काठमाडौँ । अविरल वर्षासहित बाढीपहिरोका कारण देशभरका सात राष्ट्रिय राजमार्गमा सडक आवागमनमा असर पुगेको छ । तीमध्ये चार राजमार्गमा बढी क्षति पुगेको छ । वर्षा शुरु भएपछि यी सबै राजमार्गमा गरी १०० भन्दा बढी सडक बाढीपहिरोका कारण अवरुद्ध भएकामा अहिलेसम्म कतिपय स्थानमा खुल्न सकेको छैन ।
देशव्यापीरूपमा तीन दिनदेखि लगातार वर्षाले विभिन्न राजमार्गमा कटान र पहिरोको कारणबाट यातायात अवरुद्ध हुनपुगेको हो । पहिरो पन्छाएर थुप्रै सडकखण्ड सञ्चालनमा ल्याइए पनि कतिपय स्थानमा तत्काल शुरु गर्न सकिने अवस्था नरहेको सडक विभागका महानिर्देशक केशवकुमार शर्माले बताए । विभागले लगातार प्रयास गरिरहे पनि पुल बगाएका र नदीले सडक नै कटान गरेका स्थानमा वर्षा र नदीको बहाव कम नहुँदासम्म सडक सञ्चालन गर्न नसकिने उनको भनाइ छ । उनले बताए, “सम्बन्धित सडक डिभिजन कार्यालयले उपलब्ध उकरणबाट काम गरिहरेका छन् ।”
पृथ्वी राजमार्गको जोगिमारा–मावाखोला खण्ड र नारायणघाट–मुग्लिन सडकको कालीखोला खण्डमा यातायात सञ्चालन गर्न अझै केही समय लाग्ने विभागले जनाएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव देवेन्द्र कार्की, सडक विभागका महानिर्देशक शर्मा, उपमहानिर्देशकलगायतको टोली सडक अनुगमनका लागि बुधबार मौवाखोला पुगेको थियो । उक्त सडकमा रहेको पहिरो खुलाउने काम भइरहेको छ । शुक्रबार साँझसम्म सडक खुलाउने लक्ष्यका साथ काम अघि बढिरहेको उनले जानकारी दिए । उनले बताए, “कतिपय स्थानमा आंशिकरूपमा मात्रै सञ्चालन गराउने काम भइरहेको छ ।”
देशभरका राष्ट्रिय राजमार्गमध्ये सात राजमार्गमा बाढीपहिरोको असर परेको छ । तीमध्ये पनि अरनिको राजमार्ग, बेनी–जोमसोम, साँफेबगर–मार्तडी र बेँसीशहर–चामे सडकमा बढी असार देखिएको विभागले जनाएको छ । यात्रु र सवारीसाधनको चापका हिसाबले पृथ्वी राजमार्ग र अरनिको राजमार्ग अवरुद्ध हुँदा धेरैलाई अप्ठ्यारो परेको छ । एउटै राजमार्गको पनि धेरै ठाउँमा पहिरो देखिएको महानिर्देशक शर्माले बताए । अरनिको राजमार्गमा बाह्रबिसेम्म र सीमाबाट भन्सार कार्यालयसम्म खुलिसकेको छ । त्यसको बीचमा झण्डै १७ किमी सडक अवरुद्ध रहेको छ । सोही राजमार्गमा ६० मिटर सडक नै वर्षाले बगाएको छ भने एउटा पुल पनि बगाएको छ । उनले भने, “अरनिको राजमार्गमा रहेका अवरोध हटाउने काम भइरहेको छ ।”
अहिले पनि अवरुद्ध रहेका राजमार्गमा अवरोध खुलाउनका लागि सम्बन्धित सडक डिभिजन कार्यालय लागिपरेका छन् । कतिपय स्थानमा पुल नै बगाउँदा पनि सडक अवरुद्ध भएको छ । बेनी–जोमसोम सडक र साफेँबगर–मार्तडी सडकमा पनि पुल बगाएको छ । पुल बगाएका स्थानमा सडक सञ्चालन हुन समय लाग्नसक्ने महानिर्देशक शर्माले बताए । उनले बताए, “बेलिब्रिज राखेर सडक सञ्चालन गर्नुपर्ने हुनसक्छ ।”
विभागले सडक अवरुद्ध हुनासाथ सकेसम्म दुईतर्फ नै खुलाउन प्रयास गर्ने महानिर्देशक शर्माले बताए । तत्काल दुईतर्फ सञ्चालन गर्न नसकिने स्थानमा एकतर्फ पहिरो हटाएर पनि आवगमन खुला गरिन्छ । एकातर्फ वा आशिंकरूपमा सञ्चालनमा रहेका सडक मौसमले साथ दिनासाथ खुलाइने उनको भनाइ छ । उनले भने, “सकिन्छ भने दुईतर्फ र नसकिएका ठाउँमा मात्रै खुलाइन्छ ।”
विगतका वर्षभन्दा पहिले नै वर्षा शुरु भएकाले सडक बढी अवरुद्ध भएको विभागले जनाएको छ । यो वर्ष साउनको शुरुबाट अहिलेसम्म दैनिक वर्षा भइरहेको छ । भदौको १५ गतेसम्म वर्षा हुने भएकाले अझै कति क्षति हुन्छ भन्ने यकिन छैन ।
aplly description here...
बैशाख १५ गते, २०७८ - १३:५७
कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...
बैशाख १५ गते, २०७८ - १३:४८
काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...
बैशाख १५ गते, २०७८ - १३:३२
औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...
बैशाख १५ गते, २०७८ - १३:१५
जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...
बैशाख १५ गते, २०७८ - १३:०४
कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...
बैशाख १५ गते, २०७८ - १२:४७
साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...
बैशाख १५ गते, २०७८ - १२:३८
काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...
बैशाख १५ गते, २०७८ - १२:२९
नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...
बैशाख १५ गते, २०७८ - १२:११
बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...
बैशाख १५ गते, २०७८ - १२:०२
दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...



प्रतिकृया लेख्नुहोस्: