दिक्तेल । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकालाई खरको छानामुक्त बनाउने अभियान शुरु गरिएको छ । करिब ९०० घर गरिब परिवार रहेको सो नगरपालिकालाई आगामी दुई वर्षभित्र खरको छानामुक्त बनाउने अभियानअन्तर्गत बिहीबार ४५ घर गरिब परिवारलाई जस्तापाताको छाना हाल्नका लागि पहिलो किस्ताबापतको रकम प्रदान गरिएको छ ।
सङ्घीय सरकारबाट प्राप्त २० तथा नगरपालिकाको तर्फबाट २५ गरी ४५ घर गरिब परिवारलाई रु ५० हजारका दरले जस्तापाता खरिदका लागि रकम उपलब्ध गराइएको नगर उपप्रमुख विणादेवी राईले बताए । “नगरपालिकाभित्र करिब ९०० को हाराहारीमा गरिब घर परिवार रहेका छन्”, उनले ेभने, “आर्थिक वर्ष २०७७/०७८ मा ३३८ घर परिवारमा उक्त कार्यक्रम लागू हुनेछ ।”
प्रतिगरिब घर परिवारलाई रु ५० हजार उपलब्ध गराउने कार्यक्रमअन्तर्गत पहिलो किस्ताबापतको रु २५ हजारका दरले उपलब्ध गराइएको रकमको चेक प्रतिनिधिसभा सदस्य विशाल भट्टराईले हस्तान्तरण गरे । बाँकी रु २५ हजार रकम लक्षित परिवारले घरमा छाना लगाइसकेपछि मात्र प्रदान गरिने जनाइएको छ । दश हजार ५० घरधुरी रहेको नगरपालिकालाई खरको छानामुक्त अभियान शुरु गरेपछि गरिब घर परिवार पनि हर्षित बनेका छन् । नगरपालिकाले तेस्रो नगर दिवसको अवसर पारेर खरको छानामुक्त अभियान शुरु गरेपछि आर्थिक अभावमा जस्तापाताको छाना लगाउन नसकेका गरिब घर परिवार हर्षित भएका हुन् ।
नगरपालिकालाई आफ्नै कार्यकालमा खरको छानामुक्त बनाउने गरी काम शुरु गरिएको नगप्रमुख दीपनारायण रिजालले बताए । “हामी निर्वाचित भएर आउनासाथ पहिलो नगरसभाबाट गरिबका लागि छानो कार्यक्रम पारित गरिएको थियो”, उहाँले भन्नुभयो, “विभिन्न कारणले शुरुआत गर्न सकिएको थिएन । बिहीबारबाट औपचारिक रुपमा शुरुआत गरिएको छ । यो कार्यक्रम हाम्रै कार्यकालमा सम्पन्न गरिनेछ ।”
पन्ध्र वटा वडा रहेको सो नगरपालिकामा यसअघि जनता आवास कार्यक्रमअन्तर्गत नयाँ आवास निर्माण सम्पन्न गरेर प्रयोगमा ल्याएका आठ घर गरिब परिवारलाई रकम उपलब्ध गराइएको थियो । प्रदेश सरकारद्वारा सञ्चालित जनता आवास परियोजनाअन्तर्गत नगरपालिकाभित्र बसोबास गर्ने १४ घर गरिब परिवार छनोट गरिएकामा नयाँ घर निर्माण सम्पन्न गर्ने आठ घर गरिब परिवारलाई एकमुस्ट रु तीन लाख पाँच हजारका दरले रकम प्रदान गरिएको हो ।
प्रदेश सरकार भौतिक पूर्वाधार विकास मन्त्रालय, शहरी विकास तथा भवन निर्माण कार्यालय ओखलढुङ्गा फिल्ड युनिट खोटाङमार्फत जिल्लाका दशवटै स्थानीय तहमा आवास निर्माण कार्यक्रम सञ्चालनमा छ । गरिबीका कारण ओत लाग्ने घर अभावमा छाप्रोमा बस्दै आएका नागरिकलाई प्रदेश सरकारले उपलब्ध गराएको रकमबाट नयाँ घर निर्माण गर्न पाएपछि उनीहरु हर्षित भएका छन् ।
aplly description here...
बैशाख १५ गते, २०७८ - १३:५७
कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...
बैशाख १५ गते, २०७८ - १३:४८
काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...
बैशाख १५ गते, २०७८ - १३:३२
औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...
बैशाख १५ गते, २०७८ - १३:१५
जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...
बैशाख १५ गते, २०७८ - १३:०४
कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...
बैशाख १५ गते, २०७८ - १२:४७
साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...
बैशाख १५ गते, २०७८ - १२:३८
काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...
बैशाख १५ गते, २०७८ - १२:२९
नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...
बैशाख १५ गते, २०७८ - १२:११
बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...
बैशाख १५ गते, २०७८ - १२:०२
दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...




प्रतिकृया लेख्नुहोस्: