रालयले तिरेको थियो । स्थानीय सरकार भएकाले अबको बक्यौता भने पालिकाले नै तिर्नुपर्ने प्रावधान छ । प्राधिकरणको बागलुङ वितरण केन्द्र प्रमुख शिवनारायण गोशलीका अनुसार टोल विकास संस्थामा मिटर राखेर सबैले तिर्ने व्यवस्थापन मिलाइदिन नगरप्रमुखसँग आग्रह गरेको बताए ।

त्यसबाहेक ढुङ्गागिट्टीको कारोवार गर्ने दुई क्रसर उद्योगले पनि बक्यौता तिरेका छैनन् । बक्यौता नउठेको र लकडाउनका कारण काममा अवरोध आएपछि अघिल्लो वर्ष लक्ष्यको ९६ प्रतिशत राजश्व सङ्कलन गरेको केन्द्रले असार मसान्तमा ९३ प्रतिशत मात्रै सङ्कलन गरेको गोशलीले बताए ।

सरकारी कार्यालयमा धेरै बक्यौता रहने गरेकामा केही वर्षदेखि घट्दो दरमा रहेको उनले जानकारी दिए । नगरप्रमुख जनकराज पौडेलले अघिल्लो वर्षको रु १२ लाख बक्यौता भएको जानकारी पाएको बताए । बक्यौताबारे प्राधिकरण र सङ्घीय मामिला मन्त्रालयबीच छलफल गरेर तिर्ने उनले बताए ।

गोशलीका अनुसार अघिल्ला वर्षसहित असार मसान्तसम्म रु दुई करोड ९८ लाख ७२ हजार बक्यौता उठ्न बाँकी छ । बक्यौता नतिरेकालाई कालोसूचीमा राखिएको छ । केन्द्रले गत वर्षसम्म ९७ जनालाई कालोसूचीमा राखेकामा असार मसान्तमा ८९ जनालाई कालोसूचीमा राखेको छ । केहीले बक्यौता तिरेर कालोसूचीबाट आफ्नो नाम हटाएका छन् । उहाँका अनुसार व्यक्तिबाट मात्रै रु सात लाख ५९ हजार उठ्न बाँकी छ । जिल्लामा २६ हजार ८७० घरधुरीमा मिटर जोडेर विद्युत् आपूर्ति गराएको छ ।

केन्द्रले एक वर्षमा एक दशमलव ४७ प्रतिशत विद्युत् चुहावट पनि घटाएको छ । अघिल्लो वर्ष १५ दशमलव ७८ प्रतिशतको चुहावटलाई गत वर्षको असारमा आइपुग्दा १४ दशमलव ३१ प्रतिशत पुर्याएको हो । एक वर्षभर समयमा महसुल नतिरेका ३२४ ग्राहकको लाइन काटेर रु २० लाख ६१ हजार जरिवानासमेत असुल गरिएको हो ।

aplly description here...

कर्णालीमा थप ३ जना कोरोना सङ्क्रमितको मृत्यु

कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...

नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशतमा सीमित रहने एडिबीको प्रक्षेपण

काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...

बुर्किना फासोमा आतङ्कवादीद्वारा तीन जना युरोपेली पत्रकारको हत्या

औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...

महोत्तरीमा जलेर एक बालकको मृत्यु

जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...

टीकापुरमा ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु

कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...

ब्राजिलमा कोरोनाबाट ३ लाख ९५ हजारको मृत्यु

साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...

कोटेश्वर स्थित एक फर्निचर उद्योगमा आगलागी हुँदा ३० लाख बराबरको धनमाल जलेर नष्ट

काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्‍वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...

भारतको आसाममा शक्तिशाली ६.० म्याग्नीच्यूडको भूकम्प

नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...

७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...

२५ वर्षीय पदम द्वारा ढुङ्गाले थिचेर श्रीमतीको हत्या

दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies