सुर्खेत । कर्णाली प्रदेशसभामा असार १ गते पेश भएको प्रदेश सरकारको आर्थिक वर्ष २०७७/७८ को बजेटमाथि बल्ल आजदेखि छलफल शुरु हुने भएको छ । बजेटको ५१ प्रतिशत हिस्सा मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा केन्द्रित गरिएको भन्दै सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रदेशसभा सदस्यले आपत्ति जनाएपछि प्रदेशसभामा बजेटमाथि मन्त्रालयगत छलफल हुनसकेको थिएन ।
कार्यव्यवस्था परामर्श समितिका सदस्यसमेत रहनुभएका नेकपाका प्रदेशसभा सदस्य धर्मराज रेग्मीले आज बस्ने बैठकमा विषयगत छलफल शुरु हुने बताए । उनका अनुसार आज दिउँसो १ बजे बस्ने बैठकमा सामाजिक विकास मन्त्रालय, आन्तरिक मामिला तथा कानून मन्त्रालय र प्रदेशसभा सचिवालयमा आगामी वर्षका लागि विनियोजित शीर्षक तथा कार्यक्रममाथि छलफल हुनेछ । यसअघि तीन दिन बसेको नेकपा प्रदेशसभा संसदीय दलको बैठकले मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा राखिएको बजेट टुक्र्याएर सबै निर्वाचन क्षेत्रमा समानरूपमा वितरण गर्न सरकारलाई निर्देशन दिएको थियो ।
दलको बैठकमा पुरै बजेटलाई खण्डीकरण नगरेसम्म बजेट पारित नगर्ने चेतावनी दिएपछि सरकार बजेटको वार्षिक कार्यक्रम पुस्तिका ९रातो किताब० पुनः प्रकाशन गर्न तयार भएको हो ।
नेकपाका प्रमुख सचेतक गुलाबजङ्ग शाहले बजेटमा शीर्षकहरु प्रष्ट नपारिएको, मुख्यमन्त्री तथा मन्त्रिपरिषद् र आर्थिक मामिला तथा योजना मन्त्रालयमा बजेटको ठूलो हिस्सा राखिएको र सरकार सच्याउन तयार भएपछि प्रदेशसभा बैठक सञ्चालनमा सहमति जुटेको बताए । “बजेट असमान ढङ्गले आयो भन्ने सांसदहरूको गुनासो थियो”, उनले भने, “कर्णालीका २४ वटै निर्वाचन क्षेत्र समेटेर समान ढङ्गले बजेट विनियोजन गर्ने सहमति भएको छ ।”
नेकपा दलको बैठकमा बजेटमा केही संशोधन गर्ने सहमतिपछि बजेट पास हुने भएको छ । रोजगारमूलक पूर्वाधार विशेष कार्यक्रमको रु एक अर्ब २० करोड मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट भौतिक पूर्वाधार विकास मन्त्रालयमा ल्याएर कार्यविधिअनुसार खर्च गर्ने, अन्य रोजगारमूलक बजेटसमेत खण्डीकरण गरी समान ढङ्गले निर्वाचन क्षेत्रअन्तर्गत खर्च गर्ने, बजेटको किताब मन्त्रालयगत प्रकाशन गर्ने निर्णय दलको बैैठकले गरेपछि बजेट छलफलको बाटो खुलेको हो । कर्णाली प्रदेशसभामा ४० मध्ये ३३ सांसद नेकपाका छन् । गत वर्ष असार १ गते ल्याइएको चालू आवको बजेटमा पनि सांसदहरु असन्तुष्ट भएपछि बजेट खण्डीकरण गर्ने सहमतिपछि मात्रै बजेट पारित भएको थियो ।
नेपाली काँग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले प्रदेश सरकारले प्रतिपक्षले उठाएको मागलाई पनि सम्बोधन गर्ने सङ्केत देखाएकाले बैठक सञ्चालन गर्न दिने बताउँदै भने, “सरकारले आपूmहरुको माग पूरा गरेपछि बजेटमाथिको छलफलमा कुनै बाधा पुर्याउँदैनौँ ।” काँग्रेसले असार १० गतेदेखि प्रदेशसभा बैठक अवरुद्ध गर्दै आएको थियो । प्रदेश सरकारका तर्फबाट आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले आगामी आर्थिक वर्षका लागि रु ३३ अर्ब ७४ करोड १३ लाख ५३ हजारको बजेट ल्याएका थिए ।
aplly description here...
बैशाख १५ गते, २०७८ - १३:५७
कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...
बैशाख १५ गते, २०७८ - १३:४८
काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...
बैशाख १५ गते, २०७८ - १३:३२
औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...
बैशाख १५ गते, २०७८ - १३:१५
जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...
बैशाख १५ गते, २०७८ - १३:०४
कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...
बैशाख १५ गते, २०७८ - १२:४७
साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...
बैशाख १५ गते, २०७८ - १२:३८
काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...
बैशाख १५ गते, २०७८ - १२:२९
नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...
बैशाख १५ गते, २०७८ - १२:११
बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...
बैशाख १५ गते, २०७८ - १२:०२
दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...




प्रतिकृया लेख्नुहोस्: