श्रीनगर । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले चीनसँगको सीमा जोडिएको विवादित क्षेत्रमा तैनाथ भारतीय सेनाको मनोबल उच्च बनाउन शुक्रबार त्यस क्षेत्रको स्थलगत भ्रमण गरेका छन् ।
गत महिना लद्दाख क्षेत्रको गलवान उपत्यकामा चिनियाँ सेनासँगको मुठभेडमा २० जना भारतीय सेनाको मृत्यु भएपछि दुबै देशबीच तनाबको अवस्था छ ।
दुई मुलुकबीच लामो समयदेखि विवादको रुपमा रहेको लद्दाखमा ४५ वर्षयता पहिलो पटक सबैभन्दा ठूलो संख्यामा भारतीय सैनिकको मृत्यु भएको थियो । उक्त सैन्य मुठभेडका क्रममा केही चिनियाँ सैनिकको पनि मृत्यु भएको भारतले दाबी गरेको छ, तर चीन सरकारले यस बारेमा आधिकारिक केही बताएको छैन ।
भारतीय सेनाका प्रमुख प्रधानसेनापति सहित उक्त क्षेत्रमा पुग्नु भएका प्रधानमन्त्री मोदीले दुबै सेनाबीच मुठभेड भएको क्षेत्र नजिकको भारतीय सैन्य अखडामा पुगेर स्थलगत जानकारी लिनु भएको थियो ।
त्यस अवसरमा भारतीय सैनिकलाई सम्बोधन गर्दै प्रधानमन्त्री मोदीले भने, “यस विषम परिस्थितिमा तपाइँहरु भारतीय मातृभूमिका रक्षकहरुका रुपमा खटिनु भएको छ, तपाइँहरु मुलुकको रक्षाकवच हो ।”
उनले अगाडि भने, “भारतीय आमाका दूश्मनहरुले तपाइँहरुको शौर्य पक्कै देखेका होलान् ।”
चीनको नाम नलिई प्रधानमन्त्री मोदीले “विस्तारवादको युग सकिएको” बताउँदै “विस्तारवादले मानवतालाई कसरी विनाशको अवस्थामा पुर्याउछन् भन्ने इतिहासले देखाइसकेको छ” भने।
उनले भने, “भारतले जहिल्यै विश्वमा शान्तिको मार्ग अबलम्बन गरेको तर कमजोर पक्षले कहिल्यै शान्तिप्रतिको अग्रसरता लिन सक्दैन । बहादुरी र साहस शान्तिका लागि अनिवार्य शर्त हुन् ।”
चीन र भारत दुबैबीचको सम्बन्ध विगतदेखि नै त्यति प्रगाढ हुन सकेको छैन । दुबै पक्षले मुठभेडका लागि एकअर्कामाथि दोषारोपण गरिरहेका छन् । दुबै देशले यस क्षेत्रमा हजारौं थप सैनिक पठाइसकेका छन् ।
साथै, दुबै देशबीच सैन्य तहमा धेरै चरणमा वार्ताहरु भइसकेका छन् र झिनो प्रगतिमात्र भएको छ । सामाजिक संजालमा एकअर्का मुलुकविरुद्ध गालीगलौज हुन थालेपछि भारतले चीन लक्षित केही आर्थिक प्रतिबन्धहरु घोषणा गरेको छ ।
यी प्रतिबन्धहरु खासगरी प्रविधि र पूर्वाधार निर्माणका क्षेत्रतर्फ लक्षित छन् । भारतले निकै लोकप्रिय टिकटक समेत चीन प्रबद्र्धित ५९ वटा चिनियाँ मोबाइल एप्स भारतीय सुरक्षामा खतरा भन्दै भारतमा चल्न नसक्ने गरी बन्द गरिदिएको छ ।
चीनबाट आयात भएका तर भारतका ठूला फर्मास्युटिकल उद्योगका लागि चाहिने कच्चा पदार्थ ठूलो मात्रामा भारतीय भन्सारमा थन्किएका छन् ।
भारत सरकारले आफ्ना विद्यृत गृहका लागि आवश्यक उपकरणहरु चीनबाट खरिद नगर्ने तथा नयाँ सडक परियोजनामा चिनियाँ निर्माण कम्पनीलाई काम नदिने निर्णय समेत गरेको छ ।
चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता झाओ लिजियानले शुक्रबार आयोजित नियमित पत्रकार सम्मेलनमा सीमा क्षेत्रको विषयलाई लिएर भारतमा उत्पन्न परिस्थितिका बारेमा चीनले सूक्ष्म रुपमा विश्लेषण गरिरहेको बताए ।
aplly description here...
बैशाख १५ गते, २०७८ - १३:५७
कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...
बैशाख १५ गते, २०७८ - १३:४८
काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...
बैशाख १५ गते, २०७८ - १३:३२
औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...
बैशाख १५ गते, २०७८ - १३:१५
जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...
बैशाख १५ गते, २०७८ - १३:०४
कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...
बैशाख १५ गते, २०७८ - १२:४७
साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...
बैशाख १५ गते, २०७८ - १२:३८
काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...
बैशाख १५ गते, २०७८ - १२:२९
नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...
बैशाख १५ गते, २०७८ - १२:११
बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...
बैशाख १५ गते, २०७८ - १२:०२
दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...




प्रतिकृया लेख्नुहोस्: