झापा । कोभिड–१९ को नियन्त्रण एवं रोकथामका लागि सरकारले घोषणा गरेको बन्दाबन्दीको अवधिमा तलब–सुविधा नपाएको भन्दै झापाका निजी विद्यालयका शिक्षक–कर्मचारी आन्दोलित भएका छन् ।
विभिन्न चरणमा सरोकारवालालाई आफ्ना समस्याका विषयमा अवगत गराए पनि कहीँकतैबाट सम्बोधन भएको भन्दै उनीहरु सडक सङ्घर्षमा उत्रिएका हुन् । संस्थागत विद्यालय शिक्षक युनियन (इस्टु) झापाको नेतृत्वमा शुक्रबार झापाको बिर्तामोडमा मौन र्याली निकालियो । र्यालीमा ‘शिक्षक कहिलेसम्म भोकै ?’, ‘कोरोनाले त छँदैछ, भोकले मृत्यु हुँदैछ’, ‘हाम्रा लागि सरकार कहाँ छ र?’ लगायत नारा उल्लेखित पम्पप्लेट प्रदर्शन गरेका थिए ।
इस्टु झापा अध्यक्ष होमराज खतिवडाले बन्दाबन्दी शुरु भएयता आफूहरुले तलब नपाएको बताए । “चैतदेखि नै हामीले तलब पाएका छैनौँ”, उनले भने, “पटक–पटक माग गरे पनि कहीँकतैबाट सुनुवाइ भएको छैन, बाध्य भएर सडक सङ्घर्षमा उत्रिएका हौँ ।” संस्थागत सवारी चालक सङ्घ झापाका अध्यक्ष पदम तामाङले चैतदेखि तलब नपाउँदा घर चुलो बल्ने अवस्था नरहेको बताए । “चार महिना हुन लाग्दा पनि तलब पाइएको छैन”, उनले भने, “घरमा चुलो बल्ने अवस्था छैन, हाम्रो कुरा कसैले सुन्दैनन् ।”
इस्टु झापाले यहाँका १५ वटै स्थानीय पालिकामा ध्यानाकर्षण पत्र बुझाइसकेको छ तर, तलब–सुविधा पाउने वातावरण सिर्जना हुन नसकेको इस्टु भद्रपुरका नगर अध्यक्ष द्रोण अधिकारीले बताए । “संस्थागत विद्यालयमा कार्यरत शिक्षक कर्मचारीले काम गरिसकेको समयको समेत तलब पाउन सकेका छैनन्”, उहाँले भन्नुभयो, “सामाजिक न्यायको माग गर्दै सडक आन्दोलनमा उत्रिएका हौँ ।”
युएनटो झापाका अध्यक्ष शिवराज भण्डारीले अन्तर्राष्ट्रियस्तरको जनशक्ति उत्पादन गर्ने निजी विद्यालयका शिक्षकको घरमा चुलो अवस्था नभएपछि बाध्य भएर सडक आन्दोलनमा उत्रिनुपरेको बताए । “अन्तर्राष्ट्रियस्तरमा प्रतिस्पर्धा गर्ने जनशक्ति उत्पादनको मुख्य भूमिकामा रहेका निजी शिक्षण संस्थाका शिक्षक–कर्मचारी जहिल्यै शोषण र अपहेलनामा परेका छन्”, उनले भने, “उनीहरुको सम्मान न शिक्षण संस्थाले गरेको छ न त सरकारले नै ।” निजी विद्यालयका शिक्षकको अधिकार रक्षा र उनीहरुको संरक्षणका लागि सरोकारवालाले तत्काल कदम चाल्नुपर्ने उनको माग छ ।
कोणसभामा इस्टुका प्रदेश सदस्य यादव अधिकारीले राष्ट्रव्यापी रुपमा साङ्केतिक आन्दोलन थालिएको बताए । यसबाट पनि माग सम्बोधन नभए दोस्रो चरणमा घर्ना, घेराउलगायत आन्दोलनका कार्यक्रम तय गरिने जनाइएको छ । झापाका ४०० निजी विद्यालयमा सात हजार शिक्षक कर्मचारी कार्यरत रहेको इस्टुका केन्द्रीय सदस्य एनपी लामिछानेले बताए । देशभरका छ हजार निजी विद्यालयमा ८७ हजार शिक्षक कर्मचारी कार्यरत रहेको सरकारी तथ्याङ्क रहेको भए पनि आठ हजार निजी विद्यालयमा दुई शिक्षक कर्मचारी कार्यरत रहेको र १८ लाख विद्यार्थी अध्ययनरत रहेको इस्टुले जनाएको छ ।
aplly description here...
बैशाख १५ गते, २०७८ - १३:५७
कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...
बैशाख १५ गते, २०७८ - १३:४८
काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...
बैशाख १५ गते, २०७८ - १३:३२
औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...
बैशाख १५ गते, २०७८ - १३:१५
जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...
बैशाख १५ गते, २०७८ - १३:०४
कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...
बैशाख १५ गते, २०७८ - १२:४७
साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...
बैशाख १५ गते, २०७८ - १२:३८
काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...
बैशाख १५ गते, २०७८ - १२:२९
नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...
बैशाख १५ गते, २०७८ - १२:११
बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...
बैशाख १५ गते, २०७८ - १२:०२
दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...




प्रतिकृया लेख्नुहोस्: