Ntc summer Offer
Khabar Dabali २४ बैशाख २०८१ सोमबार | 6th May, 2024 Mon
NIMB

वैकल्पिक व्यवस्था गर्न रिक्सा व्यवसायीको माग

काठमाडौँ । काठमाडौँ महानगरीय पर्यटकीय रिक्सा स्वतन्त्र चालक सङ्गठनले लकडाउन (बन्दाबन्दी) का कारण रिक्सा व्यवसाय ठप्प हुँदा दैनिकी चलाउन समस्या भएको भन्दै वैकल्पिक व्यवस्था गर्नुपर्ने माग गरेको छ ।

सो सङ्गठनले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा रिक्सा व्यवसायीहरुले बन्दाबन्दी (लकडाउन) का कारण आफूहरु ठूलो मारमा परेका तर राज्यले यो कठिन समयमा पनि राहत तथा सहुलियत नदिएको गुनासो गरे । सोही अवसरमा सङ्गठनका अध्यक्ष कृष्णबहादुर विश्वकर्माले भने, “पर्यटन व्यवसाय हाल ठप्प भएको छ, तत्काल खुल्ने सम्भावना पनि नभएकाले मजदुरको जीवनयापनमा झन समस्या थपिएको छ, यस्तो अवस्थामा राज्यले हामीहरुलाई वैकल्पिक व्यवस्था गर्नुपर्छ ।”

मजदुर प्रायः सुकुम्वासी र घरजग्गा नभएका कोठा भाडामा लिएर बस्नसक्ने क्षमतासमेत नभएकाले रिक्सामा नै सुत्ने होटलमा खाने गर्दै जीविकोपार्जन गरिरहेका असहाय भाएकाले निजहरुको पहिचान गरी गाँस, बास र कपासको व्यवस्था राज्यबाट हुनुपर्ने सङ्गठनको माग छ ।

सङ्गठनका सचिव विकास थापा, अखिल क्रान्तिकारी ट्रेड युनियन महासङ्घका सदस्य टीका परेल, रिक्सा चालक सानु कान्छा तामाङ र विकास परियारले सरकारले रिक्सा चालकलाई वैकल्पिक व्यवस्था नगरेको खण्डमा सङ्घर्षमा जाने चेतावनी दिए ।

aplly description here...

कर्णालीमा थप ३ जना कोरोना सङ्क्रमितको मृत्यु

कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...

नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशतमा सीमित रहने एडिबीको प्रक्षेपण

काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...

बुर्किना फासोमा आतङ्कवादीद्वारा तीन जना युरोपेली पत्रकारको हत्या

औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...

महोत्तरीमा जलेर एक बालकको मृत्यु

जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...

टीकापुरमा ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु

कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...

ब्राजिलमा कोरोनाबाट ३ लाख ९५ हजारको मृत्यु

साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...

कोटेश्वर स्थित एक फर्निचर उद्योगमा आगलागी हुँदा ३० लाख बराबरको धनमाल जलेर नष्ट

काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्‍वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...

भारतको आसाममा शक्तिशाली ६.० म्याग्नीच्यूडको भूकम्प

नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...

७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...

२५ वर्षीय पदम द्वारा ढुङ्गाले थिचेर श्रीमतीको हत्या

दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies