Khabar Dabali ११ पुष २०८२ शुक्रबार | 26th December, 2025 Fri
Investment bank

तनहुँ पहिराले पुरिएर निधन भएका परिवारलाई राहत, बेपत्ता भएका दुईजना अझै भेटिएनन्

तनहुँ । पहिराले पुरिएर सोमबार निधन भएका तनहुँको ऋषिङ गाउँपालिका–८ भैँसीकिलोका स्थानीयवासीका आफन्तलाई जिल्ला प्रशासन कार्यालय तनहुँले राहत रकम वितरण गरेको छ । सो ठाउँका एकै परिवारका पाँच जनाको पहिराले पुरिएर मृत्यु भएपछि प्रशासन कार्यालयले जनही रु एक लाखका दरले रु पाँच लाख आज मृतकका आफन्तलाई वितरण गरेको हो ।

पहिराले पुरिएर स्थानीयवासी आम्बहादुर थापाका छोरा ३० वर्षीय भेषबहादुर थापा, बुहारी २९ वर्षीया नानुमाया थापा, नातिनी ५ वर्षीया छोरी अमिषा थापा, छोरा २२ वर्षीय महादेव थापा र बुहारी १९ वर्षीया मनिसरा थापाको निधन भएको थियो ।

प्राकृतिक प्रकोपबाट मृत्यु हुनेलाई रु एक लाख प्रदान गर्ने नीतिबमोजिम पाँच जनाको रु पाँच लाख गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले मृतकहरुका बुबा आमबहादुर थापालाई हस्तान्तरण गरे । सो क्रममा मन्त्री गुरुङले जनताको दुःखमा सरकार साथमा रहेकाले केही राहत रकम उपलब्ध गराइएको बताए।

मानिसको जीवनभन्दा रकम ठूलो नभए पनि विपद्को अवस्थामा रकमले पीडित परिवारलाई केही राहत पुग्ने बताउँदै मन्त्री गुरुङले मानिस कोही पनि अमर नरहेकाले ढिला चाँडो सबैले संसारबाट बिदा हुनुपर्ने भएकाले शोकको घडीलाई शक्तिमा बदल्नुपर्नेमा जोड दिए । भौगोलिक हिसाबले भैँसीकिलो सुरक्षित नभएकाले यहाँ बसोबास गरिरहेका घरपरिवारलाई अन्यत्रै स्थानान्तरण गर्नुपर्ने देखिएको मन्त्री गुरुङको भनाइ थियो ।

प्रदेशभित्रका जोखिमयुक्त ठाउँको प्रदेश सरकारले अध्ययन गर्न लागेको बताउँदै मन्त्री गुरुङले जोखिमयुक्त ठाउँमा बसोबास गरिरहेका जनतालाई सुरक्षित स्थानमा स्थानान्तरणको पहल गरिने जानकारी दिए । कोरोनाको महामारीसँगै अहिले प्राकृतिक विपत्ति आइपरेको र विपद् व्यवस्थापनका लागि प्रदेश सरकार गम्भीर रहेको मन्त्री गुरुङले बताए । “प्राकृतिक विपद्ले प्रदेशभित्र ठूलो धनजनको क्षति भएको छ, प्राकृतिक विपद्का घटना अझै पनि घट्न सक्ने भएकाले थप सतर्कताको आवश्यकता छ,” मन्त्री गुरुङले भने ।

प्रमुख जिल्ला अधिकारी बद्रीनाथ अधिकारीले विपद्का घटनाबाट मृत्यु हुनेका परिवारलाई जनही रु एक लाखका दरले राहत रकम उपलब्ध गराइने जानकारी दिए। प्रदेश सरकारबाट पनि जनही रु ५० हजारका दरले रु दुई लाख ५० हजार रकम उपलब्ध हुने प्रक्रियामा रहेको अधिकारीले बताए।

ऋषिङ गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले गाउँपालिकाका तर्फबाट रु एक लाख राहत रकम उपलब्ध गराइसकेको र थप आवश्यक सहयोग गाउँपालिकाका तर्फबाट रहने प्रतिबद्धता जनाए। यहाँ रहेका चार घरलाई सुरक्षित रुपमा स्थानान्तरणका लागि गाउँपालिकाका तर्फबाट पहल भइरहेको श्रेष्ठले बताए ।

पहिराले बेपत्ता भएका दुईजना अझै भेटिएनन्

आइतबार राति परेको भीषण वर्षापछि आएको पहिराले पुरिएर बेपत्ता भएका दुईजना अझै भेटिएका छैनन् । पहिराले पुरिएर बेपत्ता भएका व्यास नगरपालिका–९ माझफाँटका २० वर्षीय राजेश थापा र व्यास नगरपालिका–११ ओडारेका ४५ वर्षीय पदमबहादुर भुजेल फेला पर्न नसकेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

बेपत्ता भएकाको सोमबार बिहानदेखि खोजी तीव्र पारिए पनि उनीहरुलाई फेला पार्न नसकिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी उपरीक्षक अरुण पौडेलले जानकारी दिनुभयो । प्रहरी उपरीक्षक पौडेलका अनुसार आज पनि बिहानदेखि बेपत्ताको खोजी जारी राखिएको छ । बेपत्ताको खोजीका लागि नेपाली सेना, प्रहरी र स्थानीयवासी परिचालित छन् । “आज पनि बिहानदेखि स्काभेटर प्रयोग गरी पहिराले पुरिएकाको खोजी कार्य भइरहेको छ”, पौडेलले भने ।

पहिराले पुरिएका माझफाँटका ४० वर्षीय कमला थापा, २४ वर्षीय मनोज थापा र २१ वर्षीया अन्जना थापाको शव सोमबार नै फेला परेको थियो । उनीहरु एकै परिवारका हुन् । बेपत्ता रहेका राजेश पनि सोही परिवारका हुन् ।

तनहुँमा आइतबार राति आएको पहिराले पुरिएर दश जनाको मृत्यु भएको छ भने दुईजना बेपत्ता छन् । पहिराले जिल्लाभर दुई सय घर विस्थापित भएको प्रजिअ बद्रीनाथ अधिकारीले जानकारी दिए। पहिराले विस्थापित भएकाहरुलाई स्थानीय तहको समन्वयमा वैकल्पिक बासको व्यवस्थापन मिलाइएको छ ।

बाढी पहिराका कारण जिल्लामा भएको क्षतिको पूर्ण विवरण नआइसकेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । पहिराका कारण पृथ्वी राजमार्ग र शाखा मार्गहरुका अधिकांश ठाउँमा रूखहरु ढलेको छ भने कतिपय ठाउँमा सडक भासिएको छ । ढलेका रुखहरुलाई पन्छाएर राजमार्ग सञ्चालन गराइएको छ ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending