Khabar Dabali ३० फाल्गुन २०८२ शनिबार | 14th March, 2026 Sat
Investment bank

लकडाउनले १९ अर्ब राजस्व गुम्यो

चितवन । कोभिड– १९ नियन्त्रणका लागि गरिएको लकडाउनको बाध्यतासँगै आन्तरिक राजस्व कार्यालय भरतपुरले लक्ष्यभन्दा १९ अर्ब राजस्व कम सङ्कलन गरेको छ । कार्यालयलाई राजस्व विभागले रु ४३ अर्ब ३८ करोड ७७ लाख राजस्व सङ्कलनको लक्ष्य दिएको थियो ।

विभागले कार्यालयलाई दिएको लक्ष्यभन्दा रु १९ अर्ब ९६ लाख ८४ हजार कम अर्थात् रु २४ अर्ब ३७ करोड ८० लाख १६ हजार मात्र राजस्व सङ्कलन भएको हो । कार्यालयले दिएको जानकारीअनुसार लक्ष्यको ५६ दशमलव १९ प्रतिशत मात्र राजस्व सङ्कलन भएको छ ।

कार्यालयका प्रमुख सुवप्रसाद रिजालका अनुसार आर्थिक वर्ष २०७५÷७६ मा कार्यालयले रु ३० अर्ब ३५ करोड २३ लाख १९ हजार राजस्व सङ्कलन गरेको थियो । कार्यालयले गत आर्थिक वर्षमा आय कर रु दुई अर्ब १९ करोड ३१ लाख ६१ हजार, बहाल कर रु पाँच करोड ७९ लाख ५० हजार, व्याजकर रु १४ करोड ९० लाख ९५ हजार, मूल्य अभिवृद्धि कर रु दुई अर्ब नौ करोड ८४ लाख ८६ हजार, अन्तःशुल्क रु १९ अर्ब ८६ करोड १२ लाख नौ हजार, स्वास्थ्य सेवा कर रु एक करोड ७८ लाख ६८ हजार र शिक्षा सेवा कर रु दुई लाख ४७ हजार सङ्कलन भएको छ ।

प्रतिशतका हिसाबले मूल्य अभिवृद्धि करमा १०० दशमलव ४१ प्रतिशत असुल भए पनि अन्य सबै लक्ष्यभन्दा कम रहेको रिजालले बताउनुभयो । राजस्वको मुख्य हिस्सा अन्तःशुल्क हो । असार मसान्तसम्ममा अन्तःशुल्कमा रु ३७ अर्ब ९४ करोड ४४ लाख राजस्व सङ्कलन गर्ने लक्ष्य रहेको थियो । तर लक्ष्यको ५२ दशमलव ३४ प्रतिशत मात्र अन्तःशुल्क सङ्कलन भएको छ । अन्तःशुल्कमा मदिराजन्य वस्तु बिक्रीवितरण, निस्कासन र ढुवानी रोकिएकै कारण राजस्वमा मुख्य प्रभाव भएको उनको भनाइ छ । यस्तै लकडाउनले अन्य क्षेत्र पनि पूर्ण प्रभावित भएकाले राजस्वमा निकै गिरावट आएको रिजालले बताए ।

यस कार्यालयअन्तर्गत व्यवसायी पानमा ६५ हजार ८५३, व्यक्तिगत प्यानमा ८३ हजार ८७ र सरकारी कार्यालयको प्यान डब्लु प्यानमा ५४ भन्दाबढी करदाता रहेका छन् । यस कार्यालयले चितवन र नवलपरासीको दाउन्ने सुस्ता पूर्व हेर्दै आएको छ ।

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: