विदुर । साउने सङ्क्रान्तिका दिन नुवाकोटका विभिन्न ठाउँमा लुतो फाल्ने चलन हराउँदै गएको छ । श्रावण कृष्ण एकादशीका दिन आज नुवाकोटका विभिन्न स्थानमा साउनमा हर्ष र उमङ्गका साथ लुतो फाल्ने चलन थियो । अहिले समयमा जिल्लाका धेरै ठाउँका स्थानीयवासीले लुतो फाल्न बिर्सिसकेका छन् ।
जिल्लामा दुई नगरपालिका र १० गाउँपालिका गरी १२ स्थानीय रहेका छन् । जिल्लाका सबै ठाउँमा प्रायजसो लुतो फाल्ने चलन लोप भइसकेको छ । आजकल मानिसले सास्ंकृतिक कुरा भुल्दै गएको तारकेश्वर गाउँपालिका–४ बुधसिंहका पण्डितले रुद्रप्रसाद देवकोटाले बताउछन् । देवकोटा भन्छन्, “साउनको पहिलो सोमबारदेखि शिवको ब्रत बसी पूजाआराधना गरिन्छ । पार्वतीले साउन महिनाभरि निराहार कठोर व्रत बसेर भगवान् शिवलाई प्राप्त गरेकी हुन् । बुधसिंहमा पहिला, पहिला लुतो फाल्ने चलन थियो । पूजाआराधना गरेर ब्रत बसी साँझका समयमा साइत हेरेर मात्र फाल्ने चलन थियो । अबको पुस्ताले न लुतो फाल्छ, न साउने सङ्क्रान्ति नै मनाउँछ ।’
उनका अनुसार लुतो फाल्ने दिन गाउँका महिला, घरमूलीलाई भ्याईनभ्याई हुन्थ्यो । लुतो फाल्ने सामग्री जङ्गलमा गएर जुटाउनै दिनभरि लाग्ने गथ्र्यो ।
स्थानीयवासी झङ्कबहादुर वस्तीले १५÷२० वर्षअघिसम्म लुतो फाल्ने चलनलाई चाडकै रुपमा लिने गरेको बताए । वस्ती भन्छन् ‘लुतो फाल्नकै लागि जमानामा म आफैँ लुतो फाल्ने सामग्री हाम्रै वन, जंगल र बारीका कान्ला, खोल्चामा खोज्दै हिँड्ने गरेको थिएँ । अब तचलन पनि हरायो, कोही छोरा विदेश, कोही आफनै जागीरको सिलसिलामा शहर केन्द्रित भए ।अब को लुतो फाल्ने दिन भनी सम्झेर गाउँमा आउँछन् र ’ ।
उनका अनुसार कुकुर दाइना, भलायोको पात, कुरिलो, पानीसरो, पुरेनी गलेनी, लजावती काँडाँ, धयँरी, अरेलीको काँडा, अँयरी, फड्काइलो, चिलाउनेको पात, कटुस, भक्केअमिलो, बुट्टीझार, चरीअमिलो, बकाइनो, रुदिलोलगायत बर्खामा पाइने वनस्पति र मकैलाई लुतोको विशेष सामग्रीका रुपमा लिएर साँझपख थाल ठटाउँदै विधिपूर्वक फाल्ने चलन थियो ।
विदुर नगरपालिका–३ भोर्लेकी मैयाँदेवी खड्काले लुतो फाल्ने साउनको सङ्का्रन्तिका दिन नमनाउँदा घाउखटिरा आउने, बिरामी हुने पुरानो विश्वास रहेको बताइन् । ‘ लैजा है मूलथला डाँडा, लुतो लैजा भनेर कराउँदै अरेलीको दाउरा र कुरिलो जलाउँदै बलिरहेको अगुल्टो हातमा लिई कराउने गरेको सम्झना उनी गर्छिन् ।
विदुर नगरपालिकाका प्रमुख सञ्जु पण्डित पनि नुवाकोटका प्रायः ठाउँहरुमा लुतो फाल्ने चलन हराउँदै गएकामा असन्तुष्ट छिन्। पण्डित भन्छिन् ‘नेपाली समाजमा साउने सङ्क्रान्तिलाई लुतो फाल्ने विशेष दिनका रुपमा लिने गरेको पाइन्छ तर हामीले पुराना चलनलाई भुल्दै गएका छौ, यो राम्रो भएन ।’
aplly description here...
बैशाख १४ गते, २०७८ - २१:५६
नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...
बैशाख १४ गते, २०७८ - २१:४३
राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...
बैशाख १४ गते, २०७८ - २१:३५
सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...
बैशाख १४ गते, २०७८ - २१:२४
काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...
बैशाख १४ गते, २०७८ - २१:०९
काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...
बैशाख १२ गते, २०७८ - २१:५१
काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...
बैशाख १२ गते, २०७८ - २१:४२
कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...
बैशाख १२ गते, २०७८ - २१:३०
ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...
बैशाख १२ गते, २०७८ - २१:१८
चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...
बैशाख ११ गते, २०७८ - २२:११
काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...




प्रतिकृया लेख्नुहोस्: