Ntc summer Offer
Khabar Dabali ४ जेष्ठ २०८१ शुक्रबार | 17th May, 2024 Fri
NIMB

सङ्खुवासभाको बेसिन्दा पहिरोबाट १०४ घर विस्थापित

सङ्खुवासभा । सङ्खुवासभाको सिलिचोङ गाउँपालिका–१ मा पहिराका कारण १०४ घर विस्थापित भएका छन् । पहिराको उच्च जोखिम भएपछि सिलिचोङ –१ बेसिन्दा, चेप्चेवालगायत गाउँका १०४ घरपरिवार विस्थापित भएको प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद आचार्यले जानकारी दिए ।

पहिराले बेसिन्दालगायत गाउँ कुनै पनि बेला पहिराले तान्न सक्ने खतरा भएपछि सुरक्षित स्थानमा सारिएको छ । गत असार २८ गते आएको पहिराले बेसिन्दाका नौ घर बगाउँदा ११ जना बेपत्ता भएका छन् । पहिराका कारण सिसुवा, बेसिन्दा र चेप्चेवा गाउँ नै पहिराले जमीन चिराचिरा भएर फाटेको छ । पहिराबाट विस्थापित बेसिन्दाका ५७ घरलाई बेसिन्दाभन्दा माथिको चित्रे डाँडामा अस्थायी बास निर्माण गरी राखिएको प्रजिअ आचार्यले बताए।

त्यस्तै २९ घरपरिवारलाई सिसुवाको बुधबारे बजारमा राखिएको छ । चेप्चेवाका १८ घर परिवारलाई बुधबारे नजीकैको पौखमटार राखिएको प्रजिअ आचार्यको भनाइ छ । बेसिन्दाको पहिराबाट विस्तापित घरपरिवारलाई सुरक्षाकर्मीले अस्थायी आवास निर्माण गरेर राखेको छ । बेसिन्दा पहिराबाट चार जनाको जीवितै उद्धार गरिएको थियो ।

पहिराबाट बेपत्ताको उद्धारका लागि सदरमुकाम खाँदबारीबाट गएको ६० जनाको टोली फर्किएको छ । गत असार २८ गते गएको पहिराबाट ११ जना अझै बेपत्ता छन् । पहिराबाट हराइरहेकाको खोजीका लागि जिल्लाबाट गएको सुरक्षाकर्मीको टोली आठ दिनसम्म खोजी गर्दा पनि फेला पार्न नसकेपछि आइतबार फर्किएको हो । बेपत्ताको खोजी अहिले पनि जारी राखिएको छ ।

पहिराबाट हराइरहेकाको खोजीका लागि जनप्रतिनिधि, प्रहरी र स्थानीयवासीको सहयोगमा अहिले पनि पनि खोजीकार्य जारी राखिएको छ । बेपत्ताको खोजीका लागि अहिले ताम्कु र बुधबारे प्रहरीचौकीबाट १३ जना प्रहरीको टोलीले खोजी र निगरानी गरिरहेका छन् ।

पहिरो पीडितलाई प्रदेश नं १ सरकारले हेलिकप्टरमार्फत राहत सामग्र्री पु¥याइसकेको छ । प्रदेश सरकारले पीडितलार्ई १५ क्वीन्टल चामल, दुई क्वीन्टल दाल, १०० लिटर तेल, ५० किलो नून, ५३ पाल, १० बाकस चाउचाउ र १० बाकस बिस्कुट तथा म्याटे«ससहितका राहत सामग्री पीडितलाई दिइसकेको गाउँपालिकाका अध्यक्ष रामबहादुर कुलुङले बताए । पहिरो पीडितलाई सरकारी तथा निजी क्षेत्रका विभिन्न निकायबाट समेत राहत सङ्कलन गर्ने काम भइरहेको बताइएको छ । हालसम्म विभिन्न सङ्घसंस्थाबाट रु दुई लाखभन्दा बढी सङ्कलन भइसकेको छ ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies