Ntc summer Offer
Khabar Dabali २५ बैशाख २०८१ मंगलवार | 7th May, 2024 Tue
NIMB

वर्षातका कारण एक लाख २८ हजार व्यक्ति प्रभावित हुने अनुमान

चितवन । वर्षातका कारण जिल्लामा एक लाख २८ हजार ६६५ जना प्रभावित हुने अनुमान गरिएको छ । जिल्ला विपद् व्यवस्थापन समिति चितवनको बैठकले सातवटा स्थानीय तहमा गरी सो सङ्ख्यामा जनता प्रभावित हुने अनुमान गरेको हो । प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईका आनुसार जिल्लामा वर्षातका कारण ८८ स्थानमा कटान र ७१ स्थानमा डुबान हुने अनुमान गरिएको छ । यसले २५ हजार ७३३ घर परिवार प्रभावित हुने उनले बताए । माडी नगरपालिकामा–९ स्थानमा कटान र ११ स्थानमा डुबान हुँदा तीन हजार ९४६ घरधुरीमा रहेका १९ हजार ७३० प्रभावित हुने अनुमान गरिएको छ ।

यस्तै कालिका नगरपालिकामा पाँच स्थान कटान, ६ स्थान डुबानमा पर्दा एक हजार पाँच घरधुरीका पाँच हजार २५, रत्ननगरको ८ स्थान कटान र १० स्थान डुबानमा पर्दा दुई हजार ३८१ घरधुरीका ११ हजार ९०५ प्रभावित हुने अनुमान गरिएको छ । खैरहनी नगरपालिकाको २ स्थान कटान र ७ स्थान डुबानमा पर्दा ३२० घरधुरीका एक हजार ६००, राप्ती नगरपालिकामा ३० स्थान कटान र ९ स्थान डुबानमा पर्दा १० हजार १९० परिवारका ५० हजार ९५०, भरतपुर महानगरपालिकाको २८ स्थान डुबानमा र १६ स्थान कटानमा पर्दा ६ हजार ६३५ परिवारका ३३ हजार १७५ जना प्रभावित हुने अनुमान विपद् व्यवस्थापन समितिले गरेको छ ।

इच्छाकामना गाउँपालिकामा १८ स्थानमा कटान हुँदा एक हजार २५६ परिवारका ६ हजार २८० प्रभावित हुने स्थानीय तहले सङ्कलन गरेको तथ्याङ्कमा उल्लेख छ । यसबाट बच्नका लागि सम्भावित क्षेत्रका जनतालाई अग्रिम जानकारी गराउने, सार्वजनिक स्थानको खोजी गर्ने, उद्धारका लागि हेलिकप्टर बस्न सक्ने स्थानको पहिचान गर्ने, उद्धारका लागि नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरीलाई तयारी अवस्थामा राख्ने जस्ता काम भइरहेको भट्टराईले बताए । सम्भावित क्षेत्रमा रहेका रेडक्रसलाई विपत्का समयमा उद्धार र राहतका लागि तयारी रहन आग्रह गरिएको उनले जानकारी दिए । मुख्य रुपमा जिल्ला हुँदै बग्ने नारायणी, राप्ती र रिउ खोलाले कटान र डुबान गर्ने गर्दछन् । पहाडी क्षेत्रमा पहिरोको जोखिम रहेको छ ।

पहिरो भरतपुर महानगरपालिकाको वडा नम्बर २९, इच्छाकामना गाउँपालिका, कालिका नगरपालिका र राप्ती नगरपालिकाका पहाडी क्षेत्रमा खस्ने जोखिम रहेको छ । दुई दिनयता परेको निरन्तर वर्षाका कारण नदीमा पानीको बहाव बढिरहेको छ । जिल्लाका सातवटा स्थानीय तहले बाढी र पहिराबाट बच्न उच्च सावधानी अपनाउन र सतर्क हुन अपिल गरेका छन् ।

aplly description here...

कर्णालीमा थप ३ जना कोरोना सङ्क्रमितको मृत्यु

कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...

नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशतमा सीमित रहने एडिबीको प्रक्षेपण

काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...

बुर्किना फासोमा आतङ्कवादीद्वारा तीन जना युरोपेली पत्रकारको हत्या

औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...

महोत्तरीमा जलेर एक बालकको मृत्यु

जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...

टीकापुरमा ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु

कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...

ब्राजिलमा कोरोनाबाट ३ लाख ९५ हजारको मृत्यु

साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...

कोटेश्वर स्थित एक फर्निचर उद्योगमा आगलागी हुँदा ३० लाख बराबरको धनमाल जलेर नष्ट

काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्‍वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...

भारतको आसाममा शक्तिशाली ६.० म्याग्नीच्यूडको भूकम्प

नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...

७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...

२५ वर्षीय पदम द्वारा ढुङ्गाले थिचेर श्रीमतीको हत्या

दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies