Ntc summer Offer
Khabar Dabali २१ बैशाख २०८१ शुक्रबार | 3rd May, 2024 Fri
NIMB

आज मात्रै विभिन्न मुलुकबाट ९ सय बढी नेपाली काठमाडौँ भित्रिए

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज पनि १० अन्तर्राष्ट्रिय चार्टर्ड उडान भएका छन् । यी उडानमार्फत ९५६ यात्रु काठमाडौँ आएका छन् ।

नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले दुबईबाट १५० नेपालीलाई स्वदेश फर्काएको छ । सोही एयरलाइन्सले दोहाबाट १४८ यात्रु काठमाडौँ ल्याएको छ । थप नेपाली ल्याउन नेपाल एयरलाइन्स आज राति दोहा र क्वालालम्पुर उड्ने विमानस्थल कार्यालयले जनाएको छ ।

हिमालय एयरलाइन्सले दोहाबाट १५४ र क्वालालम्पुरबाट १५१ यात्रुलाई नेपाल ल्याएको छ । आजै कतार एयरवेजले दोहाबाट १७७ र मालिन्दो एयरले क्वालालम्पुरबाट १७६ यात्रुलाई नेपाल ल्याएको छ । उक्त एयरलाइन्स दमाम र कुवेतमा चार्टर्ड उडान गर्ने तालिका छ ।

बिहीबार पनि विभिन्न मुलुकबाट ११ अन्तर्राष्ट्रिय चार्टर्ड उडान हुनेछन् । हिमालय एयरलाइन्स चीनको टियान्जिन, अबुधाबी र दुबईबाट नेपालीको उद्धार गरी काठमाडौँ ल्याउने तालिका रहेको विमानस्थलले जनाएको छ । त्यस्तै नेपाल एयरलाइन्सले क्वालालाम्पुर, रियाद, दोहा र दुबईबाट यात्रु ल्याउने छ ।

विभिन्न मुलुकबाट नेपालीको उद्धार उडानका लागि नेपालको तर्फबाट नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्ससहित विभिन्न अन्तर्राष्ट्रिय एयरलाइन्सले चार्टर्ड उडान गरिरहेका हुन् ।

आन्तरिकमा १३ उडान

अन्तर्राष्ट्रिय विमानस्थलमा आन्तरिकतर्फ हेलिकोप्टरसहित कूल १३ उडान भएका छन् । तारा एयर र समिट एयरले लुक्ला चार्टर्ड उडान गरेका छन् भने यति एयरको जहाजले जनकपुरमा उडान गरेको छ ।

समिटकै दुई जहाजले सिमिकोटमा उडान गरेको छ । सिम्रिकको हेली जुम्ला गएको छ । मनाङ एयरको हेलिकोप्टरले दुई यात्रु बोकेर स्याङबोचे उडेको थियो । एयर डाइनेस्टीको हेलिकोप्टरले दुई यात्रु बोकेर स्याङ्जा गएको थियो । सोही कम्पनीको हेलिकोप्टरले पाँच यात्रु बोकेर सोलुखुम्बु गएको छ । सिम्रिकले सङ्खुवासभा र गोरखा मनाङ एयरको हेलीकोप्टरले उडान गरेको छ । मनाङ एयरको हेलिकोप्टरले तेह्रथुम र कैलाश एयरले मुस्ताङबाट चार्टर्ड उडान गरेको विमानस्थल कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

aplly description here...

कर्णालीमा थप ३ जना कोरोना सङ्क्रमितको मृत्यु

कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...

नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशतमा सीमित रहने एडिबीको प्रक्षेपण

काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...

बुर्किना फासोमा आतङ्कवादीद्वारा तीन जना युरोपेली पत्रकारको हत्या

औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...

महोत्तरीमा जलेर एक बालकको मृत्यु

जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...

टीकापुरमा ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु

कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...

ब्राजिलमा कोरोनाबाट ३ लाख ९५ हजारको मृत्यु

साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...

कोटेश्वर स्थित एक फर्निचर उद्योगमा आगलागी हुँदा ३० लाख बराबरको धनमाल जलेर नष्ट

काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्‍वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...

भारतको आसाममा शक्तिशाली ६.० म्याग्नीच्यूडको भूकम्प

नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...

७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...

२५ वर्षीय पदम द्वारा ढुङ्गाले थिचेर श्रीमतीको हत्या

दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies