Ntc summer Offer
Khabar Dabali २९ बैशाख २०८१ शनिबार | 11th May, 2024 Sat
NIMB

जातीय अहङ्कारले द्वन्द्व निम्त्याउँछ : पूर्वमन्त्री अधिकारी

कास्की । प्रतिनिधिसभा सदस्य खगराज अधिकारीले जातीय अहङ्कारले समाजमा द्वन्द्व निम्त्याउने बताएका छन् । पोखरा महानगरपालिका–३२ स्थित रुपा विश्वकर्मा सेवा समाजको दुईतले समाज घरको उद्घाटन गर्दै सांसद अधिकारीले जातीय विभेद संविधान विरोधी कार्य भएकाले यसले समाजमा द्वन्द्व सिर्जना गर्ने बताए।

पूर्वस्वास्थ्यमन्त्रीले भने, “जातीय र धार्मिक विभेद संविधानविरुद्धका काम हुन् । यदि कोही कसैले यसो गरेको खण्डमा राज्यले कसैलाई पनि छाड्दैन ।” नेता अधिकारीले जातीय एवं धार्मिक समानता र स्वतन्त्रतासहितको समाजवादोन्मुख संविधान निर्माण गरिएकाले अब यसको कार्यान्वयन पक्षमा सबैले चासो दिएर अघि बढ्नुपर्नेमा जोड दिए।

कार्यक्रममा गण्डकी प्रदेश अर्थ तथा विकास समितिका सभापति दीपक कोइरालाले कानूनले मात्रै पनि सबै समस्याको समाधान नभएको बताउँदै समाज परिवर्तनका लागि सामाजिक चेतना स्तर पनि माथि उठाउनुपर्नेमा जोड दिए । रुपा गाउँपालिकाका अध्यक्ष नवराज ओझाले विभेद र हिंसारहित समाजका लागि गाउँपालिका सधैँ अग्रसर हुने बताए।

विश्वकर्मा सेवा समाजका केन्द्रीय अध्यक्ष गणेश बराइलीले दलित समुदायको विषयलाई अझै पेचिलो बनाउँदै लैजानुपने औँल्याए । समाजका अध्यक्ष राजु सुनारका अनुसार भवन निर्माणका लागि रु ५८ लाख २० हजार लागत लागेको छ । स्थानीयस्तरमा देउसीभैलो एवं चन्दा सङ्कलन गरेर तथा सांसद विकास कोष, सहकारी विकास कोष, गण्डकी प्रदेश, पोखरा महानगरपालिका, रुपा गाउँपालिका, साबिक रुपाकोट गाविस, साबिक लेखनाथ नगरपालिकालगायतको सहयोगमा भवन निर्माण गरिएको जनाइएको छ ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies