Khabar Dabali १ चैत्र २०८२ आईतवार | 15th March, 2026 Sun
Investment bank

प्रधानमन्त्री ओलीकाे वक्तव्यपछि अयोध्याको प्रमाण जुटाउँदै माडी नगरपालिका

भरतपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले भगवान राम नेपालकै अयोध्यामा जन्मेको बताएपछि यहाँको माडी नगरपालिकाले अयोध्याको प्रमाण जुटाउन लागेको छ । माडीको अयोध्यापुरीलगायतका ठाउँमा रामायणमा वर्णन गरिएका केही तथ्य भएपछि अयोध्या प्रमाणित हुने गरी नगरपालिकाले खोजी शुरु गरेको हो ।

नगर प्रमुख ठाकुर ढकालले धर्मशास्त्रमा व्याख्या भएअनुसार प्रमाण जुटाउन इतिहासविद्, भूगोलविद्, पुरातत्वविद्को खोजी भइरहेको बताए। उनले भने “पुरातत्व विभागलाई अध्ययन गर्न आग्रह गरिएको छ ।” माडीका धार्मिक गुरुहरुको भेला गरी इतिहास र तथ्यका विषयमा छलफल गरेको उनले बताए ।

धार्मिक गुरुहरुलाई उद्धृत गर्दै ढकालले रामायणमा उल्लेखित अधिकांश तथ्य र प्रमाण यहाँ रहेका बताए । उनले भने “अयोध्यापुरी, सोमेश्वरगढी, पाण्डवनगर, पर्शुराम कुण्ड, सीताराम कुण्ड, वाल्मीकि आश्रम माडीका प्रमुख धार्मिक स्थल हुन्, यी रामायणसँग जोडिएका छन् ।” यी धार्मिक स्थलमा पुराना भग्नावशेष रहेका उल्लेख गर्दै उनले यहाँ पुराना इँटाका टुक्रा, तामाका पैसा, माटाका भाडा बनाएका टुक्र, इनार रहेको बताए ।

यी सबै तथ्यका आधारमा अयोध्या माडीमा नै हो भन्ने विषयमा आफूहरु विश्वस्त रहेको प्रमुख ढकालले बताए। उनले भने “हामी विश्वस्त छौँ, तर प्रमाणहरु जुटाउनेतर्फ लागेका छौँ ।” आफूहरुले अयोध्या प्रमाणित हुने तथ्य खोजेरै छाड्ने उनले जिकिर गरे । उनले तीनै तहका राज्यको सहयोगमा पुरातात्विक वस्तुको उत्खनन् र प्रमाण जुटाउन लाग्नुपर्नेमा जोड दिए।

राजनीतिज्ञ एवं समाजसेवी श्याम विष्टले स्थानीय सरोकारवाला, राजनीति दल, सन्त महन्त सबैको एकमना एकताको साथमा खोज अनुसन्धानमा लाग्ने बताउँदै भने, “यहाँ केही न केही छ, अहिलेसम्म ओझेल परेको छ, प्रधानमन्त्रीले त्यत्तिकै बोलेका छैनन् ।” उनले सत्य तथ्य पत्ता लगाएरै छाडने बताए ।

उनका अनुसार माडीमा मानव बस्ती बसाउने शुरुआती चरणमा घर बनाउँदा, जग्गा सम्याउँदा पुराना सिक्का, मूर्ति भेटिने गरेका थिए । अहिले पनि कतिपय ठाउँमा खन्दा त्यस्ता पुरातात्विक वस्तु फेलापर्ने गरेका उनले बताए । विष्टले भने “कतिपय प्रमाणहरु भेटिएका भए पनि व्यक्तिको घरघरमा रहेका छन्, तिनको संरक्षण र अनुसन्धान हुन सकेको छैन ।” अब ती वस्तुहरुको सङ्कलन, संरक्षण र परीक्षण गरिने विष्टले बताए ।

अयोध्यापुरी क्षेत्र समेटिएको माडी–८ का अध्यक्ष कृष्णप्रसाद अधिकारी अयोध्या यहीँ हुनसक्ने भन्दै प्रमाण जुटाउन लाग्नुपर्ने बताउछन् । उनले रामायणसँग जोडिएका धेरै विषयवस्तु यहाँ रहेको बताउँदै भने, “रामायणसँग जोडिएका धेरै विषय यहाँ छन्, राम जन्मिएको प्रमाण नभए पनि खोजी गर्नुपर्छ ।”

स्थानीय धार्मिक व्यक्तित्व लक्ष्मीकान्त सापकोटा भारतमा अयोध्याका विषयमा विवाद रहेको बताउँदै रामको जन्म स्थानको विषयमा अझैसम्म कुनै ठाउँ प्रमाणित नभएको बताए। उनले भने, “भारतको अयोध्या पनि राम जन्मेको भन्ने प्रमाणित छैन, यहाँको अयोध्यापुरीमा भएका प्रमाण तथ्यको नजिक छन् ।” उनले राज्यको संलग्नतामा विज्ञको सहभागितामा प्रमाण जुटाउनेतर्फ लाग्नुपर्ने सुझाव दिए।

चितवनको दक्षिणी क्षेत्रमा पर्ने माडी धार्मिक, सांस्कृतिक सम्पदाले भरिपूर्ण छ । साविक अयोध्यापुरी गाविसको वडा नंं। ७, ८ र ९ मुख्य गरी अयोध्यापुरी क्षेत्र हो । हाल माडी नगरपालिका–८ मा आयोध्यापुरी गाउँपर्छ, जुन अहिले चर्चामा छ । भरतपुरबाट ४८ किलोमिटर दूरीमा दक्षिणतर्फ अयोध्यापुरी पर्छ । यहाँ वरिपरि ठूला डाँडा छन् । यसै अयोध्यापुरीमा राम सीता बसेको बैकुण्ठ ताल, राम सीता गुफालगायतका प्राचीन संरचना छन् ।

माडी वडा नं। ९ को सीमाना नजिक रामसीता नामका गुफा छन् । वडा नं। ८ मा बैकुण्ठ तालसँगै एक घण्टा पैदल हिँडेपछि धनलक्ष्मी छहरा पुगिन्छ । यी सबै संरचना राम सीतासँग जोडिने स्थानीय बताउँछन् । माडीकै वडा नंं। १ मा अवस्थित वाल्मीकि आश्रम पनि राम सीतासँग जोडिन्छ । रामले सीतालाई सो आश्रममा छाडेको र लव कुशको जन्म तथा शिक्षा लिएको ठाउँको रुपमा वाल्मीकि आश्रमलाई लिइन्छ । यो आश्रम अयोध्यापुरीबाट करिब ५० किलोमिटर पश्चिमतर्फ पर्छ ।

प्रधानमन्त्रीको भनाइ पछि स्थानीयहरु उत्साहित भएका छन् । लकडाउनको समय भए पनि कतिपय धार्मिक गुरु र इतिहासका प्राध्यापक तथा विद्यार्थी अयोध्यापुरीको अवलोकन गर्न आउने गरेका छन् । नगर प्रमुख ढकालका अनुसार स्थानीयले माडी नगरपालिकाको नाम परिवर्तन गरी अयोध्या नगरपालिका राख्न अनुरोध गरेका छन् ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: