दमैली । प्लाष्टिकका झोला वातावरण प्रदूषण गराउने विषयलाई सचेतना जगाउँदै डिभिजन वन कार्यालय तनहुँले कपडा वा कागजको झोला प्रयोगमा जोड दिएको छ । स्वच्छ वातावरण अभियानअन्तर्गत वन कार्यालयले प्लाष्टिकको झोला निषेध गर्दै कपडा वा कागजको झोला प्रयोगमा जोड दिएको हो ।
प्लाष्टिकको प्रयोगले मानिसको जनजीवनमा पनि प्रत्यक्ष असर पुर्याइरहेकाले प्लाष्टिकको झोला प्रयोग नगर्न सर्वसाधारणलाई सचेतनामूलक कार्यक्रम गर्नुका साथै कपडाको झोला नमूनाको रुपमा वितरण गर्ने अभियान शुरु गरिएको डिभिजन वन प्रमुख केदार बरालले जानकारी दिए ।
“प्रत्येक घरबाट नै प्लाष्टिकको झोला प्रयोग गर्न बन्द गरिएमात्रै देशभर यो अभियानले सार्थकता पाउँछ”, बरालले भने, “बजारमा कपडा वा कागजको झोला खरिद गर्न सकिने र आफैँले पनि बनाउन सकिने भएकाले यसको प्रयोगमा अगाडी बढ्न सकेमात्रै वातावरण संरक्षण गर्न सकिन्छ ।” बरालका अनुसार घरमा त्यत्तिकै बित्ने समयको सदुपयोग गर्दै महिलाले पनि कपडाको झोला आफैँले बनाउन सक्नेछन् । “अब स्थानीयस्तरमा नै कपडाको झोला बनाउन महिला अग्रसर हुनुपर्छ, यसले समयको सदुपयोगसँगै आम्दानीको स्रोत पनि बढाउँछ”, बरालले भने ।
डिभिजन वन कार्यालयले व्यास नगरपालिका, शुक्लागण्डकी नगरपालिका, म्याग्दे गाउँपालिका र बन्दीपुर गाउँपालिकाका स्थानीयवासीलाई कपडाको झोला प्रयोग गर्न उत्प्रेरणा दिने उद्देश्यले कपडाको झोला वितरण गरेको छ । “तरकारी किन्न जाँदा होस् वा अन्य खाद्यान्नका सामग्री किन्न जाँदा होस्, प्लाष्टिकका झोला प्रयोगमा नियन्त्रण गर्नुपर्छ”, बरालले भने ।
एउटा प्लाष्टिक कुहिन एक हजार वर्ष लाग्ने गरेको अध्ययनबाट पत्ता लागेको र प्लाष्टिक जलाउनु वातावरण र मानिसका लागिसमेत हानिकारक हुने भएकाले यसको नियन्त्रण नै वातावरण संरक्षणको प्रमुख उपाय रहेको बरालको भनाई छ । व्यास नगरपालिका–४ का वडाध्यक्ष विश्वराज न्यौपानेले प्लाष्टिकको झोला प्रयोग नगरी कपडाको झोला प्रयोग गर्न नगरवासीलाई आग्रह गरिएको जानकारी दिए । नगरपालिकाले नगरक्षेत्रभित्र प्लाष्टिक झोला प्रयोगमा प्रतिबन्ध लगाइसकेकाले वातावरण संरक्षणको प्रमुख जिम्मेवारी स्थानीयवासीको भएको बताए ।
व्यास नगरपालिका–४ स्थित विरता कृष्णपुर टोल विकास संस्थाका अध्यक्ष देवीमाया गुरुङले कपडाको झोला प्रबद्र्धनमा डिभिजन वन कार्यालयले चलाएको अभियान सकारात्मक रहेको बताए । प्लाष्टिक झोला प्रयोग नियन्त्रणका लागि टोलले पनि सचेतनामूलक अभियान चलाउने र कपडाका झोला प्रयोग गर्न उत्प्रेरणा जगाउने उनले बताए ।
aplly description here...
बैशाख १५ गते, २०७८ - १३:५७
कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...
बैशाख १५ गते, २०७८ - १३:४८
काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...
बैशाख १५ गते, २०७८ - १३:३२
औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...
बैशाख १५ गते, २०७८ - १३:१५
जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...
बैशाख १५ गते, २०७८ - १३:०४
कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...
बैशाख १५ गते, २०७८ - १२:४७
साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...
बैशाख १५ गते, २०७८ - १२:३८
काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...
बैशाख १५ गते, २०७८ - १२:२९
नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...
बैशाख १५ गते, २०७८ - १२:११
बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...
बैशाख १५ गते, २०७८ - १२:०२
दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...




प्रतिकृया लेख्नुहोस्: