सिन्धुपाल्चोक । अविरल वर्षासँगै आज बिहान आएको बाढी र पहिरोले भोटेकोशी गाउँपालिका– २ लार्चामा एक जना बेपत्ता र आठ घरमा क्षति पुगेको छ । भैरवकुण्ड खोलामा आएको बाढी र पहिरोले एक जना बेपत्ता भएको, तीन घर बगाएको र तातोपानी बजारका पाँचघर पहिरोले पुरिएको गाउँपालिकाका उपाध्यक्ष दाबुटी शेर्पाले जानकारी दिए।
बाह्रबीसे–तातोपानी सडक खण्डको विभिन्न ठाउँमा गएको पहिरो तथा नदी कटानले सडक अवरुद्ध भएपछि उद्धारमा कठिनाइ उत्पन्न समेत भएको छ । विद्युत् पोल ढलेकाले गाउँपालिकाका सबै क्षेत्रमा दुई दिनदेखि विद्युत् सेवा अवरुद्ध भएको र प्रतिकूल मौसमका कारण सञ्चार सम्पर्कसमेत हुन नसकेको उनले बताए ।
दश किलो भन्ने स्थानमा ठाडोखोलाको बाढीले कल्भर्ट ९पुलेसा० समेत बगाएको र एउटा कन्टेनर भ्यानलाई बाढीले सडकको छेउमा पु¥याएकोले भोटेकोशी नदीमा खस्ने अवस्थामा रहेको वडाध्यक्ष दीपेन्द्र श्रेष्ठले जानकारी दिए।
यसैगरी अविरल वर्षाले स्थानीय चौकीडाँडा भासिने अवस्थामा पुगेकाले सीमा प्रहरी कार्यालयसमेत जोखिममा परेको छ । सो स्थानका ३० घरपरिवारलाई कोदारी माथि भवनमा राख्ने व्यवस्था मिलाइएको र उनीहरुको खानपानको व्यवस्था गाउँपालिकाले मिलाएको गाउँपालिकाको अध्यक्ष राजकुमार पौडेलले जानकारी दिए ।
सतर्कता अपनाउन आग्रह
भोटेकोशीको बहाव तीव्र गतिमा बढ्दै गएपछि बाह्रबीसेको पुरानो बजारमा बाढी पस्ने जोखिम बढेको छ । स्थानीय प्रशासनले बाढीबाट बच्न घरको सामान सार्न र सुरक्षित स्थानमा जान आह्वान गरेको छ । बाह्रबीसेको पुरानो बजारवासीले घरको सामान अन्यत्र सार्न थालेका छन् । प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालका अनुसार स्थानीयलाई सुरक्षित रहन भनिएको छ । लामोसाँघु बजारको पश्चिम भेगका बासिन्दाले घर छाडेका छन् । सुनकोशीले तल्लो भागबाट कटान गर्न थालेका जनाइएको छ ।
लार्चा खोलाको पश्चिमतर्फ बासोबास गर्दै आएका स्थानीय घरबाट निस्केर डाँडाडाँडामा पुगेका छन् । उनीहरुले आफूहरु बसेको ठाउँ सुरक्षित नभएकाले उद्धार गर्न अनुरोध गरेका छन् । जताततै पहिरो नरोकिएकाले उनीहरु भागेर अन्यत्र जाने अवस्था नभएको स्थानीय विष्णुबहादुर श्रेष्ठले जानकारी दिनुभयो । लार्चा बजारका स्थानीय भने सुरक्षाका लागि सुख्खा बन्दगाहमा पुगेका छन् । प्रमुख जिल्ला अधिकारी ढकालले स्थानीय प्रहरी र नेपाली सेनालाई खबर गरेको जानकारी दिए ।
अविरल वर्षाका कारण जिल्लाको इन्द्रावती र मेलम्ची नदीमा बाढी आएको छ । नदीमा पानीको बहाव वढ्न थालेपछि सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालयले नदी आसपासका स्थानीयलाई आग्रह गरेको छ । पाँचपोखरीे, मेलम्ची, हेलम्बुलगायत गाउँपालिकाले स्थानीयलाई सुरक्षित बस्न र सजग हुन आग्रह गरेका छन् । बाह्रबीसेमा बुधबार राति आएको बाढी पहिरोमा परी बेपत्ता भएमा २० जनाको अवस्था अझै अज्ञात छ । बेपत्ता भएकाको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।
aplly description here...
फाल्गुन २९ गते, २०७७ - १२:२०
काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...
फाल्गुन ९ गते, २०७७ - १७:४२
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...
फाल्गुन ९ गते, २०७७ - १७:०४
कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...
फाल्गुन ९ गते, २०७७ - १६:५९
भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...
फाल्गुन ९ गते, २०७७ - १६:३६
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...
फाल्गुन ९ गते, २०७७ - १५:५०
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...
फाल्गुन ९ गते, २०७७ - १५:१६
काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...
फाल्गुन ९ गते, २०७७ - १४:३४
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...
फाल्गुन ९ गते, २०७७ - १४:०८
भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...
फाल्गुन ९ गते, २०७७ - १३:३३
जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...




प्रतिकृया लेख्नुहोस्: