नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिका–४ की २६ वर्षकी एक महिलालाई डाक्टरले गत असारको १४ गते सुत्केरी हुने समय दिए । डाक्टरले सुत्केरी हुन दिएको समयभन्दा तीन दिनअघि नै उनी भेरी अस्पताल नेपालगञ्जमा पुगिन् । उनी ज्योतिषीसँग राम्रो साइत हेराएर बच्चा जन्माउन पुगेकि थिइन् । उनले भनेकै साइतमा चिकित्सकले पनि शल्यक्रियामार्फत बच्चा जन्माइदिए तर, डाक्टर ज्योतिषले भनेको साइतबारे भने जानकार थिएनन् ।
त्यस्तै नेपालगञ्ज–४, कै अर्की महिलाले पनि डाक्टरले दिएको मितिभन्दा दुई दिनअघि नै अस्पतालमा पुगेर शल्यक्रियामार्फत बच्चा जन्माइन् । यी दुई महिला प्रतिनिधि पात्र मात्रै हुनुहुन्छ । धेरैलाई ‘नर्मल डेलिभरी’ स्वास्थ्यका लागि राम्रो हो भन्ने थाहा हुँदाहुँदै पनि लामो समयसम्म पीडा सहन नसक्ने, ज्योतिषलाई हेराएर बच्चा जन्माउने साइत निकाल्नेजस्ता कुराले पछिल्लो समय शल्यक्रियाबाट बच्चा जन्माउने महिलाको सङ्ख्या बढेको छ । चिकित्सक पनि पछिल्लो समय शल्यक्रियामार्फत महिलाले बच्चा जन्माउने प्रचलन बढेर गएको बताउँछन् ।
प्राकृतिकरुपमा बच्चा जन्माउनु स्वास्थ्यका लागि राम्रो भन्ने ज्ञान हुँदा पनि ज्योतिषलाई हेराएर राम्रो साइतमा बच्चा जन्माउने चाहना, प्राकृतिक सुत्केरीका लागि लामो समयसम्म पीडा सहेर बस्न नसक्ने हुँदा शल्यक्रिया गरेर प्रसव पीडाबाट मुक्ति पाउन पछिल्लो समय बच्चा जन्माउन महिलाले शल्यक्रिया रोज्ने गरेका छन् । नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगञ्जकी प्रसूति रोग विशेषज्ञ डा अङ्कुर भण्डारीका अनुसार शल्यक्रियाबाट बच्चा जन्माउने महिलाको सङ्ख्या बढ्दो छ । उनले भनिन्, “हामी सामान्य अवस्थामै बच्चा जन्माउन प्रेरित गर्छौं । सम्पन्न परिवारका महिला प्रसव पीडाले कष्ट र पीडा नहोस् भनेर शल्यक्रिया गरेर बच्चा जन्माउन चाह्छिन् ।”
ग्रामीण भेगको तुलनामा शहरी क्षेत्रका गर्भवती महिलाले बच्चालाई जन्म दिन प्राकृतिकभन्दा शल्यक्रिया नै रोज्ने गरेको उनले बताए। “ग्रामीण भेगका महिलाले प्राकृतिक प्रक्रियाबाटै बच्चा जन्माउने तर शहरमा सुविधायुक्त अस्पताल हुने लामो समयसम्म पीडा सहन नपरोस् भनेर शहरी क्षेत्रका महिलाले बच्चा जन्माउँदा शल्यक्रिया नै रोज्नुहुन्छ”, उनले भने । जिल्ला स्वास्थ्य कार्यालयको तथ्याङ्कअनुसार गएको तीन आर्थिक वर्षमा बाँकेमा ६५ हजार १४४ महिलाले बच्चा जन्माएका छन् । तीमध्ये १२ हजार ५४० अर्थात् करिब १९ दशमलव २५ प्रतिशतले शल्यक्रियाबाट बच्चा जन्माएको स्वास्थ्य कार्यालय बाँकेका पब्लिक हेल्थ नर्स विष्णु श्रेष्ठले जानकारी दिए।
तथ्याङ्कअनुसार आव २०७३/०७४ मा तीन हजार ७९६, आव २०७४/०७५ मा तीन हजार ८०८ र आव २०७५र०७६ मा चार हजार ९३६ महिलाले सामान्य तथा जटिल शल्यक्रियामार्फत बच्चा जन्माएका छन् । पब्लिक हेल्थ नर्स श्रेष्ठका अनुसार आव २०७६/०७७ को जिल्लाभरिको तथ्याङ्क भने सङ्कलन भएको छैन ।
त्यस्तै गएको तीन आर्थिक वर्षमा प्राकृतिकरुपमा बच्चा जन्माउने महिलाको सङ्ख्या ५२ हजार ६०४ अर्थात् ८० दशमलव ७५ प्रतिशन रहेको छ । जसअनुसार आव २०७३/०७४ मा १५ हजार ६०७, आव २०७४/०७५ मा १६ हजार ८६३ र आव २०७५/०७६ मा २० हजार १३४ जनाले प्राकृतिकरुपमा बच्चा जन्माएका छन् । स्वास्थ्य कार्यालयको तथ्याङ्कअनुसार शल्यक्रियामार्फत सबैभन्दा धेरै नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा २२ प्रतिशत, भेरी अस्पतालमा १७ प्रतिशत र नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगञ्जमा १४ प्रतिशतले बच्चा जन्माउने गरेका छन् भने २३ प्रतिशतले अस्पताल तथा गाउँकै स्वास्थ्यचौकीमा बच्चा जन्माउने गरेका छन् ।
aplly description here...
फाल्गुन २९ गते, २०७७ - १२:२०
काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...
फाल्गुन ९ गते, २०७७ - १७:४२
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...
फाल्गुन ९ गते, २०७७ - १७:०४
कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...
फाल्गुन ९ गते, २०७७ - १६:५९
भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...
फाल्गुन ९ गते, २०७७ - १६:३६
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...
फाल्गुन ९ गते, २०७७ - १५:५०
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...
फाल्गुन ९ गते, २०७७ - १५:१६
काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...
फाल्गुन ९ गते, २०७७ - १४:३४
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...
फाल्गुन ९ गते, २०७७ - १४:०८
भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...
फाल्गुन ९ गते, २०७७ - १३:३३
जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...


प्रतिकृया लेख्नुहोस्: