कास्की । आन्तरिक राजश्व कार्यालय पोखराले गत आर्थिक वर्ष २०७६/७७ मा लक्ष्य भन्दा एक अर्ब ५८ करोड ५६ लाख कम राजश्व सङ्कलन गरेको छ । जुन लक्ष्यको २८ प्रतिशत न्यून हो । गण्डकी प्रदेशको राजधानी शहरमा अवस्थित कार्यालयले सो वर्षमा विभिन्न शीर्षकबाट रु पाँच अर्ब ६१ करोड ६७ लाख उठाउने लक्ष्य राखेकामा रु चार अर्ब तीन करोड ११ लाख मात्र राजश्व सङ्कलन गर्न सक्यो । कार्यालयले लक्ष्यको ७२ प्रतिशत मात्र राजश्व उठाउन सफल भएको कार्यालयका सूचना अधिकारी एवं कर अधिकृत विजय लामिछानेले जानकारी दिए ।
आर्थिक वर्ष २०७५/७६ मा कार्यालयले रु पाँच अर्ब ७६ करोड लक्ष्य राखेकामा ९२ प्रतिशत अर्थात रु पाँच अर्ब २९ करोड राजश्व दाखिला भएको थियो । कास्कीसहित स्याङ्जा जिल्ला कार्यक्षेत्र रहेको कार्यालयलाई राजश्वको लक्ष्य भेट्टाउन कोभिड–१९ रोकथामका लागि जारी बन्दाबन्दीले प्रभावित बनाएको बताइन्छ । “चैतदेखी जेठ तीन महिना बन्दाबन्दीमा थियौँ, असारमा समेत कर तिर्न म्यान्डेटरी (अनिवार्य कानूनी व्यवस्था) थिएन”, कर अधिकृत लामिछानेले भने,“असारमा करदाताको उत्साहजनक सहभागिता रहेपनि राजश्वमा बन्दाबन्दीका कारण अपेक्षाकृत सहभागिता भएन, लक्ष्य पूरा गर्न सकिएन ।” कार्यालयले आयकरबाट सर्वाधिक रु दुई अर्ब १५ करोड चार लाख ५६ हजार राजश्व सङ्कलन गरेको छ । गत वर्ष आयकर रु तीन अर्ब ३२ करोड १३ लाख ४३ हजार उठाउने लक्ष्य राखिएको थियो ।
त्यसैगरी मूल्य अभिवृद्धि करबाट रु एक अर्ब ३५ करोड २९ लाख ३६ हजार, अन्तःशुल्क रु २१ करोड ५५ लाख ४९ हजार, ब्याजकरबाट रु २५ करोड ५० लाख १५ हजार, घरभाडा कर रु पाँच करोड ३५ लाख ५८ हजार, स्वास्थ्य सेवा कर रु १९ लाख ६३ हजार तथा शिक्षा सेवा करबाट रु १६ लाख ४५ हजार राजश्व सङ्कलन भएको कार्र्यालयले जनाएको छ । गएको आर्थिक वर्षको असार महिनामै मात्र रु ७६ करोड राजश्व जम्मा भएको छ । कोभिड–१९ सङ्क्रमण रोक्नका लागि चैत ११ गतेदेखि आह्वान गरिएको बन्दाबन्दीले जेठसम्म राजश्व सङ्कलन प्रभावित भएकामा आन्तरिक राजश्व विभागले असारमा कर बुझाउन व्यवसायीलाई सूचना जारी गरेपछि व्यवसायीहरुले विरोध गरेका थिए ।
कर बुझाउन गरिएको निर्देशनका विरुद्ध सर्वोच्च अदालतमा मुद्दा दायर भएकामा अदालतले अन्तरिम आदेश जारी गरी लकडाउन पूर्णरुपमा खुलेको एक महिनापछि मात्र कर तिर्ने व्यवस्थाका लागि सरकारलाई निर्देशन दिएको थियो । अदातलको आदेशपछि समेत करदाताले स्वेच्छिक सहभागिता जनाएका थिए । अघिल्लोे आर्थिक वर्षको असार महिनामा रु ६० करोड राजश्व दाखिला भएकामा आव २०७६/७७ मा रु १६ करोड बढी राजश्व उठेको हो । गत वर्ष असारमा मात्र अन्त शुल्क रु ५६ करोड ९७ लाख ५० हजार उठेको छ । जुन लक्ष्यको २८८ प्रतिशत रहेको बताइन्छ । त्यसैगरी आयकर मात्र रु ४० करोड जम्मा भएको छ । “करदातालाई तिर्नै पर्र्ने बाध्यात्मक अवस्था नरहेपनि कतिपयले आफूले तिर्नुपर्ने कर स्वेच्छिक रुपमा बुझाएर सरकारलाई सहयोग गर्नुभयो, असारमा कर सङ्कलन विगतका तुलनामा उत्साहजनक रह्यो”, कर अधिकृत लामिछानेले भने ।
aplly description here...
बैशाख १५ गते, २०७८ - १३:५७
कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...
बैशाख १५ गते, २०७८ - १३:४८
काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...
बैशाख १५ गते, २०७८ - १३:३२
औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...
बैशाख १५ गते, २०७८ - १३:१५
जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...
बैशाख १५ गते, २०७८ - १३:०४
कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...
बैशाख १५ गते, २०७८ - १२:४७
साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...
बैशाख १५ गते, २०७८ - १२:३८
काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...
बैशाख १५ गते, २०७८ - १२:२९
नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...
बैशाख १५ गते, २०७८ - १२:११
बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...
बैशाख १५ गते, २०७८ - १२:०२
दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...




प्रतिकृया लेख्नुहोस्: