Ntc summer Offer
Khabar Dabali २३ बैशाख २०८१ आईतवार | 5th May, 2024 Sun
NIMB

निरन्तर वर्षाको कारण सडक हिलाम्मे बनेपछि पैदलयात्रीलाई सास्ती

बलेवा । निरन्तरको वर्षाले कच्ची सडक हिलाम्मे बनेपछि जिल्लाका सबै स्थानीय तहका सर्वसाधारणले सास्तीपूर्ण यात्रा गर्न बाध्य भएका छन् । आर्थिक वर्ष सकिनैलाग्दा खनिएका नयाँ सडक र पुराना सडकको स्तरोन्नतिको कामले सडक प्रयोगविहीन भएका हुन् । सवारी गुडाउन बनाइएका सडकमा पैदलयात्रा गर्न समेत कठिन रहेको बागलुङ नगरपालिका–९ तित्याङका हीराबहादुर खड्काले बताए । “बिहान खेतीपातीमा जाँदा हिँडेको बाटो साँझ फर्किने बेला हिँडिसक्नु हुन्न”, खड्काले भने, “पानी पर्न थालेपछि जमिन भत्काउन थाल्छन्, सधैँको सास्ती भयो ।”

सदरमुकाम बागलुङबजार र मध्यपहाडी लोकमार्गको घोडाबाँधे बुर्तिबाङ, पातिहाल्ने खण्डबाहेक जिल्लाका सडक कच्ची छन् । कच्ची सडकका कारण वर्षायाममा सबैभन्दा बढी मर्कामा पैदलयात्री पर्ने गरेका छन् । “बाटो हिलाएको खेतजस्तै भएको छ, गाडी त चल्दैनन्, पैदल हिँड्नसमेत कठिन हुने”, बरेङ गाउँपालिका–१ का सकसबहादुर क्षेत्रीले भने, “सधैँको सास्ती दिने यो कस्तो विकास हो रु”वर्षामा भत्काइएका सडकले मानवबस्ती तथा सार्वजनिक निकायका संरचनामा समेत असर गर्ने गरेको छ । स्थानीय सरकारले चलाएकाभन्दा प्रदेश सरकार र केन्द्र सरकारसँगको साझेदारीमा बनिरहेका सडक वर्षा लागेपछि मात्रै काम शुरु हुने गरेका छन् । गण्डकी प्रदेश सरकारको समपुरक अनुदान र बागलुङ नगरपालिकाको सझेदारीमा बनिरहेको तित्याङ–ठुलढुङ्गा सडक साझेदारीमा निर्माण हुने सडकको ज्वलन्त उदाहरण हो ।

लकडाउनका कारण रोकिएका साझेदारीका काम रकम फ्रिज हुने भएपछि अन्तिम समयमा धमाधम भइरहेका छन् । सडकका संरचना बनाउनेभन्दा कटिङका काम धेरै हुँदा हिलो र बाढीले सास्ती दिने गरेको छ । कोभिडका कारण समयमा काम नसकिएकाले सबै निर्माण व्यवसायीले अन्तिम समयसम्म काम गर्नुपरेको निर्माण व्यवसायी दीपेन्द्र खड्काले बताए । “निरन्तरको वर्षाले नयाँ बनेका काममा स्थानीयवासीलाई मात्रै होइन, हामीलाई समेत बाधा छ”, उनले भने, “सम्झौताअनुसार काम गर्नुपर्ने छ, तर जताजतै समस्या छन् ।” पूर्वाधार निर्माणका काम म्याद थपेर गर्ने योजना रहेको भए पनि नाली निर्माण र तारजाली भर्नेजस्ता काम समयमा नसक्दा थप समस्या उत्पन्न हुने भएकाले वर्षामा समेत निर्माण कम्पनीलाई काम गर्न लगाइएको बागलुङ नगरपालिकाका इञ्जीनियर मनोज शर्माले बताए ।

aplly description here...

कर्णालीमा थप ३ जना कोरोना सङ्क्रमितको मृत्यु

कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...

नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशतमा सीमित रहने एडिबीको प्रक्षेपण

काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...

बुर्किना फासोमा आतङ्कवादीद्वारा तीन जना युरोपेली पत्रकारको हत्या

औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...

महोत्तरीमा जलेर एक बालकको मृत्यु

जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...

टीकापुरमा ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु

कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...

ब्राजिलमा कोरोनाबाट ३ लाख ९५ हजारको मृत्यु

साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...

कोटेश्वर स्थित एक फर्निचर उद्योगमा आगलागी हुँदा ३० लाख बराबरको धनमाल जलेर नष्ट

काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्‍वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...

भारतको आसाममा शक्तिशाली ६.० म्याग्नीच्यूडको भूकम्प

नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...

७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...

२५ वर्षीय पदम द्वारा ढुङ्गाले थिचेर श्रीमतीको हत्या

दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies