Khabar Dabali १३ चैत्र २०८२ शुक्रबार | 27th March, 2026 Fri
Investment bank

आधारभूत तालीमबाट २२० प्रहरी जवान दीक्षित

कास्की । प्रदेश प्रहरी तालीम केन्द्र गण्डकी प्रदेशमा सञ्चालित प्रहरी जवान आधारभूत तालीम सातौँअन्तर्गत बुधबार पहिलो समूहमा २२० जना दीक्षित भएका छन् । विसं २०७६ साउन २० गतेबाट विधिवत्रुपमा उद्घाटन भई सञ्चालनमा आएको तालीममा सहभागी प्रशिक्षार्थी मध्येमा १६० जना ‘क’ श्रेणी र ६० जना ‘ख’ श्रेणीमा उत्तीर्ण भएका छन् । दीक्षित भएका प्रहरी जवानलाई गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक घनश्याम अर्यालले दर्जानी चिह्नद्वारा शु–सोभन गरेका थिए ।

समारोहमा प्रत्येक प्रहरी कर्मचारीले आ–आफ्नो धर्मअनुसारका धर्मग्रन्थ साथै नेपालको राष्ट्रिय झण्डा, वीरताको प्रतीक खुकुरी र प्रहरी झण्डालाई साक्षी राखी आफू सदैव कर्तव्य निष्ठ भई भेदभाव नराखी प्रहरी सेवा प्रदान गर्नेछु भनी शपथ लिएका थिए । सो अवसरमा प्रशिक्षार्थीबाट कवाज प्रदर्शन गरिएको थियो ।

तालीममा विभिन्न विधामा उत्कृष्ट स्थान हासिल गर्ने प्रशिक्षार्थी तथा उत्कृष्ट प्रशिक्षकलाई पुरस्कृत गरिको थियो । दीक्षित भई जान लागेका प्रशिक्षार्थीलाई निर्देशन दिँदै प्रहरी नायब महानिरीक्षक अर्यालले तालीम अवधिमा हासिल गरेका ज्ञान, सीप र कौशललाई कार्यक्षेत्रमा इमान्दारीपूर्वक लागू गर्न आग्रह गरे ।

प्रत्येक प्रहरी कर्मचारी प्रहरी सङ्गठनको मात्र सदस्य नभई राज्यको समेत प्रतिनिधि हुने भएकाले प्रहरी कर्मचारीले आफ्नो संयमता गुमाए त्यसको नकरात्मक प्रभाव राज्यले समेत भोग्नुपर्ने बताउँदै यसप्रति सदैव सचेत रहनसमेत उनले आग्रह गरे ।

प्रदेश प्रहरी तालीम केन्द्र गण्डकी प्रदेशका समादेशक प्रहरी वरिष्ठ उपरीक्षक दिवेश लोहनीले सफलतापूर्वक तालीम सम्पन्न गरेका प्रशिक्षार्थीलाई व्यावसायिक तथा व्यक्तिगत जीवन सफलताको शुभकामना व्यक्त गरे । प्रहरी नायब उपरीक्षक लिलाराज लामिछानेले प्रहरी सङ्गठनको आधार स्तम्भको रुपमा रहेको प्रहरी जवानको कूल २३४ कार्य दिनको आधारभूूत तालीम गण्डकी प्रदेश सशस्त्र प्रहरी गण पोखरा र विपद् व्यवस्थापन गुल्म बागलुङमा सञ्चालन भएको जानकारी दिए ।

aplly description here...

कर्णालीमा थप ३ जना कोरोना सङ्क्रमितको मृत्यु

कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...

नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशतमा सीमित रहने एडिबीको प्रक्षेपण

काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...

बुर्किना फासोमा आतङ्कवादीद्वारा तीन जना युरोपेली पत्रकारको हत्या

औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...

महोत्तरीमा जलेर एक बालकको मृत्यु

जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...

टीकापुरमा ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु

कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...

ब्राजिलमा कोरोनाबाट ३ लाख ९५ हजारको मृत्यु

साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...

कोटेश्वर स्थित एक फर्निचर उद्योगमा आगलागी हुँदा ३० लाख बराबरको धनमाल जलेर नष्ट

काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्‍वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...

भारतको आसाममा शक्तिशाली ६.० म्याग्नीच्यूडको भूकम्प

नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...

७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...

२५ वर्षीय पदम द्वारा ढुङ्गाले थिचेर श्रीमतीको हत्या

दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending