Khabar Dabali १९ जेष्ठ २०८३ मंगलवार | 2nd June, 2026 Tue
Investment bank

कोरोनाका बीच पश्चिम नेपालमा ‘तीज’ पर्व मनाइँदै

महेन्द्रनगर । पश्चिम नेपालमा मात्रै बसोवास गर्ने राना थारु समुदायको परम्परागत तीज पर्व कोरोना भाइरस जोखिमका बीच सामान्यरूपमा मनाइँदै छ । धार्मिक एवं परम्परागतरूपमा लामो समयदेखि कञ्चनपुर र कैलालीका राना समुदायले विधिवतरूपमा तीज पर्व मनाउँदै आएका छन् ।

“यो पटक व्रत बस्ने, मिठा पकवान खाने र घरमै रमाइलो गर्ने काम भइरहेको छ”, कञ्चनपुरको भीमदत्तनगरपालिका–१८ नयाँ कटानमा रहेको राना थारु होमस्टेका सचिव चेतराम रानाले बताए्, “परम्परागत पिङ स्थापना गरेर सामूहिक रमाइलो गर्ने कार्यक्रम कोरोनाका कारण हुन सकेन ।” यहाँ सो समुदायको परम्परागत पिङलाई ‘साउने डोला’ भनिन्छ ।

सचिव रानाले परम्परागत तीज मनाउने क्रममा राना थारु महिला वेषभूषासहित पुराना गीत गाउने गर्छन् । भाइ र भतिजको दीर्घायुका लागि राना थारु समुदायका महिला व्रत बस्ने गरेको सचिव रानाले बताए । “बिहान चोखो बसेर व्रत उपसना बस्छन्”, उनले बताए, “दिउँसो थारु परिवार सिमही, पुरी बनाएर पूजाअर्चना गर्छन् ।”

त्यसका साथै गाउँमै पिङ (साउने डोला) बनाएर महिला परम्परागत गीत गाउँदै डोलामा रमाउने परम्परा छ । तीजका लागि बस्तीमा तोकिएका ‘चाकर’ले सबैलाई खबर गरेपछि सामूहिकरूपमा तीज मनाउने गरिन्छ । पिङ चढेर परम्परागत गीत गाउँदा वर्षा हुने धार्मिक मान्यता रहेको छ । साउनमा वर्षा होस् भनेर पिङमा रमाउँदै गीत गाउने प्रचलनसमेत रहेको छ ।

कञ्चनपुरको कृष्णपुर नगरपालिकाका उपप्रमुख रमिता राना कोरोनाले तीज पर्व मनाउन समस्या भएको बताए । “सबै महिला माइतमा गएर साउने डोला खेल्ने गर्थे”, उनले बताए, “कोरोनाका कारण पर्व प्रभावित भयो ।” उनले थारु कला संस्कृति जगेर्ना गर्न बजेट विनियोजन गर्नुका साथै पहल गरिरहेको बताए ।

aplly description here...

कर्णालीमा थप ३ जना कोरोना सङ्क्रमितको मृत्यु

कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...

नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशतमा सीमित रहने एडिबीको प्रक्षेपण

काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...

बुर्किना फासोमा आतङ्कवादीद्वारा तीन जना युरोपेली पत्रकारको हत्या

औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...

महोत्तरीमा जलेर एक बालकको मृत्यु

जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...

टीकापुरमा ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु

कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...

ब्राजिलमा कोरोनाबाट ३ लाख ९५ हजारको मृत्यु

साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...

कोटेश्वर स्थित एक फर्निचर उद्योगमा आगलागी हुँदा ३० लाख बराबरको धनमाल जलेर नष्ट

काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्‍वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...

भारतको आसाममा शक्तिशाली ६.० म्याग्नीच्यूडको भूकम्प

नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...

७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...

२५ वर्षीय पदम द्वारा ढुङ्गाले थिचेर श्रीमतीको हत्या

दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending