बागलुङ । गतवर्ष अष्ट्रेलिया घुम्न जाँदा हरि गौतमले पहिलोपटक ‘ड्रागन’ फलको स्वाद चाखेका थिए । घर फर्केपछि पनि उनलाई गुलियो, रसिलो ‘ड्रागन’ फलको झल्को लाइरह्यो ।
गलकोट नगरपालिका–७ मल्मका गौतमले गाउँमै उक्त फल लगाउने सोच बताए । अहिले उनको खेतमा ‘ड्रागन’ फलका सय बोट हुर्किरहेका छन् । पहिलोपटकको खेती परीक्षण जस्तो हुने उनको भनाइ छ । “अष्ट्रेलिया गएका बेला चाख्ने र योबारे बुझ्ने मौका पाएँ”, उनले भने, “चितवन, काठमाडौँलगायतका ठाउँमा उत्पादन भइरहेको थाहा पाएपछि हाम्रो ठाउँमा पनि सम्भावना देखेर खेती शुरु गरेको हुँ ।” पाँच मुरी धान फल्ने खेतमा गौतमले उक्त फल लगाएका छन् ।
चितवनबाट महँगोमा बिरुवा ल्याएर उनले खेती थालेका हुन । “बिरुवा बढी नै ल्याएको थिए, गाउँका अन्य किसानले पनि खेती गर्ने भनेर लगेका छन् ”, उनले भने । गौतमले रातो फल दिने ‘ड्रागन’को बिरुवा लगाएको हो । एउटा बिरुवाको मूल्य रु २५० परेको छ ।
‘ड्रागन’ फल गाउँठाउँमा नयाँ पनि भएकाले खेती गर्ने उत्सुकता जन्मिएको उनको भनाइ छ । खेती सफल भएमा ठूलो क्षेत्रमा विस्तार गर्ने उनको योजना छ । खेती लगाउँदा अनुभवी किसान र जानकारसँग सल्लाह लिएको गौतमले बताए ।
४६ वटा ‘पिलर’ बनाएर ‘ड्रागन’को बिरुवा लगाइएको छ । “अहिले थोरै बिरुवाबाट खेती शुरु गरेको छु, राम्रो भयो भने बढाउँदै जान्छु”, उनले भने । गलकोट नगरपालिका, कृषि शाखाका प्रमुख हरिदत्त सुवेदीले ‘ड्रागन’ फलको खेती जिल्लाकै लागि नौलो भएको बताए ।
“हामीले पनि यसका बारेमा धेरै ज्ञान, जानकारी लिन पाएका छैनौँ”, उनले भने, “केही ठाउँमा किसानले आफ्नै पहलमा खेती शुरु गरेका छन्, यसले हाम्रो क्षेत्रमा सम्भावना छ, छैन भनेर देखाउनेछ ।”
खेती सफल भएमा र व्यावसायिक रुपमा उपयुक्त देखिएमा कृषि क्षेत्रका प्राविधिक, अगुवा किसानलगायतलाई त्यस सम्बन्धी तालीम दिनुपर्ने उनको भनाइ छ । ‘ड्रागन’ फल स्वादिष्ट र स्वास्थ्यवद्र्धक मानिन्छ । यो सिउँडी प्रजातिको फल हो ।
‘ड्रागन’ फल नेपालमा प्रतिकिलो सात/आठ सय रुपैयाँमा बिक्री हुने गरेको छ । बिरुवा लगाएको दुई वर्षमा फल दिन शुरु गर्ने गौतमले बताए । फूल खेलेको महिना दिनभित्रमा खानका लागि फल तयार हुन्छ । तराईदेखि उच्च पहाडी भागसम्म ‘ड्रागन’ फलको खेती हुन्छ । तीन हजार मिटर उचाईसम्ममा खेती गर्न सकिने बताइन्छ । एउटा बोटको आयु २० देखि २५ वर्षसम्मको हुने विज्ञहरु बताउँछन् ।
सन् २००२ मा भियतनामबाट यो फल भित्रिएको मानिन्छ । पूर्वशिक्षकसमेत रहनुभएका गौतमले ‘ड्रागन’सँगै ‘एभोकाडो’, स्याउ, आँप, कागतीलगायत फलफूलको खेती गरेको छ । “निर्वाहमुखी कृषिको सट्टा व्यावसायिक खेतीमा लाग्ने प्रयास गरेको छु, हेरौँ कत्तिको सफल भइन्छ”, उनको भनाई छ ।
aplly description here...
बैशाख १५ गते, २०७८ - १३:५७
कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...
बैशाख १५ गते, २०७८ - १३:४८
काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...
बैशाख १५ गते, २०७८ - १३:३२
औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...
बैशाख १५ गते, २०७८ - १३:१५
जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...
बैशाख १५ गते, २०७८ - १३:०४
कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...
बैशाख १५ गते, २०७८ - १२:४७
साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...
बैशाख १५ गते, २०७८ - १२:३८
काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...
बैशाख १५ गते, २०७८ - १२:२९
नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...
बैशाख १५ गते, २०७८ - १२:११
बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...
बैशाख १५ गते, २०७८ - १२:०२
दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...




प्रतिकृया लेख्नुहोस्: