Khabar Dabali ११ चैत्र २०८२ बुधबार | 25th March, 2026 Wed
Investment bank

महिला शान्ति र सुरक्षासम्बन्धी जानकारी दिन मन्त्रालयलाई निर्देशन

काठमाडौँ । प्रतिनिधिसभा, महिला तथा सामाजिक समितिले महिला शान्ति र सुरक्षासम्बन्धी विषयमा विकास भएका सूचकको प्रयोग गरी नेपालको विद्यमान अवस्था मापन गर्न र सोको परिणाम जानकारी गराउन महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयलाई निर्देशन दिएको छ ।

समितिले आज आयोजना गरेको महिला शान्तिसुरक्षा विषयमा प्रदेशसभाका सामाजिक समिति सम्बद्ध सभापति एवं सांसदसँगको अनुभव आदानप्रदान कार्यक्रमपछि सभापति निरुदेवी पालले महिला शान्ति र सुरक्षासम्बन्धी राष्ट्रसङ्घीय कार्यसूची पक्षराष्ट्र भएको जनाउँदै त्यसबारेको परिणाम लिखितरुपमा समितिलाई जानकारी गराउन मन्त्रालयलाई निर्देशन दिएको हो ।

सभापति पालले भने, “आज बैठकमा हिंसामुक्त सभ्य समाज निर्माण गर्न सङ्घीय संसद्, प्रतिनिधिसभा, महिला तथा सामाजिक समिति एवं सबै प्रदेशसभाका सम्बद्ध समितिबीच आपसी सहकारिता, सहअस्थित्व र समन्वयका आधारमा एकीकृत प्रयास गर्ने, सम्बन्धित विषयवस्तुमा साझा विकास गर्न आगामी दिनमा समेत आवश्यकताअनुसार सामूहिक छलफल गर्दै जाने निर्णय भयो ।”

छलफलमा पूर्वमन्त्री थममाया थापाले मुलुकमा राजनीतिक परिवर्तनसँगै नयाँ संविधान निर्माण भए पनि, महिला हिंसासम्बन्धी ऐन÷कानून भए पनि पनि महिलालाई हेर्ने सोंचमा परिवर्तन हुन नसकेको बताए । उनले भने, “कानून बनाउँदैमा महिला हिंसा कम हुन्छ भन्ने होइन, कानून पूर्णरुपमा कार्यान्वयन गर्न नीति बनाउनुपर्ने आवश्यकता हुन्छ, महिलामाथि हुने सबै प्रकारका विभेद रोक्न राज्यले ध्यान दिनुपर्ने आवश्यक छ ।”

समितिका सदस्य गङ्गा चौधरी सत्गौवा र नारायणप्रसाद खतिवडाले भएका ऐन÷कानूनको प्रभावकारी कार्यान्वयनसँगै चेतनामार्फत महिलामाथि हुने सबै प्रकारका विभेद अन्त्य गर्नुपर्नेमा जोड दिए । सुदूरपश्चिम प्रदेश, सामाजिक समितिकी सभापति कुन्ती जोशीले सुदूरपश्चिममा रहेको छाउपडी र बोक्सीलगायत विभिन्न कुरीतिविरुद्ध सामाजिक समिति लागिपरेको जानकारी दिए । प्रदेश नं २, सामाजिक समिति सदस्य मञ्जुकुमारी यादवले तराईका जिल्लामा घरभित्रै महिलाले महिलालाई हिंसा गर्ने गरेको बताए ।

aplly description here...

कर्णालीमा थप ३ जना कोरोना सङ्क्रमितको मृत्यु

कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...

नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशतमा सीमित रहने एडिबीको प्रक्षेपण

काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...

बुर्किना फासोमा आतङ्कवादीद्वारा तीन जना युरोपेली पत्रकारको हत्या

औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...

महोत्तरीमा जलेर एक बालकको मृत्यु

जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...

टीकापुरमा ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु

कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...

ब्राजिलमा कोरोनाबाट ३ लाख ९५ हजारको मृत्यु

साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...

कोटेश्वर स्थित एक फर्निचर उद्योगमा आगलागी हुँदा ३० लाख बराबरको धनमाल जलेर नष्ट

काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्‍वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...

भारतको आसाममा शक्तिशाली ६.० म्याग्नीच्यूडको भूकम्प

नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...

७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...

२५ वर्षीय पदम द्वारा ढुङ्गाले थिचेर श्रीमतीको हत्या

दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: