Khabar Dabali २५ चैत्र २०८२ बुधबार | 8th April, 2026 Wed

स्वास्थ्य सेवामा समान पहुँच वृद्धिका लागि अनुसन्धान आवश्यक : मन्त्री ढकाल

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले प्रत्येक नागरिकको स्वास्थ्य सेवामा समान पहुँचको हकलाई सुनिश्चित गर्न स्वास्थ्यका विभिन्न विधामा अनुसन्धान हुन आवश्यक रहेको बताएका छन् । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्द्वारा आयोजित स्वास्थ्य तथा जनसङ्ख्या वैज्ञानिकको छैठौँ राष्ट्रिय सम्मेलनको आज उद्घाटन गर्दै मन्त्री ढकालले स्वास्थ्य सेवालाई सर्वसुलभ बनाउन मन्त्रालयले परिषद्को सहकार्यमा विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको र आगामी दिनमा पनि स्वास्थ्य क्षेत्रको समग्र विकास तथा सुदृढीकरणका लागि सरकार तत्पर रहने उल्लेख गरे ।

परिषद्ले स्वास्थ्यका महत्वपूर्ण क्षेत्रको पहिचान गरी प्राथमिकताका आधारमा रहेर ती क्षेत्रमा अध्ययन अनुसन्धान गरी तथ्यमा आधारित नीति तथा कार्यक्रम निर्माण गर्न उल्लेखनीय भूमिका खेलेको जनाउँदै कोभिड–१९ को महामारीका सम्बन्धमा नेपाल सरकारले निरन्तररुपमा यसको विरुद्ध खटिरहेको र परीक्षण लागि एउटा मात्रै प्रयोगशाला रहेकामा अहिले यो सङ्ख्या बढाएर २५ पुगिसकेको र अझै विस्तार हुने क्रममा रहेको जानकारी दिए।

“सरकारले कोभिड– १९ को नियन्त्रणका लागि लकडाउन, सामाजिक दूरी, वैज्ञानिक तथ्यमा आधारित जानकारी निरन्तररुपमा आम जनताको प्रत्यक्ष पहुँचमा पुग्नेगरी प्रवाह गर्ने जस्ता रणनीति अपनाउँदै आएको छ”, उनले भन, “प्रभावित व्यक्तिको सुरक्षा र स्वास्थ्य सेवाको समान पहुँचको सुनिश्चितता र मानवीय सिद्धान्तको उच्चतम् अभ्यास भएको छ ।” हालसम्म सरकारबाट भइरहेको कार्यलाई आमजनताले सहयोग गर्दै आएका र भविष्यमा सरकारकोतर्फबाट आवश्यकताअनुसार थप कार्यक्रम गराउँदै जाने योजना लिएको जनाउँदै उनले त्यसका लागि एकजुटरुपमा यस महामारीविरुद्ध लड्न आह्वान गरे ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending