Ntc summer Offer
Khabar Dabali २५ बैशाख २०८१ मंगलवार | 7th May, 2024 Tue
NIMB

अख्तियार द्धारा अकूत सम्पत्ति कमाएको अभियोगमा मुद्दा

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अकूत सम्पत्ति कमाएको अभियोगमा सडक विभागअन्तर्गत हाल मध्यपहाडी लोकमार्ग सडक आयोजना तुल्सीपुर दाङमा कार्यरत सिनियर डिजिनल इञ्जिनीयर जितेन्द्रराज शाक्यविरुद्ध विशेष अदालतमा आज मुद्दा दायर गरेको छ ।

आयोगले शाक्यका बारेमा लामो समयदेखि अनुसन्धान गरेको र सोही आधारमा अकूत सम्पत्ति कमाएको ठहर गर्दै मुद्दा दायर गरेको हो । आयोगका अनुसार सिनियर डिभिजनल इञ्जिनीयर शाक्यमाथि १०५ वटा नक्कली कोटेशन बनाई रु पाँच करोडभन्दा बढी भ्रष्टाचार गरेको अभियोग लागेको थियो । सार्वजनिक सेवामा २०३४ साल साउन २ गते प्रवेश गर्नुभएका शाक्यको २०७६ असार ३१ गतेसम्मको सम्पत्तिको जाँच गरेको थियो ।

आयोगको अनुसनधान अनुसार रु एक करोड ५६ लाख ६ हजार ४८० बराबरको आय वैध रहेको पाइएको छ । सोही अवधिमा शाक्यले रु तीन करोड ८१ लाख १० हजार ४९० बराबरको लगानी तथा खर्च गरेको पाइएको छ । आयोगका अनुसार वैध सम्पत्तिको तुलनामा रु दुई करोड २५ लाख चार हजार १० बराबरको सम्पत्तिको स्रोत नखुलेको पाइएको छ ।

अवैध रुपमा आर्जन गरेको सम्पत्ति सिनियर डिभिजनल इञ्जिनीयर शाक्यले श्रीमती मिथिला, छोरीहरु ज्योत्सना र उन्नतिको नाममा घर जग्गा खरिद गरेको, बैंकमा जम्मा गरेका, सवारी साधन खरिद गरेको पाइएको छ । आयोगले सिनियर डिभिजनल इञ्जिनीयर शाक्य, उहाँका श्रीमती मिथिलाको नाममा रहेको सम्पत्ति जफत गरी हदैसम्मको कारवाहीको माग गरेको प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।

aplly description here...

कर्णालीमा थप ३ जना कोरोना सङ्क्रमितको मृत्यु

कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...

नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशतमा सीमित रहने एडिबीको प्रक्षेपण

काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...

बुर्किना फासोमा आतङ्कवादीद्वारा तीन जना युरोपेली पत्रकारको हत्या

औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...

महोत्तरीमा जलेर एक बालकको मृत्यु

जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...

टीकापुरमा ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु

कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...

ब्राजिलमा कोरोनाबाट ३ लाख ९५ हजारको मृत्यु

साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...

कोटेश्वर स्थित एक फर्निचर उद्योगमा आगलागी हुँदा ३० लाख बराबरको धनमाल जलेर नष्ट

काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्‍वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...

भारतको आसाममा शक्तिशाली ६.० म्याग्नीच्यूडको भूकम्प

नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...

७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...

२५ वर्षीय पदम द्वारा ढुङ्गाले थिचेर श्रीमतीको हत्या

दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies