Ntc summer Offer
Khabar Dabali २० बैशाख २०८१ बिहीबार | 2nd May, 2024 Thu
NIMB

उपचार खर्चवापत सहारा सहकारीले आचार्यलाई दियो रु १० लाख

भद्रपुर । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था झापाले ‘इन्फ्लुन्जा ए’ नामक रोगबाट ग्रसित नरेन्द्रकुमार आचार्यलाई उपचार खर्चवापत रु १० लाख २५ हजार प्रदान गरेको छ ।

भद्रपुर नगरपालिका–७ का ४३ वर्षीय आचार्यलाई बुधबार साकोसको ‘जीवन वरदान कार्यक्रम’ अन्तर्गत सो रकम प्रदान गरिएको हो । ‘इन्फ्लुन्जा ए’ नामक रोगबाट ग्रसित आचार्यको काठमाडौँको ग्रान्डी अस्पतालमा उपचार भएको थियो । सहाराले आफ्ना सेयर सदस्य गम्भीर वा सामान्य बिरामी भई उपचार गर्नु परे त्यसवापत केही रकम प्रदान गर्दै आएको छ ।

आचार्यलाई यसअघि पनि मिर्गौलाको पत्थरीको शल्यक्रिया खर्चवापत रु ८८ हजार ७२३ सहाराले उपलब्ध गराएको साकोसका कार्यकारी निर्देशक महेन्द्रकुमार गिरीले बताए । यसैबीच जीवन वरदान कार्यक्रमका संयोजक भक्तबहादुर खड्काका अनुसार सहाराले यो कार्यक्रमवापत हालसम्म रु आठ करोड ४४ लाख ४६ हजार २६१ खर्च गरेको छ । कार्यक्रमका २० हजार सदस्यमध्ये तीन हजार ५१ जनाले यो सुविधा प्राप्त गरेको खड्काले जानकारी दिए ।

जीवन वरदान कार्यक्रमअन्तर्गत संस्थामा आवद्ध भएका सदस्य तथा कर्मचारीको स्वास्थ्यमा कुनै पनि रोगको उपचार अथवा शल्यक्रिया गराउनुपर्ने अवस्था आएमा उपचारार्थ रकम उपलब्ध गराइन्छ । त्यसअन्तर्गत उपचार तथा शल्यक्रिया, स्वास्थ्य हेरचाह, नियमित औषधि सेवन, प्रसूति सेवा, सुत्केरी पोषण, स्वास्थ्य परीक्षण, स्वास्थ्य शिविर र स्वास्थ्य शिक्षा कार्यक्रम रहेको छ ।

aplly description here...

कर्णालीमा थप ३ जना कोरोना सङ्क्रमितको मृत्यु

कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...

नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशतमा सीमित रहने एडिबीको प्रक्षेपण

काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...

बुर्किना फासोमा आतङ्कवादीद्वारा तीन जना युरोपेली पत्रकारको हत्या

औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...

महोत्तरीमा जलेर एक बालकको मृत्यु

जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...

टीकापुरमा ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु

कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...

ब्राजिलमा कोरोनाबाट ३ लाख ९५ हजारको मृत्यु

साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...

कोटेश्वर स्थित एक फर्निचर उद्योगमा आगलागी हुँदा ३० लाख बराबरको धनमाल जलेर नष्ट

काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्‍वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...

भारतको आसाममा शक्तिशाली ६.० म्याग्नीच्यूडको भूकम्प

नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...

७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...

२५ वर्षीय पदम द्वारा ढुङ्गाले थिचेर श्रीमतीको हत्या

दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies