Ntc summer Offer
Khabar Dabali ६ जेष्ठ २०८१ आईतवार | 19th May, 2024 Sun
NIMB

कर समायोजन नहुँदा अलैँची व्यवसायी मारमा

बनियानी । बजार मूल्यभन्दा डेढ गुणा बढी निकासी कर तिर्नु परेपछि अलैँची व्यवसायी मारमा परेका छन् । नेपाली बजारमा अहिले अलैँची प्रतिमन रु २० हजारमा कारोवार भइरहेको छ । तर भारतले अलैँचीमा प्रतिकेजी रु ८०० ९भारु ५००० निकासी कर लिएपछि व्यवसायी मारमा परेका छन् । नेपाल अलैँची व्यवसायी महासङ्घका अध्यक्ष राजकुमार कार्कीले अलैँचीमा भारतले भारु ५०० प्रतिकिलो भन्सारदर कायम राखेका कारण व्यवसायी समस्यामा परेको बताए ।

“नेपाली बजारमा रु ५०० प्रतिकेजीमा किनबेच भइरहेको अलैँचीको निकासी कर रु ८०० तिर्न सकिँदैन”, उनले बताए, “सरकारले बजार भाउअनुसार भन्सार शुल्क समायोजन गर्न पहल गर्नुपर्छ ।” नेपाली अलैँची बङ्गलादेश निर्यात गर्दा बङ्गलादेशले ३५ प्रतिशत निकासी कर लिने गरेको अध्यक्ष कार्कीले बताए तर भुटानबाट बङ्गलादेश निर्यात हुने अलैँचीमा भन्सार शुल्क लाग्दैन । बङ्गलादेशमा अलैँची निकासीका लागि भन्सार छुट र सहज निर्यातको वातावरण बनाइदिन व्यवसायीले माग गरेका छन् ।

नेपाली कृषि उत्पादन निर्यातको वातावरण सहज बनाइदिन उद्योग वाणिज्य मन्त्रालय ‘डेलिगेसन’ लिएरसमेत गएको उनले बताए । व्यवसायीले नेपाली कृषिजन्य वस्तु निकासीमा देखिएका समस्याका बारेमा मन्त्रालयका सचिव वैकुण्ठ अर्याललाई अवगत गराएका छन् । भारतले नेपाली अलैँचीमा लगाउँदै आएको भन्सार करको समायोजन र नेपाली अलैँची बङ्लादेश निर्यात गर्नका लागि पहल गरिदिनलगायतका विषयमा सचिव अर्यालसँग छलफल गरिएको अध्यक्ष कार्की बताए ।

नेपाल निर्यात व्यवसायी महासङ्घका अध्यक्ष रामबहादुर गुरुङ, नेपाल हर्बल एशोसिएसनका अध्यक्ष गोविन्द घिमिरे, नेपाल अलैँची व्यवसायी महासङ्घका अध्यक्ष कार्कीलगायतको टोली डेलिगेसन लिएर जाँदा निकासी समस्या समाधान गर्न पहल गर्ने आश्वासन भने व्यवसायीले पाएका छन् । मन्त्रालयका सचिव अर्यालले मन्त्रालयले परराष्ट्रयलगायतका अन्य निकायसँग छलफल गरी समस्या समाधान गर्ने आश्वासन दिएको अध्यक्ष कार्कीले बताए ।

नेपाल अलैँची व्यवसायी महासङ्घ सचिव सुवास भट्टराईले पूर्वीनाका काँकडभिट्टाबाट अहिले अलैँची निर्यात भइरहेको बताए । उनले भुटानबाट बङ्गलादेश अलैँची निर्यातमा कर नलाग्ने भएकाले भारतीय व्यवसायीले समेत अलैँची भुटान लगेर त्यहाँबाट निर्यात गर्ने गरेको जनाए ।

aplly description here...

कर्णालीमा थप ३ जना कोरोना सङ्क्रमितको मृत्यु

कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...

नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशतमा सीमित रहने एडिबीको प्रक्षेपण

काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...

बुर्किना फासोमा आतङ्कवादीद्वारा तीन जना युरोपेली पत्रकारको हत्या

औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...

महोत्तरीमा जलेर एक बालकको मृत्यु

जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...

टीकापुरमा ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु

कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...

ब्राजिलमा कोरोनाबाट ३ लाख ९५ हजारको मृत्यु

साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...

कोटेश्वर स्थित एक फर्निचर उद्योगमा आगलागी हुँदा ३० लाख बराबरको धनमाल जलेर नष्ट

काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्‍वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...

भारतको आसाममा शक्तिशाली ६.० म्याग्नीच्यूडको भूकम्प

नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...

७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...

२५ वर्षीय पदम द्वारा ढुङ्गाले थिचेर श्रीमतीको हत्या

दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies