नवलपुर । नवलपरासी (बर्दघाट –सुस्तापूर्व) को गैँडाकोट नगरपालिका वडा नम्बर ४ काँग्रेस चोकमा रहेको मोनिका सुनचाँदी पसलमा चोरी गर्ने तीन जनालाई गैँडाकोट प्रहरीले करीब चार महिनापछि पक्राउ गरेको छ । पक्राउ परेका तीनै जनालाई इलाका प्रहरी कार्यालय गैँडाकोटले आज बिहान पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो ।
गत फागुन १८ गते भएको चोरीमा संलग्न भएको अभियोगमा प्रहरीले दोलखा मेलुङ गाउँपालिका– १ घर भई हाल ललितपुुर महालक्ष्मी नगरपालिका–५ टीकाथली बस्ने २४ वर्षीय अनुज लामा, सिन्धुपाल्चोक बाह्रबीसे नगरपालिका–३ घर भई भक्तपुरको सूर्यविनायक नगरपालिका–८ बस्ने २८ वर्षीय तीर्थबहादुर रुम्बा र काभ्रेपलाञ्चोक धुलिखेल नगरपालिका–१२ घर भई भक्तपुर सूर्यविनायक नगरपालिका–८ सिपाडोल बस्ने ४० वर्षीय जीतबहादुर तामाङ पक्राउ परेका हुन् । जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट–सुस्तापूर्व), इलाका प्रहरी कार्यालय गैँडाकोट, गण्डकी प्रदेश प्रहरी तालिम केन्द्र पोखरा र महानगरीय अपराध महाशाखा काठमाडौँबाट खटिएको संयुक्त प्रहरी टोलीले घटनास्थलमा अनुसन्धानका क्रममा देखिएका शंकास्पद मोबाइल नम्बर तथा जनशक्तिका माध्यमबाट चोरी गर्ने व्यक्तिको खोजतलास गर्ने क्रममा उनीहरुलाई पक्राउ गर्न सफल भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका प्रहरी उपरीक्षक दीपक रेग्मीले जानकारी दिए ।
आरोपितले आफूहरुका भागमा १० देखि १२ तोलासम्म सुन परेको स्वीकार गरेको जनाइएको छ । सुन चोरीको मुद्दामा थप अनुसन्धान भइरहेको र अनुसन्धानपछि सबै कुरा खुल्ने रेग्मीले जानकारी दिए । पक्राउ परेकाविरुद्ध यही असार १४ गतेदेखि लागू हुने गरी डाँका चोरी मुद्दामा म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको छ ।
अभियुक्तका साथबाट सुनका विभिन्न गरगहना १२ तोला पाँच लाल, चोरीमा प्रयोग भएका विभिन्न कम्पनीका ६ थान मोबाइल, फोरिएको अवस्थामा सेफ लकर, प्रदेश ३–०२–०१४ नम्बरको नयाँ स्कुटर– ठेला रिक्सा एक थान र खैरो रङको कपडाको पाइन्ट एकएक थान बरामद भएको प्रहरीले जनाएको छ । त्यस्तै सेफ फोर्नका लागि गल, घन, टेष्टर, सलाई रेञ्ची, सानो नीलो बाल्टी र ग्यास रेगुलेटरसहितको अक्सिजन सिलिण्डर एकएक थान, छिनो २ र सुन राख्न प्रयोग गरिने ट्रे ६ थान बरामद भएको बताइएको छ ।
घटनाको मुख्य योजनाकारदेखि अन्य केही व्यक्ति पक्राउ गर्न बाँकी नै रहेको र उनीहरुको खोजी जारी रहेको जनाइएको छ । घटनाको अनुसन्धानमा केही समय लागे पनि अब नजिक पुगेको र अन्य पनि चाँडै पक्राउ हुने उनको भनाइ छ । पूर्वपश्चिम राजमार्ग नजीकै रहेको सुनचाँदी पसल फोरेर सो दिन राति तयारी सुनका गरगहना ६९ तोला पाँच लालसहित सुन र चाँदीका तयारी गरगहना गरी एक किलो तथा रु सात लाख राखिएको सेफ लकरसहित चोरी भएको थियो ।
aplly description here...
बैशाख १५ गते, २०७८ - १३:५७
कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...
बैशाख १५ गते, २०७८ - १३:४८
काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...
बैशाख १५ गते, २०७८ - १३:३२
औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...
बैशाख १५ गते, २०७८ - १३:१५
जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...
बैशाख १५ गते, २०७८ - १३:०४
कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...
बैशाख १५ गते, २०७८ - १२:४७
साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...
बैशाख १५ गते, २०७८ - १२:३८
काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...
बैशाख १५ गते, २०७८ - १२:२९
नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...
बैशाख १५ गते, २०७८ - १२:११
बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...
बैशाख १५ गते, २०७८ - १२:०२
दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...




प्रतिकृया लेख्नुहोस्: