दाङ । दाङको घोराहीमा फोहरबाट ग्यास उत्पादन गर्नका लागि आवश्यक पूर्वाधार निर्माणको काम सकिएको छ । ग्यास उत्पादनका लागि भने अझै केही समय लाग्ने नेपाल ऊर्जा विकास कम्पनी प्रालिले जनाएको छ ।
यसै वर्ष असार महिनादेखि ग्यास उत्पादन गर्ने लक्ष्य लिइए पनि कोरोना भाइरसको सङ्क्रमण रोक्नका लागि सरकारले गरेको लकडाउनका कारण उत्पादन ढिला भएको हो । ‘पूर्वाधार निर्माण सकिए पनि ग्यास उत्पादनका लागि आवश्यक पर्ने मेसिनरी सामग्री भारतबाट ल्याउनुपर्ने भएकाले ढिला भएको हो’, प्रालिका प्लान्ट म्यानेजर हरिशरण श्रेष्ठले भने । अहिले सामान ल्याउनका लागि प्रक्रिया अगाडि बढाउन पहल गरिएको उनको भनाइ छ ।
भारतबाट सामान ल्याएर काम गर्न पाइएमा आगामी कात्तिक अन्तिम साता ग्यास उत्पादन शुरु हुने श्रेष्ठले जानकारी दिए । शुरुका दिनमा संरचना निर्माण गर्दा उक्त स्थानमा रहेका रुख कटान तथा त्यसको व्यवस्थापनको प्रक्रियामा समय लागेकाले निर्माण ढिला भएको प्लान्ट म्यानेजर श्रेष्ठको भनाइ छ ।
वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र, नेपाल उर्जा विकास कम्पनी प्रालि र घोराही उपमहानगरपालिकाबीच त्रिपक्षीय सहकार्यमा फोहरबाट ग्यास उत्पादन गर्न थालिएको हो । त्रिपक्षीय सम्झौता विसं २०७५ मङ्सिर ५ गते भएको थियो । एक वर्षको म्याद भए पनि काम सम्पन्न हुन नसकेकाले उपमहानगरपालिकाले गत चैतसम्मका लागि म्याद थप गरेको थियो । कोरोनाको कारण काम हुन नसकेपछि फेरि कात्तिक मसान्तसम्मका लागि म्याद थप गरिएको उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीले बताए । ‘प्लान्ट निर्माणको काम भइसकेको र समय माग गरेकाले थप गरिएको हो’, नगर प्रमुख चौधरीले भने ।
ग्यास उत्पादन गर्न करीब रु २० करोड लगानी लाग्ने जनाइएको छ । सोका लागि ऊर्जा प्रवद्र्धन केन्द्रले ४० प्रतिशत रकम दिने तथा ६० प्रतिशत कम्पनी आफैँले व्यहोर्ने उनले बताए । संरचना निर्माणका लागि उपमहानगरपालिकाले करीब तीन बिघा जग्गा उपलब्ध गराएको छ । उक्त ग्यास प्लान्ट दुई हजार घन मिटरको छ । दैनिक ७० देखि ८० ग्यास सिलिण्डर उत्पादन गर्ने लक्ष्य लिइएको छ । त्यसबाट प्राङ्गारिक मलसमेत उत्पादन गरिने प्लान्ट म्यानेजर श्रेष्ठले बताए ।
ग्यास सिलिण्डर भरेर बजारमा पठाइने छ । कम्पनी र नगरपालिकाबीच २० वर्षको सम्झौता गरिएको छ । सम्झौतानुसार २० वर्षपछि संरचनासहित सबै पूर्वाधार उपमहानगरपालिकालाई हस्तान्तरण गर्ने गरी सम्झौता भएको छ । कम्पनीले उपमहानगरपालिकालाई पाँच प्रतिशत रकम दिनुपर्ने छ भने त्यसपछि सबै संरचना चालु हालतमा हस्तान्तरण गर्नुपर्ने छ । ग्याससँगै प्राङ्गारिक मल उत्पादन गरिने भएपछि फोहर व्यवस्थापनमा समेत सहजता हुने अपेक्षा उपमहानगरपालिकाले राखेको छ ।
aplly description here...
बैशाख १५ गते, २०७८ - १३:५७
कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...
बैशाख १५ गते, २०७८ - १३:४८
काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...
बैशाख १५ गते, २०७८ - १३:३२
औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...
बैशाख १५ गते, २०७८ - १३:१५
जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...
बैशाख १५ गते, २०७८ - १३:०४
कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...
बैशाख १५ गते, २०७८ - १२:४७
साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...
बैशाख १५ गते, २०७८ - १२:३८
काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...
बैशाख १५ गते, २०७८ - १२:२९
नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...
बैशाख १५ गते, २०७८ - १२:११
बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...
बैशाख १५ गते, २०७८ - १२:०२
दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...




प्रतिकृया लेख्नुहोस्: