Khabar Dabali २ पुष २०८२ बुधबार | 17th December, 2025 Wed
Investment bank

परम्परागत भन्दा फलफूलखेतीमा कृषक आकर्षित

दाङ । दाङका कृषक परम्परागत भन्दा फलफूलखेतीमा राम्रो आम्दानी देखेपछि यसतर्फ आकर्षित भएका छन् । राप्ती र बङ्गलाचुली गाउँपालिकामा कागती र सुन्तलाखेती गर्न कृषक लागेको गाउँपालिकाले जनाएको छ ।

निर्वाहमुखी कृषि पेशाको विकल्पमा कृषक लाग्न थालेको भन्दै ३० हजार कागतीका बेर्ना कृषकलाई उपलब्ध गराएको गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदीले बताए । मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रमअन्तर्गत १४ हजार र गाउँपालिकाको कृषि शाखाअन्तर्गत १६ हजार कागतीका बेर्ना वितरण गरिएको हो । कृषकको मागअनुसार यस वर्ष वडा नं ९ लाई १४ हजार र अन्य आठ वटा वडालाई दुई/दुई हजार बिरुवा वितरण गरिएको हो ।

राप्ती गाउँपालिकालाई कागतीमा आत्मनिर्भर बनाउने उद्देश्यले वडा नं ९ को देविकोटलाई कागतीको केन्द्र बनाउन थालिएको छ । देविकोटमा यस वर्ष १४ हजार ४०० बिरुवा दिइएको छ । मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रमको रु चार लाख लागतमा देविकोटलाई कागतीको केन्द्र बनाउन लागेको अध्यक्ष सुवेदीले जानकारी दिए ।

परम्परागत खेतीमा भन्दाबढी उत्पादन दिने भएपछि देविकोटका कृषक कागतीखेतीमा होमिएको वडा नं ९ का अध्यक्ष रिमबहादुर सुनारी मगरले जानकारी दिए । एउटै कृषकले दुई बिघामा कागतीखेती शुरु गरेको बताइएको छ । “देविकोटमा पहिलेदेखि नै कागती उत्पादन हुँदै आएको छ । कृषकले एउटै बोटबाट रु पाँच हजारको कागती बिक्री गर्न थालेपछि व्यावसायिक कागतीखेतीतर्फ कृषकको आकर्षण बढ्न थालेको छ”, वडाध्यक्ष सुनारी मगरले भने ।

त्यस्तै बङ्गलाचुली गाउँपालिकाले वडा नं ५ लाई फलफूलको केन्द्र बनाउन शुरु गरेको छ । फलफूलखेतीका लागि वडा नं ५ अत्यन्तै सम्भावनाको क्षेत्र रहेको भन्दै गाउँपालिकाका अध्यक्ष भक्तबहादुर ओलीले कुडुले, साकिनी, मुर्कुटीमा व्यावसायिक फलफूलखेती शुरु गरेको जानकारी दिए । अघिल्लो वर्षजस्तै मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रमको सहयोगमा यस वर्ष पाँच हजार कागती र पाँच हजार सुन्तलाका बिरुवा रोपिएको बताइएको छ ।

aplly description here...

कर्णालीमा थप ३ जना कोरोना सङ्क्रमितको मृत्यु

कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...

नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशतमा सीमित रहने एडिबीको प्रक्षेपण

काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...

बुर्किना फासोमा आतङ्कवादीद्वारा तीन जना युरोपेली पत्रकारको हत्या

औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...

महोत्तरीमा जलेर एक बालकको मृत्यु

जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...

टीकापुरमा ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु

कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...

ब्राजिलमा कोरोनाबाट ३ लाख ९५ हजारको मृत्यु

साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...

कोटेश्वर स्थित एक फर्निचर उद्योगमा आगलागी हुँदा ३० लाख बराबरको धनमाल जलेर नष्ट

काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्‍वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...

भारतको आसाममा शक्तिशाली ६.० म्याग्नीच्यूडको भूकम्प

नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...

७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...

२५ वर्षीय पदम द्वारा ढुङ्गाले थिचेर श्रीमतीको हत्या

दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending