Khabar Dabali २ बैशाख २०८३ बुधबार | 15th April, 2026 Wed

निर्वाचनमा विजयी भएकोमा सिंगापुरका प्रधानमन्त्रीलाई मोदीको बधाई

नयाँ दिल्ली । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सिङ्गापुरका प्रधानमन्त्रीलाई निर्वाचनमा विजयी भएकोमा बधाई ज्ञापन गरेका छन् । शुक्रबार भएको आमनिर्वाचनबाट सिंगापुरका प्रधानमन्त्री लि हसिन लुङ्गको सत्तारुढ दल नै विजयी भएको बताइएको छ । प्रधानमन्त्री लिलाई भारतीय प्रधानमन्त्री मोदीले शनिबार ट्वीट गरेर बधाई दिएको समाचारमा बताइएको छ ।

सिंगापुरमा शुक्रबार सम्पन्न भएको आमनिर्वाचनमा प्रधानमन्त्री लुङ्गको दल विजयी भएको हो । आफ्नो पक्षमा निर्वाचनको नतिजा आएपछि यसलाई सकारात्मक र सन्तोषजनक रुपमा लिएको प्रधानमन्त्रीले बताएका छन् ।

सत्तारुढ दल पिपल्स एक्सन पार्टी (पिएपी) ले यहाँ दुई तिहाइ बहुमतभन्दा बढी मत प्राप्त गरेको छ । यहाँको विपक्षी दल वकर्स पार्टी (डब्लुपी)ले निकै थोरै मात्रै सिटमा जित्न सफल भएको छ ।

यहाँको सत्तारुढ दल सिंगापुरमा सन् १९५९ देखि नै सत्तामा रहँदै आएको छ । शनिबारको आम निर्वाचनमा कुल मतदातामध्ये ६१.२४ प्रतिशत मात्रै मतदाता सहभागी भएका थिए ।

प्रधानमन्त्री मोदीले सिंगापुरमा लिको आगामी कार्यकाल सफल बन्न सकोस् र उनको कार्यकालमा सिंगापुरका नागरिकले सम्पन्नता हासिल गर्न सकुन् भन्ने कामना पनि गरेका छन् ।

कोभिड १९ को महामारी विश्वमा नै कायम रहेका बेला सिंगापुरमा भने आम निर्वाचन सम्पन्न भएको छ ।

प्रधानमन्त्री लि सिंगापरमा चौथो कार्यकाल प्रधानमन्त्री बन्ने तेस्रो व्यक्ति भएको पनि समाचारमा उल्लेख गरिएको छ ।

aplly description here...

कर्णालीमा थप ३ जना कोरोना सङ्क्रमितको मृत्यु

कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...

नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशतमा सीमित रहने एडिबीको प्रक्षेपण

काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...

बुर्किना फासोमा आतङ्कवादीद्वारा तीन जना युरोपेली पत्रकारको हत्या

औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...

महोत्तरीमा जलेर एक बालकको मृत्यु

जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...

टीकापुरमा ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु

कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...

ब्राजिलमा कोरोनाबाट ३ लाख ९५ हजारको मृत्यु

साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...

कोटेश्वर स्थित एक फर्निचर उद्योगमा आगलागी हुँदा ३० लाख बराबरको धनमाल जलेर नष्ट

काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्‍वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...

भारतको आसाममा शक्तिशाली ६.० म्याग्नीच्यूडको भूकम्प

नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...

७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...

२५ वर्षीय पदम द्वारा ढुङ्गाले थिचेर श्रीमतीको हत्या

दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending