काठमाडौं । सेतोपुल नजिकैको रुद्रमती नदीमा ठेलागाडामा फोहर फालिएको भिडियोका आधारमा रुद्रमती सफाइ अभियानले अनुसन्धान गरी फोहर फाल्न संलग्न हुने जतिबाट रु २३ हजार जरिवाना गराएको छ ।
काठमाडौँ महानगरपालिका वडा नं २९ स्थित सेतोपुलमुनि फोहर फालिरहेका बेला पैदलयात्रीले भिडियो खिची सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेपछि तीन दिनसम्म खोजी गरी फोहर फाल्ने काममा संलग्न जतिलाई प्रहरीसमक्ष उपस्थित गराएर कारवाही गरिएको रुद्रमती सफाइ अभियानकर्मी रोहित गिरीले राससलाई जानकारी दिए।
भिडियोमा फोहर फालिरहेको रिक्साको नं २४३ र फोन नं देखिएपछि त्यसका आधारमा खोजबिन गरी संलग्न सबैलाई कानूनी कारवाहीको प्रक्रियामा ल्याउन सकिएको उनले सुनाए। “कानूनी व्यवस्थाअनुसार जरिवानासहित सार्वजनिक अपराधको मुद्दामा पठाउन लागेका थियौँ, एकपटकलाई जरिवानासहित अब आइन्दा सार्वजनिक स्थानमा फोहर नफाल्ने प्रतिबद्धतासहित फोहर फाल्न लगाउने घरधनी रहिम मोहद्दिनलाई रु १५ हजार जरिवाना गरिएको छ”, अभियानकर्मी गिरीले भने ।
महानगरपालिकाले रिक्साचालकलाई रु एक हजार, रिक्सा धनीलाई रु दुई हजार, फोहोर फाल्नेलाई रु पाँच हजार गरी जम्मा रु २३ हजार जरिवाना गरेको वडा नं ३० का सदस्य शर्मिला महतोले राससलाई जानकारी दिए। फोहर फाल्न संलग्न वडा नं ३० मा बस्ने गरेकाले कारवाहीका लागि वडाका तर्फबाट प्रतिनिधित्व गरेको पनि उनले जानकारी दिए।
जरिवानामा परेकाले कम्तीमा १० हप्तासम्म रुद्रमती सफाइ अभियानमा सहभागी भई फोहर टिप्नु पर्नेछ । यसैगरी फोहर व्यवस्थापन तथा टोल सफाइमा पनि सहयोग गर्ने सहमति भएको जनाइएको छ । तीन दिन अघि फालेको फोहर फाल्नेले नै आइतबार उठाउने गरीसमेत सहमति भएको रुद्रमती सफाइ अभियानले जनाएको छ । अब आइन्दा नदी, नदी किनारलगायत सार्वजनिकस्थलमा फोहर फाल्नेलाई कडाभन्दा बडा कारवाही गरिने भएकाले फोहरलाई महानगरपालिकाको गाडी आएका बेलामात्र फाल्न, कुहिने फोहर बारी एवं कोशीखेतीमा उपयोग गर्न पनि अभियानले सुझाएको छ ।
उपत्यकाका नदी, नदी किनारलगायत सार्वजनिकस्थलमा फोहर फालेको भेटेमा तस्वीर वा भिडियो खिची सामाजिक सञ्जाललगायत सञ्चारमाध्यम तथा सफाइ अभियानलाई समेत उपलब्ध गराए कानूनी कारवाहीको प्रक्रिया अघि बढाउन सहज हुने जनाइएको छ ।
aplly description here...
फाल्गुन २९ गते, २०७७ - १२:२०
काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...
फाल्गुन ९ गते, २०७७ - १७:४२
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...
फाल्गुन ९ गते, २०७७ - १७:०४
कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...
फाल्गुन ९ गते, २०७७ - १६:५९
भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...
फाल्गुन ९ गते, २०७७ - १६:३६
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...
फाल्गुन ९ गते, २०७७ - १५:५०
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...
फाल्गुन ९ गते, २०७७ - १५:१६
काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...
फाल्गुन ९ गते, २०७७ - १४:३४
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...
फाल्गुन ९ गते, २०७७ - १४:०८
भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...
फाल्गुन ९ गते, २०७७ - १३:३३
जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...
प्रतिकृया लेख्नुहोस्: